Blog

संघीय जनगणतन्त्रको स्थापनापछि मात्रै आदिवासी तथा जनजातिहरूको वास्तविक मुक्ति हुन्छ : सीपी गजुरेल

संघीय जनगणतन्त्रको स्थापनापछि मात्रै आदिवासी तथा जनजातिहरूको वास्तविक मुक्ति हुन्छ : सीपी गजुरेल

काठमाडौं : अखिल नेपाल आदिवासी जनजाति महासङ्घले आज ३१ औँ विश्व आदिवासी दिवस भव्य रुपमा सम्पन्न गरेको छ। काठमाडौँको घट्टेकुलोस्थित सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरव हुनुहुन्थ्यो। एक समारोहका बीच गौरवले पानसमा बत्ती बालेर उक्त ३१ औ आदिवासी दिवस समारोहको उद्घाटन गर्नुभएको हो। कार्यक्रमका प्रमुख वक्ता समेत रहनुभएका गौरवले नेपालमा संघीय जनगणतन्त्रको स्थापना भएपछि मात्रै आदिवासी तथा जनजातिहरूको वास्तविक मुक्ति हुने बताउनुभयो। जनजाति समस्या पनि वर्गीय समस्या भएकाले जनजातिहरूका आन्दोलनलाई वर्गीय आन्दोलनसँग जोडेर लैजानुपर्ने उहाँले बताउनुभयो । अर्को प्रसङ्गमा गजुरेलले संयुक्त राष्ट्रसङ्घले धेरै विषयमा र प्रसङ्गमा दिवस मनाउने गरेपनि संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका…
Read More
दुई पुस्तकः ‘कम्युनिस्ट जनवाद’ र ‘कम्युनिष्ट समाजवाद’

दुई पुस्तकः ‘कम्युनिस्ट जनवाद’ र ‘कम्युनिष्ट समाजवाद’

लेखकः रामबहादुर बुढा यही २०८२ सालको श्रावण महिनामा भुँडीपुराण प्रकाशनले दुईवटा पुस्तकहरु–कृष्णहरी भट्टद्वारा लिखित “कम्युनिस्ट जनवाद” र खेम थपलियाद्वारा लिखित “कम्युनिस्ट समाजवाद” लाई बजारमा ल्याएको छ । नेपाली समाजमा सामान्यतया कम्युनिस्ट जनवाद र कम्युनिस्ट समाजवाद अलि कमै सुनिएका शब्द हुन् । नौलो जनवाद, बहुदलीय जनवाद, समाजवाद, वैज्ञानिक समाजवाद जस्ता शब्दहरुका तुलनामा यी शब्दहरु कम सुनिएका हुन् । तर शब्दहरु जे प्रयोग गरिए पनि लेखकले कम्युनिस्ट मूल्य मान्यता अनुसारको जनवाद र कम्युनिस्ट मूल्य मान्यता अनुसारको समाजवाद कस्तो हुन्छ र हुनुपर्दछ भन्ने दृष्टिकोणबाट लेखकहरुद्वारा यी पुस्तकहरु लेखिएका हुन् । “कम्युनिस्ट जनवाद” पुस्तक नौलो जनवाद सित र “कम्युनिस्ट समाजवाद” पुस्तक वैज्ञानिक समाजवादसित सम्बन्धित…
Read More
अखिल नेपाल आदिवासी जनजाति महासङ्घले मनायाे ३१औँ विश्व आदिवासी दिवस

अखिल नेपाल आदिवासी जनजाति महासङ्घले मनायाे ३१औँ विश्व आदिवासी दिवस

काठमाडौं : अखिल नेपाल आदिवासी जनजाति महासङ्घले आज ३१ औँ विश्व आदिवासी दिवस भव्य रुपमा सम्पन्न गरेको छ। काठमाडौँको घट्टेकुलोस्थित सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरव हुनुहुन्थ्यो। एक समारोहका बीच गौरवले पानसमा बत्ती बालेर उक्त ३१ औ आदिवासी दिवस समारोहको उद्घाटन गर्नुभएको हो। कार्यक्रमका प्रमुख वक्ता समेत रहनुभएका गौरवले नेपालमा संघीय जनगणतन्त्रको स्थापना भएपछि मात्रै आदिवासी तथा जनजातिहरूको वास्तविक मुक्ति हुने बताउनुभयो। जनजाति समस्या पनि वर्गीय समस्या भएकाले जनजातिहरूका आन्दोलनलाई वर्गीय आन्दोलनसँग जोडेर लैजानुपर्ने उहाँले बताउनुभयो । अर्को प्रसङ्गमा गजुरेलले संयुक्त राष्ट्रसङ्घले धेरै विषयमा र प्रसङ्गमा दिवस मनाउने गरेपनि संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका…
Read More
ओली-देउवा गठबन्धनको फासिवादी कदमविरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

