
बिक्रम थापा, पोखरा : भदौ ७ गते लिपुलेकमाथि चीन र भारतले गरेको हस्तक्षेपको बिरोधममा कास्कीमा कृयाशील पाँच राजनीतिक दलहरुले विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक पोलिटब्युरो सदस्य कामरेड नारायण अधिकारिले भारत र चीनले गरेको हस्तक्षेपकारी षडयन्त्रको बिरोध गर्दै राज्यको कुटनैतिक पहल र दुरदर्शिताको अभाब रहेको बताउनु भयो । मूलतः तीन वटा कारणले हाम्रो देशको स्वाधीनता माथि खतरा रहेको औलाउदै सक्चिनु पर्नेमा जोड दिनु भयो । पहिलो कारण, भारत र नेपालको बिचमा भएको असमान सुगौली सन्धि, दिल्ली सम्झौता आदि । दोश्रोमा , भारतीय बिस्तारवादी नीति र तेश्रोमा नेपाली शासकहरुको लम्पसारवादी तथा रास्ट्रिय आत्मसपर्णवादी नीति। यी कारणहरुले गर्दा हाम्रो देशको रास्ट्रियता र स्वाधीनतामा सधै आँच आएको ठोकुवा गर्दै पुराना सन्धि सम्झौताहरुको खारेज गर्दै नयाँ उचाइमा सहमति कायम गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । जनताको पक्षबाट भएका इमानदार र सचेतपुर्ण आन्दोलनमा नेपाली जनताले आफ्नो ज्यान दिएको उदाहरण प्रसस्तै रहेको बताउनु भयो ।प्रस्तुत बुदागत कारणहरुमा नेपाली जनतालाई निकास खोज्नको लागि सचेत र सङ्गठित रुपले आन्दोलनमा होमिन समेत अपिल गर्नु भयो ।
बिरोध कार्यक्रममा अर्का बक्ता बरिस्ठ अधिबक्ता तिलक पराजुलीले पहिले देखि नै भारतले नेपाली भुमिमाथि गिद्धेनजर लगाएको र नेपाली भूमिमा आफ्ना सेनाका ब्यारेक राखेको बिरोध गर्दै नेपाली शासकहरुको दब्बु नितिको पनि भण्डारफोर गर्नु भयो । कार्यक्रममा रास्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, नेकपा का जिल्ला सेक्रेटरी उमेश सी,नेकपा ( मसाल ) का जिल्ला प्रबक्ता चन्द्र बहादुर केसि, नेसपा नयाँ शक्तिका विद्यार्थी नेता विशाल तिमिल्सिना लगायतले बोलेका थिए ।
राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकालको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा संयुक्त दलिय मोर्चाका नेता, कार्यकर्ता र शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।