नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ गिरफ्तार

काठमाडाैँ : नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई प्रहरीद्वारा मंगलबार बेलुका काठमाडाैँकाे सुन्धाराबाट गिरफ्तार गरिएकाे छ । बास्तोलासँगै पार्टीका काभ्रे जिल्ला सेक्रेटरी विष्णु प्रसाद तिम्सिना पनि गिरफ्तारमा परेका छन् ।

उहाँकाे गिरफ्तारी भएकाेप्रति नेताकार्यकर्ताले ;सामाजिक सञ्जालमार्फत तीव्र आपत्ति र घोर भर्त्सना गरेकाे छ । महासचिव कञ्चनलाई यथाशीघ्र ससम्मान रिहा गर्न सशक्त माग पनि गरेकाे छ ।

नेकपा (बहुमत)ले फागुन २१ मा हुन लागेनको निर्वाचनको विरोध गर्दै आएको छ । मंगलबार नेकपा (बहुमत)ले नेपाल बन्दकाे घाेषणा गरेकाे थियो।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?