राष्ट्रिय सहकारी विकास वोर्डको कार्यालयमा क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे धर्ना तथा विरोध प्रदर्शन

‘सहकारी पीडितलाई न्याय दे’, सहकारी माफियाहरु मुर्दावाद, जनताका बचतहरु फिर्ता गर’

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा सहकारी माफियाहरूका विरुद्ध धर्ना तथा विरोध प्रदर्शन

काठमाडौँ : सहकारीहरुमा देखिएको वित्तीय अराजकता, सर्वसाधारणको बचतमाथि गरिएको व्यापक हिनामिना र भ्रष्टाचारका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आज (आइतबार) राष्ट्रिय सहकारी विकास वोर्डको केन्द्रीय कार्यालय, पुलचोकमा धर्ना तथा विरोध प्रदर्शन गरेको छ । जनसर्वसाधारणहरुले दुःख गरेर खाइ नखाइ सहकारीमा जम्मा गरेको बचत करोडौ, अरबौं हिनामिना गरेर सञ्चालकहरु नै विदेश भाग्ने क्रम बढ्दो छ ।

जनसर्वसाधारणको बचत हिनामिना गर्ने सहकारीहरुलाई कारबाही गर्न र पीडितहरुको रकम तत्काल फिर्ता गराउन राज्यको निकाय सहकारी विकास बोर्ड र सम्बन्धित मन्त्रालयमार्फत् सरकारको ध्यानाकर्षण गराउन क्रान्तिकारी कम्युनिस्ट पार्टीले विरोध प्रदर्शन गरेको हो ।

जनसर्वसाधारणहरुको बचत हिनामिना गर्ने र फिर्ता नगर्ने सहकारीहरुलाई सरकारले तत्काल कारबाहीको दायरामा नल्याएर क्रान्तिकारी कम्युनिस्ट पार्टीले त्यस्ता सहकारीहरुलाई छानी छानी कारबाही गर्ने समेत चेतावनी दिएको छ । आइतबार भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै वक्ताहरुले यस्तो चेतावनी दिएका हुन् ।

‘सहकारी पीडितलाई न्याय दे’, सहकारी माफियाहरु मुर्दावाद, जनताका बचतहरु फिर्ता गर’ भन्दै नाराजुलुस समेत लगाएका थिए । विरोध प्रदर्शनको सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका भक्तपुर संयोजक रोजनले गर्नुभएको थियो भने विरोध प्रदर्शनलाई पार्टीको महाधिवेशन आयोजक समितिका सदस्य श्याम केसी र नवराज भट्टले सम्बोधन गर्नुभएको थियो । वक्ताहरुले ३२ हजार सहकारीमध्ये १४ हजार सहकारीले ७३ लाख जनसर्वसाधारणको ६५ अर्बभन्दा बढी बचत हिनामिना गरेको आरोप लगाएका छन् ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?