२९ औं जनयुद्ध दिवस पूर्वसन्ध्यामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, भक्तपुरले गर्याे दिप प्रज्वलन

भक्तपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भक्तपुरले २९ औं जनयुद्ध दिवस भक्तपुरको पाँचतले मन्दिर अगाडी तौमढी चोकमा भब्यरुपमा दिप प्रज्वलन सम्पन्न गरेको छ । जिल्ला संयोजक कमरेड रोजनले कार्यक्रम सन्चालन गर्दै भन्नू भयो जनयुद्ध दिवस मनाउन साचो अर्थमा त्यतिखेर मात्र सहि हुन्छ जतिखेर क्रान्ति सम्पन्न हुन्छ । त्यसकारण जनयुद्ध बाट पाएको उपलब्धिको रक्षा गर्दै अधुरो रहेको क्रान्ति पूरा गर्न अर्को अन्तिम युद्द अर्को जनयुद्ध लड्न जरुरी रहेको र त्यसको निम्ति क्रान्तिकारीहरु देशभक्त, वामपन्थी, बुद्धिजीवीहरु एकताबद्द भएर यो दलाल नोकरशाही संसदीय पुजीवादी व्यस्थाको अन्त्य गर्ने र नयाँ जनवादी व्यवस्थाको कार्यभार पुरागर्दै बैज्ञानिक समाजवादी व्यवस्थामा जानको निम्त जनसंविधान घोषणा गरेर मुलुक लाई अग्रगमनको दिशामा लान पार्टीले अस्थायी संयुक्त सरकारको नारा अगि सारेको बताउनु भयो । 

      त्यसै गरि कार्यक्रम लाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज सारदले २०५२ फागुन १ गते बाट सुरुभएको जनयुद्ध नेतृत्वको गद्दारिको कारण १० वर्ष लड्दा पनि पुर्णरुपमा सफल हुन सकेन सहिद बेपत्ता घाइते अपाङ्ग र माहान जनयुद्ध प्रती धोका भयो र जनतालाइ शोषण गर्ने देशलाई कंगाल र पराधिन बनाउने व्यवस्था लोकतान्त्रिक बुर्जुवा गणतन्त्र दलाल पुजिवादी संसदीय व्यवस्था थोपरेर जनतालाइ लुटिरहेका छन् । गाउगाउमा सिह दरवार भन्नेहरु आज गरिबको झुप्रो झुप्रोमा भ्रष्टाचार पुर्याए । यसको विरुद्ध वामपन्थी लोकतान्त्रिक देशभक्त शक्तिहरु एक भएर लड्ने र यो व्यवस्था फालेर जनताको जनवादी व्यवस्था स्थापना गर्ने आजको यो दिनमा प्रण गर्नु साचोअर्थमा आजको जनयुद्ध दिवसको शुभकामना हुने बताउदै यसाबसरमा देश बिदेशमा बस्नुहुने सबै नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ शुभकामना दिनु भयो । त्यसै गरि जिल्ला सहसंयोजक श्रीकृष्णले १७ हजार नेपाली जनताको छोराछोरीले बलिदान दिएर ल्याएको व्यवस्था जनताको व्यवस्था बन्न सकेन गरिव झन झन गरिव र धनी झन झन धनी हुँदै असमानताको खाडल बढेर गएकोले धनी गरि बराबर हुने समान अवसर पाउने व्यवस्था जनताको जनवादी व्यवस्था ल्याउन क्रान्तिकारीहरु एक ढिक्का हुन आह्वान गर्दै २९ औं  जनयुद्ध दिवसको उपलक्ष्यमा  सबैलाई शुभकामना दीनु भयो । अन्त्यमा कार्यक्रम संचालक रोजनले २९ औं जनयुद्ध दिवसको अवसरमा सबैलाई शुभकामना दिदै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भयो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?