क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुपाल्चोकको एकताको जिल्ला अधिवेशन सम्पन्न

सिन्धुपाल्चोक : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुपाल्चोकको एकताको जिल्ला अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न भएको छ। अधिवेशन जिल्लाको सदरमुकाम चौतारा साँगाचोक गढी नगरपालिका वडा नम्बर ८ इर्खुमा २०८२ भाद्र ६ गतेका दिन सम्पन्न भएका हो ।

उद्घाटन
पार्टी जिल्ला सचिव दीपको अध्यक्षता तथा पोलिट ब्युरो सदस्य तथा १० नम्बर क्षेत्रीय ब्युरो इन्चार्ज प्रवेशको प्रमुख अतिथ्यता र जिल्लाका अग्रज नेताहरु साथै विभिन्न नगरपालिका, गाउँपालिकाबाट सहभागी प्रतिनिधि एवं स्थानीय संघ संस्थाका प्रतिनिधि उपस्थितिमा अधिवेशन सम्पन्न भयो । अधिवेशनको सञ्चालन पार्टी जिल्ला सचिवालय सदस्य प्रशंसाले गर्नुभएको थियो। जिल्ला अधिवेशनको उद्घाटन प्रमुख अतिथि प्रवेशद्वारा दीप प्रज्वलन गरी गरिएको थियो । स्वागत मन्तव्य विकासले राख्नुभएको थियो। उपस्थित अतिथिहरूबाट शुभकामना मन्तव्य राखिएको थियो । प्रमुख अतिथि प्रवेशले राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रम बारे विश्लेषण तथा संश्लेषण सहित आफ्नो महत्वपूर्ण भनाइ र सुझाव तथा शुभकामना मन्तव्य राख्नुभएको थियो। त्यस अधिवेशन कार्यक्रमका सभाध्यक्ष दीपले सबै पार्टी क्षेत्रमा लाग्नुपर्ने र क्रान्तिको यात्रालाई पूर्णता दिनुपर्ने महत्वपूर्ण सुझाव र भनाइ सहित उपस्थित प्रमुख अतिथि, अतिथि तथा प्रतिनिधि लगायतका उपस्थिति सबैमा धन्यवाद व्यक्त गर्दै उद्घाटन सत्र समापन गर्नुभएको थियो ।

बन्दशत्र
बन्दशत्र पार्टी जिल्ला अधिवेशन आयोजक समिति २०८२ भाद्र ६ अधिवेशनको बन्दसत्रद्वारा देखाएका पदाधिकारी तथा जिल्ला कार्यसमिति सदस्य पदाधिकारी सदस्यहरू निर्वाचित गरी सचिवालय सदस्य समेत चयन गरेका छन्भ । सल्लाहकार समिति समेत गठन गरेका छन्। कार्यसमिति पदाधिकारी तथा सदस्यहरू निम्न अनुसार रहेका छन्।

जिल्ला सचिव –  दीप
सचिवालय सदस्यहरु
– प्रशंसा
– टिपिएस
– विकास
– बन्दना
सदस्यहरु
– विभेक
– कृष्ण
– अर्जुन
– भावना
– राघप
– प्रकाश
– सम्झना
– रक्षक
– सुमन ।
एक सदस्यपछि थप गर्ने निर्णय गरिएको छ । विष्णु, भिम र शिवलाई सल्लाहकार बनाइएको छ ।

अन्त्यमा

बन्दसत्रको अन्तिममा निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण पार्टी केन्द्रीय सदस्य परिवर्तनद्वारा गराइएको थियो।  जिल्ला पार्टीको तर्फबाट निर्वाचित सचिव दिपले पदाधिकारी सदस्य तथा आआफ्नो जिम्मेवारी प्राप्त गरेका सबैमा बधाई साथै प्रतिबद्धता व्यक्त गर्दै प्रमुख अतिथि ,अतिथि सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?