Blog

नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ गिरफ्तार

नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ गिरफ्तार

धर्मेन्द्र बास्तोला 'कञ्चन' काठमाडाैँ : नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई प्रहरीद्वारा मंगलबार बेलुका काठमाडाैँकाे सुन्धाराबाट गिरफ्तार गरिएकाे छ । बास्तोलासँगै पार्टीका काभ्रे जिल्ला सेक्रेटरी विष्णु प्रसाद तिम्सिना पनि गिरफ्तारमा परेका छन् । उहाँकाे गिरफ्तारी भएकाेप्रति नेताकार्यकर्ताले ;सामाजिक सञ्जालमार्फत तीव्र आपत्ति र घोर भर्त्सना गरेकाे छ । महासचिव कञ्चनलाई यथाशीघ्र ससम्मान रिहा गर्न सशक्त माग पनि गरेकाे छ । नेकपा (बहुमत)ले फागुन २१ मा हुन लागेनको निर्वाचनको विरोध गर्दै आएको छ । मंगलबार नेकपा (बहुमत)ले नेपाल बन्दकाे घाेषणा गरेकाे थियो।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले गर्याे यस्ताे आह्वान

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले गर्याे यस्ताे आह्वान

काठमाडौं : नेपाली सेना दिवसका अवसरमा २०८२ फागुन ३ गते सैनिक मन्चबाट नेपालका राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति र प्रधानमन्त्रीले परेड मैदानमा अमेरिकी सेनाको परेड–नृत्य हेरिरहेको दृश्यले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण गरेको उल्लेख गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जेनजी “विद्रोह” मा नेपाली जनताको विश्वास गुमाएको नेपाली सेनाले पुनः बचेखुचेको साख पनि गुमाएको ठहर गरेको छ । पार्टीका प्रवक्ता सुदर्शनले जारी गरेको वक्तव्यमा भनिएको छ, “हरेक देशको सेना त्यस देशको सार्वभौम सत्ता र स्वाधीनताको रक्षक हुनुपर्नेमा “परम्परा” र “नियमित प्रक्रिया” का नाममा नवउपनिवेशको माध्यम बन्नु देशद्रोही र कृतघ्न कार्य हो । हाम्रो पार्टी सरकार र सेनालाई आधिकारिक धारणा सार्वजनिक…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे प्रवक्ता बने सुदर्शन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे प्रवक्ता बने सुदर्शन

 सुदर्शन काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले स्थायी समिति सदस्य सुदर्शनलाई प्रवक्ता चयन गरेको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको फागुन ४ गते बसेको स्थायी समिति बैठकले सुदर्शनलाई प्रवक्ता चयन गरेको हो। २०८१ साल मङ्सिरमा सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन भन्दा पहिले पार्टीको प्रवक्तामा सुदर्शन हुनुहुन्थ्यो र एकता महाधिवेशनपछि पार्टीले प्रवक्ताको ठेगान गरेको थिएन। सुदर्शन,स्थायी समिति सदस्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सुदर्शन २०३६ सालमा रुकुम जिल्लाको पेउघा निमाविमा अनेरास्ववियु(छैटौं)को इकाई समितिबाट राजनीतिक र सांगठनिक गतिविधिमा संलग्न हुनुभएको थियो। २०४७ सालमा गठन भएको तत्कालीन नेकपा (एकता केन्द्र)को विद्यार्थी संगठन अनेरास्वविय एघारौं राष्ट्रिय सम्मेलन तयारी समिति सम्म चार वर्ष विद्यार्थी…
Read More
नवउदारवादी अर्थनीतिले देश ओरालो तिर

नवउदारवादी अर्थनीतिले देश ओरालो तिर

लेखक : सिताराम ताफाङ १)विषय प्रवेश :पृथ्वीनारायण शाहले सन् १७६७ बाट गोरखा राज्य विस्तार अभियान सुरु गरे । राज्य विस्तार क्रममा उनका नाती रण बहादुर शाहको पालामा सन् १७९०–९२ मा तिब्बतसँग भएको युद्धले नेपालको उत्तरी सीमाना तय ग¥यो । त्यसरी नै सन् १८१४–१६मा भएको ब्रिटिस–इण्डियासँगको युद्धले पूर्व, पश्चिम र दक्षिणतर्फको सीमाना निर्धारण ग¥यो । सन् १९५७ को सिपाही विद्रोह दबाउन जंगबहादुर राणाले ब्रिटिस सरकारको चाकडी गरेपछि सन् १९६० मा नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्लाहरु)फिर्ता पाए । यो नयाँ मुलुक समेतको सीमाना भएको नेपाल सरहदको सीमानाहालको सीमाना मानिएको छ । नेपाल मध्य एसियाको हिमाली श्रृखंलाको पश्चिममा नन्दां पर्वत…
Read More
प्यूठानमा कविता गोष्ठी तथा साहित्य विमर्श कार्यक्रम सम्पन्न

