
काठमाडौं : इन्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा माघ २३ गते शनिबारका दिन ‘कविता गोष्ठी तथा साहित्य विमर्श’ कार्यक्रम प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीको अध्यक्षता र प्रतिष्ठानका सदस्य सचिव मोदनाथ मरहठ्ठाको संचालनमा सम्पन्न भएको छ । प्यूठान नपाको जुम्रिस्थित आयुष्मा होटेलमा कार्यक्रममा अतिथिहरु प्रा.डा जगदीशचन्द्र भण्डारी , प्रतिष्ठानका पूर्व अध्यक्ष मित्रलाल पंज्ञानी, प्रा.डा. नन्दीश अधिकारी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला इन्चार्ज टीकाराम पौडेल, राप्ती साहित्य परिषद् प्यूठानका अध्यक्ष रामप्रसाद पोखे्रल, प्यूठान साहित्य परिषद्का अध्यक्ष विमला खनाल, प्रगतिशील लेखक संघ प्यूठान शाखाका अध्यक्ष ध्रुव गिरी, लुम्बिनी बाङ्मय प्यूठानका अध्यक्ष सानु गुल्मेली, स्वर्गद्वारी क्याम्पसका पूर्व क्याम्पस प्रमुख मोहन गिरी, इच्छुक प्रतिष्ठानका सदस्यहरु अनिल श्रेष्ठ, नारायण शर्मा (विपिन) प्यूठान साहित्य परिषद्का पूर्व अध्यक्ष गेहराज थापा, डा. शिवराज पंण्डित हुनुहुन्थ्यो ।

कार्यक्रमको प्रारम्भमा कवि साहित्यकार कृष्णसेन ‘इच्छुक’ लगायत सांस्कृतिक मोर्चाका र विभिन्न चरणमा वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनमा जनयुद्ध, जनआन्दोलनको क्रममा सहादत प्राप्त गर्नु हुने ज्ञात अज्ञात महान शहिदरुप्रति १ मिनेट मौनधारण गरियो । तत्पश्चात् इच्छुक प्रतिष्ठानका सदस्य धनेश्वर पोख्रेलले अतिथि आयोजक र सहभागी साहित्यकार सबैलाई आयोजकका तर्फबाट स्वागत मन्तव्य राख्नु भयो ।
कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरुले छोटो अनुभूति सहित कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो । शुभकामना मन्तव्य दिनेहरुमा, राप्ती साहित्य परिषद् प्यूठानका अध्यक्ष रामप्रसाद पोख्रेल, प्यूठान साहित्य परिषद्का अध्यक्ष विमला खनाल, प्रगतिशील लेखक संघ प्यूठान शाखाका अध्यक्ष ध्रुव गिरी, लुम्बिनी वाङ्मय प्यूठानका अध्यक्ष सानु गुल्मेली पार्टीको तर्फबाट टिकाराम पौडेल हुनुहुन्थ्यो । शुभकामना मन्तव्यपछि विभिन्न साहित्यकारहरुले आ–आफ्ना कविता वाचन गर्नुभएको थियो । कविता वाचन पश्चात्, मित्रलाल पंज्ञानी । साहित्य लेखनमा विषय चयन र वैचारिक निरुपण) विषयमा, प्राडा. नन्दीश अधिकारीले (समाजवादी यथार्थवाद र वर्गीयता), र प्रा.डा. जगदीशचन्द्र भण्डारीले माक्र्सवादी सौन्दर्यशास्त्रको कसिमा साहित्यका रुप र अन्तरवस्तुको संयोजन विषयमा प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो ।
अन्तमा समापन मन्तव्य राख्दै इन्छुक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले साहित्य, कला र विचारको सम्बन्धबारे गहन मन्तव्य सहित उपस्थित सबैलाई विशेष धन्यवाद दिंदै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।