ओली-देउवा गठबन्धनको फासिवादी कदमविरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

काठमाडौं : नेपाल सरकारले अर्काको फोन ट्याप गर्ने, एसएमएस हेर्ने, युट्युबका श्रव्य दृश्य सामग्री लगायत सम्पूर्ण सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने विधेयक संसदमा प्रस्तुत गर्दैछ भन्ने आज प्रकाशित समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यसलाई ओली देउवा गठबन्धन सरकारको फासीवादी कदमको रुपमा विरोध गरेको छ । पार्टीका कार्यवाहक महासचिव गौरवले जारी गरेको वक्तव्यमा भनिएको छ, “नागरिकको गोपनीयता तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने ओली देउवा गठबन्धन सरकारको फासीवादी कदम हो । हाम्रो पार्टी सरकारको यस कदमको घोर विरोध गर्दछ र यस प्रकारको फासीवादी कदमका विरुद्ध आवाज बुलन्द गर्न सम्पूर्ण सञ्चार जगत तथा जनवादी शक्तिहरुप्रति हार्दिक आह्वान गर्दछ ।”
Read More
जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध

जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ : धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ । रूखसहितको पहिरो खसेपछि आज बिहानदेखि सडकमा दुईतर्फी आउजाउ रोकिएको हो । पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए । पहिरोका कारण काठमाडौँ जाने सवारीसाधन गजुरी र काठमाडौँबाट मुग्लिनतर्फ आउने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन् । लगातारको वर्षासँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम उच्च रहेकाले सतर्क रहन चालक र यात्रुलाई आग्रह गरिएको छ ।
Read More
सिर्जना र संवादको बाह्रौँ शृङ्खला सम्पन्न

सिर्जना र संवादको बाह्रौँ शृङ्खला सम्पन्न

काठमाडौं : इच्छुक प्रतिष्ठानद्वारा हरेक महिनाको तेस्रो शनिबार सञ्चालन हुँदै आएको ‘सिर्जना र संवाद’ कार्यक्रम हिजो शनिबार सम्पन्न भएको छ । कुनै पनि सिर्जना र विषयमाथि चर्चा परिचर्चा गरिँदै आएको यस कार्यक्रमको बाह्रौ शृङ्खलामा कवि धनेश्वर पोख्रेलको कवितासङ्ग्रह ‘बन्दुकले विश्राम लिएपछि’ माथि चर्चा गरिएको थियो । प्रगतिवादी कवि पोख्रेलको कृतिमाथि विशिष्ट समालोचक/समीक्षकदेखि पाठक तथा स्रोताहरूले पनि समीक्षात्मक धारणा राखेका थिए । पुस्तकमाथि बोल्दै मार्क्सवादी सौन्दर्यचिन्तक प्रा.डा. जगदीश चन्द्र भण्डारीले कवि पोख्रेल कवि मात्रै नभएर कवि सिपाही भएको र कवि सिपाहीले आफ्ना कविता मार्फत युद्ध नायकले बन्दुक बिसाएर क्रान्तिप्रति गद्दारी गरेकामा उद्धेलित हुँदै कविताका माध्यमबाट आक्रोश व्यक्त गरेको कुरा बताउनु भयो…
Read More
सर्वहारा वर्ग र विश्वव्यापी दासता

सर्वहारा वर्ग र विश्वव्यापी दासता

लेखक :अपत्य शर्मा सर्वहारावर्ग भनेको त्यो वर्ग हो जसको आफ्नो भन्ने जीविकाका साधन धनसम्पत्ति केही पनि नभएको मात्र हाड छाला र रगतबाट निस्कने शारीरिक, मानसिक शक्ति अर्थात् श्रमशक्ति जुन मालको रुपमा पुँजीपतिलाई घण्टा, दिन, साप्ताहिक वा मासिक ज्यालाका रुपमा बिक्री गर्छ । माल सामानका बजारमा माल किनेपछि ग्राहकले पुनः अर्को मालका लागि उत्पादित त्यही निर्जीव माल पाउँदैन । तर श्रम बजारमा सर्वहाराको सजिव माल (श्रमशक्ति) पुँजीपतिले त्यही अनौठो माल श्रमशक्ति दैनिक रुपमै प्राप्त गर्दछ । निर्जिव माल एकपटक उत्पादन भएपछि पुनः त्यो माल हुँदैन । तर सजिव माल सर्वहारबाट पुँजीपतिले दैनिक प्राप्त गर्छ । सर्वहारावर्गको रगत मासुबाट निस्कने श्रमशक्ति रुपी…
Read More
दलितको समस्या राष्ट्रिय समस्या हो : सीपी गजुरेल गौरव, कार्यवाहक महासचिव