प्यूठानमा कविता गोष्ठी तथा साहित्य विमर्श कार्यक्रम सम्पन्न

काठमाडौं : इन्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा माघ २३ गते शनिबारका दिन ‘कविता गोष्ठी तथा साहित्य विमर्श’ कार्यक्रम प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीको अध्यक्षता र प्रतिष्ठानका सदस्य सचिव मोदनाथ मरहठ्ठाको संचालनमा सम्पन्न भएको छ । प्यूठान नपाको जुम्रिस्थित आयुष्मा होटेलमा कार्यक्रममा अतिथिहरु प्रा.डा जगदीशचन्द्र भण्डारी , प्रतिष्ठानका पूर्व अध्यक्ष मित्रलाल पंज्ञानी, प्रा.डा. नन्दीश अधिकारी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला इन्चार्ज टीकाराम पौडेल, राप्ती साहित्य परिषद् प्यूठानका अध्यक्ष रामप्रसाद पोखे्रल, प्यूठान साहित्य परिषद्का अध्यक्ष विमला खनाल, प्रगतिशील लेखक संघ प्यूठान शाखाका अध्यक्ष ध्रुव गिरी, लुम्बिनी बाङ्मय प्यूठानका अध्यक्ष सानु गुल्मेली, स्वर्गद्वारी क्याम्पसका पूर्व क्याम्पस प्रमुख मोहन गिरी, इच्छुक प्रतिष्ठानका सदस्यहरु अनिल श्रेष्ठ, नारायण…
Read More
आगामी निर्वाचनका सन्दर्भमा उठेका अनेक प्रश्नहरु

आगामी निर्वाचनका सन्दर्भमा उठेका अनेक प्रश्नहरु

लेखक : डा. केशव देवकोटा नेपालमा आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनको मिति जति नजिकिँदै जाँदो छ, त्यति नै सो निर्वाचनको बिषयलाई लिएर अनेक प्रश्नहरु उठेका छन् । तर त्यसको चित्तबुझ्दो जवाफ र समाधान दिने कुनै पनि पक्ष देखिएको छैन । धेरैमा निर्धारित मिति मै निर्वाचन हुन्छ र ? भन्ने आशंका अझै कायम रहेको देखिएको छ । यसअघि नै बिभिन्न चरणमा निर्वाचन गराउने प्रशंग समेत उठेका थिए भने हालसम्म पनि कतिपय पार्टी र शक्तिले निर्वाचनको मिति सार्नुपर्छ भन्ने आवाज उठाएको देखिएको छ । गत भदौ २३ र २४ मा भएको बिध्वंशपछि संसदको बर्षे अधिवेशन जारी रहेकै अवस्थामा संसद बाहिरबाट…
Read More
‘वर्गीय दृष्टिकोणमा स्पष्ट भएर वर्गसंघर्षका माध्यमबाट मात्र वर्गीय मुक्ति सम्भव छ’

‘वर्गीय दृष्टिकोणमा स्पष्ट भएर वर्गसंघर्षका माध्यमबाट मात्र वर्गीय मुक्ति सम्भव छ’

अशोक लम्साल, सचिव, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ११ नं. व्यूरो १) असोकजी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ११ नं. क्षेत्रीय व्यूरोको सचिव हुनुहुन्छ । यहाँको पार्टीले आगामी २०८२ फागुन २१ गते को निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ, ११ नं. व्यूरोमा निर्वाचन बहिष्कार सम्बन्धी के कति कार्यक्रमहरु सम्पन्न भए ?हाम्रो पार्टीले २०८२ फागुन २१ मा सम्पन्न गर्न खोजिएको कथित संसदीय निर्वाचन सशक्त बहिष्कार गर्ने निर्णय गरेको खुलासा भैसकेको छ । सो को कार्यक्रम आइसकेपछि व्यूरोस्तरमा ¥याली र बहिष्कार सभा, अनि बृहद अन्तक्र्रिया कार्यक्रम सम्पन्न भैसकेका छन् । त्यसैगरी व्यूरो अन्तर्गतका जिल्ला संयुक्त संघर्ष समिति गठन र बीच बीचमा सो समितिका बैठक…
Read More
उम्मेदवारको कार्यालय र घरमा कालो झण्डा,’संसदीय निर्वाचनको औचित्य छैन’

