
काठमाडौँ : मोेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य नमस्ते सायमीकी ममतामयी आमा विमला मानन्धरको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
२०८२ असोज २ गते बिहीबार काठमाडौँको बशन्तपुरमा सम्पन्न भएको श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा ९ नम्बर ब्युरो इन्चार्ज दिनेश शर्मा, ९ नम्बर ब्युरो सेक्रेटरी चिन्तामणी पौडेल, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रविन्द्र श्रेष्ठ र पारिवारिक सदस्यहरुको आतिथ्यता गर्नुभएकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथि दिनेश शर्माले ममतामयी आमा विमला मानन्धरकी छोरी ममता सायमीलाई श्रद्धाञ्जली पत्र हस्ताणतरण गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि दिनेश शर्माले भन्नुभयो, “मोर्चाका केन्द्रीय सदस्य नमस्ते सायमीकी ममतामयी आमा विमला मानन्धर महान् सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको विरामी र रोगको कारणले निधन भएकोप्रति हामी दुःखीत भएकाछौँ ।” नेता शर्माले पारिवारजनमा समवेदना समेत दिनुभयो ।

अतिथि रविन्द्र श्रेष्ठले समाजसेवी विमला मानन्धरको योगदानको चर्चा गर्नुका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको थियो भने पारिवारिक सदस्य नमस्ते सायमीले ममतामयी आमाले समाजमा गर्नुभएको योगदानको विषयमा चर्चा गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठ, सञ्चालन मोर्चाका नेता शिव श्रेष्ठ गर्नुभएको थियो भने स्वागत मन्तव्य मोर्चाका केन्द्रीय उपाध्यक्ष सुरेश श्रेष्ठले गर्नुभएको थियो ।


कार्यक्रममा पार्टीका नेताकार्यकर्ता र मोर्चाका नेताकार्यकर्ताहरु सहभागी रहेको थियो ।
