
काठमाडौँ : ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक शम्भु कट्टेल, केन्द्रीय सदस्य तथा मकवानपुर सचिव कुलबहादुर सुवेदीलगायत ३ नेताहरु मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गर्नुभएको छ ।
२०८२ असोज २ गते बिहीबार दिउँसो ललितपुरको कुपण्डोल स्थित पार्टीको सम्पर्क कार्यालयमा उहाँहरुलाई पार्टीका कार्यबाहक महासचिव सिपी गजुरेलले अविर लगाएर स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य हरिभक्त कडेल र नेता शम्भु कट्टेलले बाेल्नुभएकाे थियाे । उक्त कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा ९ नम्बर ब्युरो सेक्रेटरी चिन्तामणी पौडेलले गर्नुभएको थियो ।