उम्मेदवारको कार्यालय र घरमा कालो झण्डा,’संसदीय निर्वाचनको औचित्य छैन’

नवलपरासी : डलर अर्बपति उम्मेदवार बिनोद चौधरी सहितका उम्मेदवारको कार्यालय र निजी निवासमा कालो झण्डा राखिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नवलपरासी क्षेत्र नम्बर एकका काङ्ग्रेस उम्मेदवार चौधरी सहित एमाले, नेकपा, रास्वपा, नेकपा (माओवादी)का उम्मेदवारको घरमा कालो झण्डा राखेको हो । सोमबार जिमिरेभार बजारमा रहेको चौधरीको चुनावी कार्यालय, महलबारीमा रहेको एमाले उम्मेदवार राम प्रसाद पाण्डेयको निवासको प्रबेशद्वार , नेकपा उम्मेदवार सिन्धु जलेशा बुढाथोकीको बर्दघाट-२ चिसापानीको निवास, रास्वपा उम्मेदवार बिक्रम खनालको बर्दघाट-१० धुब्रटोलमा निमार्णाधिन घर र माओवादी उम्मेदवार राजु प्रसाद हरिजनको बर्दघाट-३ लघुनाहाको घरमा कालो झण्डा र ब्यानर राखिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनाएको छ । साम्राज्यवादद्वारा प्रायोजित निर्वाचनले राजनीतिक…
Read More
सरावल र पाल्हीनन्दन गाउँपालिकाको विभिन्न स्थानमा निर्वाचन बहिष्कारको प्रचारप्रसार

सरावल र पाल्हीनन्दन गाउँपालिकाको विभिन्न स्थानमा निर्वाचन बहिष्कारको प्रचारप्रसार

सरावल गाउँपालिकाको कार्यालय र महेशपुरचोकमा बहिष्कारको कालो ब्यानर नवलपरासी : संयुक्त संघर्ष समिति नवलपरासीले आइतबार सरावल र पाल्हीनन्दन गाउँपालिकाको बिभिन्न स्थानमा निर्वाचन बहिष्कारको प्रचार प्रसार गरेको छ । सरावल गाउँपालिकाको मुख्य केन्द्र रहेको सरावल र ललितपुर गाउँमा निर्वाचन बहिष्कारको प्रचार प्रसारका साथै गाउँपालिका प्रबेशद्वारमा कालो ब्यानर टागेको समितिले जनाएको छ । त्यस्तै पाल्हीनन्दनको महेशपुर बजार तथा बिभिन्न टोलमा कालो ब्यानर र पर्चा वितरण समेत भएको जिल्ला संयोजक रवि पाण्डेयले जानकारी दिए । साम्राज्यवाद द्वारा प्रायोजित निर्वाचनको बहिस्कार गरौ ! स्वाधीन संयुक्त सरकार गठन गरौ भन्ने मुल नाराका साथ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , नेकपा(बहुमत), बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र…
Read More
रास्वपा उम्मेदवार बिक्रम खनाललाई निर्वाचन बहिष्कारको पर्चा !

रास्वपा उम्मेदवार बिक्रम खनाललाई निर्वाचन बहिष्कारको पर्चा !

"साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचनको औचित्य छैन"नवलपरासी : निबर्तमान नेपाली काँग्रेसका नेता तथा हालका रास्वपा उम्मेदवार बिक्रम खनाललाई ‘साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचनबाट देशको रास्ट्रिय स्वाधीनता रक्षा हुदैन’ निर्वाचनको सशक्त बहिष्कार नै आजको अपरिहार्य आवश्यकता हो’ भन्ने अपिल सहित बहिष्कारको पर्चा दिइएको छ । आइतबार नवलपरासीको बर्दघाट -४ शान्तिनगर चोकमा मत माग्न हिडेको खनालको टोली र निर्वाचन बहिष्कार पक्षधर सङ्ग जम्का भेट भएको थियो । क्राकपा नेपालका बैकल्पिक केन्द्रीय सदस्य एवं नवलपरासी जिल्ला सेक्रेटरी तथा चार पार्टी सम्मीलित संयुक्त संघर्ष समिति जिल्ला संयोजक रवि पाण्डेयको अगुवाईमा क्रान्तिकारी युवा संघ नेपालका केन्द्रीय सदस्य राजेन्द्र न्यौपानेलगायतका नेता कार्यकर्ताले मत माग्दै हिडेका खनाललाई बहिष्कारको अपिल…
Read More