दलितको समस्या राष्ट्रिय समस्या हो : सीपी गजुरेल गौरव, कार्यवाहक महासचिव

कठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले दलितका समस्या राष्ट्रिय समस्या भएको भन्दै संघीय जनगणतान्त्रिक व्यवस्थामा मात्रै ती समस्या समाधान हुने बताउनु भएको छ । बुधबार “उत्पीडित दलित समुदायको न्याय, समानता र अधिकार सुनिश्चित गरौं !, नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद स्थापनाको क्रान्तिकारी यात्रामा अघि बढौं” भन्ने मुल नाराका साथ उद्घाटन गरिएको दलित जागरण जनयात्रा अभियानलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपालले काठमाडौँ महानगरस्थित भुगोल पार्क पिपलवोटमा जागरण जनयात्रा अभियान उद्घाटन गरेको हो । अभियानको उद्घाटन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यबाहक महासचिव सीपी गजुरेलले मोर्चाको झण्डा अभियान दललाई हस्तान्तरण गरी गर्नु…
Read More
संयुक्त मोर्चाको आवश्यकता

संयुक्त मोर्चाको आवश्यकता

लेखक : सन्तबहादुर नेपाली देशको अवस्था झन पछि झन विकराल बन्दै गएको छ । संसदवादी राजनीतिक दलहरुलाई देशको अवस्थाबारे चिन्ता भएको पाइँदैन । उनीहरुलाई आगामी निर्वाचनमा कसरी बहुमत सिट हासिल गर्ने भन्ने प्रश्नले सताइरहेको छ । उनीहरु एक अर्कोलाई देशको अवस्थामा परिवर्तन गर्ने उद्देश्यले होइन कि व्यक्तिगत, दलगत तथा कतिपय अवस्थामा नितान्त चारित्रिक प्रश्नमा नै एक अर्कोप्रति आरोप प्रत्यारोप लगाएको पाइन्छ ।०८४ साल नजिकिंदै गएको अवस्थामा संसदवादी दलभित्र आन्तरिक सत्ता संघर्ष पनि शुरु भएको छ । नेका भित्र देउवा शेखर, एमालेभित्र ओली–विद्या, एकीकृत समाजवादीभित्र माधव–झलनाथ, माओवादी केन्द्रभित्र प्रचण्ड– जनार्दन, राष्ट्रिय उन्मुक्ति भित्र रेशम–संंजिता, पार्टीभित्रको सत्ता संघर्ष देखिन्छ । संसदवादीहरुभित्र राजनीतिक…
Read More
प्यालेष्टाइन राष्ट्रको मान्यतामा बढ्दै गएको अन्तराष्ट्रिय समर्थन

प्यालेष्टाइन राष्ट्रको मान्यतामा बढ्दै गएको अन्तराष्ट्रिय समर्थन

लेखक : डा. केशव देवकोटा स्वतन्त्र प्यालेष्टाइन राष्ट्रको मान्यता, इजरायली अत्याचार र अमेरिकी दादागिरीको बिषयलाई लिएर विश्वमा बिभिन्न किसिमका चर्चा परिचर्चाहरु भैरहेका छन् । पछिल्लो समयमा प्यालेष्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने पक्षमा जनमत बढ्दैगएको देखिएको छ । गतसाता मात्रै बेलायतले प्यालेष्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने जनाएको छ । जसलाई बिबिसीलगायतका अन्तराष्ट्रिय समाचार संस्थाहरुले प्रमुखता दिएका थिए । बेलायती प्रधानमन्त्री किअर स्टार्मरले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा प्यालेष्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गर्नुभएको छ । तर त्यसमा उहाँले पनि केही शर्तहरु अगाडि सार्नुभएको पाइएको छ । बेलायतले अघिसारेका शर्तहरु इजरायलले नमानेको खण्डमा प्यालेष्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने स्टार्मरको भनाइ छ…
Read More