
काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल १६नं व्यूरोले बाढी, पहिरो पीडितहरुलाई राहत, उद्धार र निशुल्क उपचार तथा वेपत्ताको शीघ्र खोजी गर्न माग गरेको छ ।१६नं व्यूूरोका सेक्रेटरी विद्राहीले २०८२ असोज २० गते एक वक्तव्य जारी गरी सो माग गर्नु भएको हो । वक्तव्यको पूर्णपाठ यसप्रकार छ–
“यहि २०८२ असोज १८ देखि परेको भारी वर्षाका कारण ,बाढी ,पहिरो र डुुबानबाट भएको ठूलो जनधनको क्षतिप्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल १६नं व्यूरो गहिरो दुःख व्यक्त गर्दछ । बाढी पहिरोमा परेर इलाम जिल्लामा मात्रै३७ जना ,पाँचथर र मोरङमा २,२ जना मृत्युभैसकेको तथ्याङक सार्वजनिक भैसकेकोे छ । यस्तै असोज १८ गते गाडी दूूर्घटनाबाट ६जनाको मृत्यु र ६जना घाइते भएकाछन् । यही मनसुनजन्य विपदबाट दर्जनौं वेपत्ता ,घाइते र हजारौं विस्थापित भएका छन्
यस दुःखद घडीमा मृत्कप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरु प्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । यस्तो विपत्तिबाट घाइते नागरिकको निःशुुल्क उपचार वेपत्ताको खोजीकार्य पीडित बनेका नागरिकलाई तत्काल राहत र पुनस्र्थापना गर्न सरकारसँग क्रान्तिकारी कम्युनिष्ट पार्टी १६नं व्यूरो जोडदार माग गर्दछ ।
यो विपत्तिमा व्यूरोका पाँच वटै जिल्ला ताप्लेजुुङ ,पाँचथर ,इलाम ,झापा र मोरङ प्रभावित बनेका छन् । यहाँका हजारौ नागरिक घरबारविहीन बनेका छन् भने करोडौंको भौतिक पूर्वाधारहरु ध्वस्त भएका छन् । हाम्रो पार्टी मृतक परिवारलाई उचित राहत प्रदान गर्न घाइतेहरुको निःशुुल्क उपचार गर्न घरबारविहीन भएकाहरुलाई तत्काल खाने बस्नेको व्यवस्था गर्दै उचित बासस्थानको व्यवस्था मिलाउन ,बिग्रेभत्केका सडक तथा पुल मर्मत सम्भार वा वैकल्पिक सडकको व्यवस्था मिलाई यातायात सहज रुपमा सूचारु गर्न सरकारसँग जोडदार माग गर्दछ । विपत्तिबाट पीडामा परेर छटपटाइरहेका नागरिकहरुलाई एकजुट भएर सहयोग र उद्धार गर्न सबैलाई आग्रहसमेत गर्दछ ।”
