
सरावल गाउँपालिकाको कार्यालय र महेशपुरचोकमा बहिष्कारको कालो ब्यानर
नवलपरासी : संयुक्त संघर्ष समिति नवलपरासीले आइतबार सरावल र पाल्हीनन्दन गाउँपालिकाको बिभिन्न स्थानमा निर्वाचन बहिष्कारको प्रचार प्रसार गरेको छ । सरावल गाउँपालिकाको मुख्य केन्द्र रहेको सरावल र ललितपुर गाउँमा निर्वाचन बहिष्कारको प्रचार प्रसारका साथै गाउँपालिका प्रबेशद्वारमा कालो ब्यानर टागेको समितिले जनाएको छ । त्यस्तै पाल्हीनन्दनको महेशपुर बजार तथा बिभिन्न टोलमा कालो ब्यानर र पर्चा वितरण समेत भएको जिल्ला संयोजक रवि पाण्डेयले जानकारी दिए ।

साम्राज्यवाद द्वारा प्रायोजित निर्वाचनको बहिस्कार गरौ ! स्वाधीन संयुक्त सरकार गठन गरौ भन्ने मुल नाराका साथ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , नेकपा(बहुमत), बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा सम्मिलित संयुक्त संघर्ष समितिले संसदीय निर्वाचनले राजनीतिक दिन नसक्ने बताउदै आएको छ । सातै वटा पालिकामा बहिष्कार आन्दोलन संचालन गरेको समितिले दिनहुँजसो कार्यक्रम गरेको छ ।