महिलाहरुको अन्तर्राष्ट्रिय सेमिनार नेपालमा नै हुने

काठमाडाैँ : महिलाहरुको अन्तर्राष्ट्रिय सेमिनार नेपालमा नै हुने भएको छ । नोभेम्बर २७,२८ र २९ अर्थात मंसिर ११–१३ गते हुने भनिएको सेमिनार यो भन्दा अगाडि नेपालमा नै गर्ने तयारी भइरहेको अवस्थामा नेपालमा जेनजी आन्दोलनको कारण जर्मनीमा हुने भनिएको थियो । अन्तर्राष्ट्रिय महिलाहरुको संयुक्त छलफलबाट नेपालमा नै सम्पन्न गर्ने निर्णय बमोजिम यहाँ क्रियाशील महिलाहरुको संयुक्त बैठकले नेपालमा नै सेमिनार गर्ने निर्णय गरेको क्रान्तिकारी महिला संगठन नेपालका सह संयोजक शारदा महतले जानकारी दिनु भयो । सेमिनारमा अन्तर्राष्ट्रिय महिला आन्दोलन ,तथा साम्राज्यवाद विरोधी विषयवस्तु प्रस्तुत र छलफल हुने पनि वहाँले जानकारी दिनु भयो । सेमिनारको तयारी तीव्ररुपमा अगाडि बढेको छ । सेमिनारमा अन्तर्राष्ट्रिय रुपमा महिला आन्दोलनमा क्रियाशील महिलाहरुको उपस्थिति रहने आयोजकले जनाएको छ । सेमिनारलाई सफल पार्न सबैको साथ सहयोगको अपेक्षा आयोजकले गरेको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?