क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा २९औं जनयुद्ध दिवस देशैभरी भव्य रूपमा मनाउँदै
‘नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति जारी छ’ : क्रान्तिकारी कम्युनिस्ट पार्टी काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले ऐतिहासिक उनन्तीसौँ जनयुद्ध दिवसमा प्रेस वक्तव्य जारी गर्दै नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति अगाडि बढिरहेको सन्देश दिएको छ । पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “नेपाली क्रान्तिले धक्का अवश्य खाएको छ, तर क्रान्तिको प्रक्रिया रोकिएको छैन । यो नयाँ परिवेशमा नयाँ तरिकाले अगाडि बढिरहेको छ ।” वक्तव्यमा क्रान्तिकारी समूह र छरिएर रहेका विभिन्न क्रान्तिकारीहरुलाई क्रान्तिको प्रक्रियामा गोलवन्द भई अगाडि बढ्न पुनः हार्दिक आह्वान गरिएको छ । वक्तव्यमा भनिएको छ, “हामीले तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) का बीच एकता गरी…