क्रान्तिकारी कम्युनिस्ट पार्टीका अर्घाखाँची इन्चार्ज हुकुम र सह-सयोजक पाण्डे गिरफ्तार, ५ न. प्रदेश संयाेजक अटलले दिए यस्ताे चेतावनी

अर्घाखाँची : क्रान्तिकारी कम्युनिस्ट पाटी नेपाल महाधिवेशन आयोजक समिती सदस्य तथा ५ न. प्रदेश सङ्गठन समितीका सचिवालय सदस्य तथा अर्घाखाँची जिल्ला सङ्गठन समिती इन्चार्ज होम बहादुर खड्का ‘हुकुम’ र ५ न. प्रदेश सङ्गठन समितिका सदस्य एबम अर्घाखाँची जिल्ला सङ्गठन समिति सह-सयोजक नरेश्वर पाण्डेलाई प्रहरीले गिरफ्तार गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ५ नं. प्रदेश सङ्गठन समितिका संयाेजक अटलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तार कमरेडहरुलाई बिना सर्त यथाशिघ्र रिहाईकाे जोडदार माग गरेका छन् ।

उनले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘हाम्रो पार्टी राजनैतिक, आर्थिक, एबम सामाजिक बिकृती र बेथितिका विरुद्ध संघर्षरत रहदै आएको तथ्य जग जाहेर नै छ । यसै सन्दर्भमा अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका अन्तर्गतका बालशिक्षा मा.बि. का प्र.अ. ले बिद्यालयको सम्पत्ती हिनामिना लगायतका थुप्रै बेथिति र अनैतिक धन्दा गर्दै आएको भन्ने व्यापक जनगुनासो रहदै आएको थियो । स्थानिय पार्टीले त्यसका विरुद्ध संघर्ष गर्नु र दोषीलाई नड्याउन कुनै पनि कदम चाल्नु आबश्यक हुन जान्थ्यो । यसै सन्दर्भमा हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पाटी नेपाल महाधिवेशन आयोजक समिती सदस्य तथा ५ न. प्रदेश सङ्गठन समितीका सचिवालय सदस्य तथा अर्घाखाँची जिल्ला सङ्गठन समिती इन्चार्ज होम बहादुर खड्का क. हुकुम र ५ न. प्रदेश सङ्गठन समितिका सदस्य एबम अर्घाखाँची जिल्ला सङ्गठन समिति सह-सयोजक क. नरेश्वर पाण्डेलाई गिरफ्तार गरेको घटनाले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । गिरफ्तार कमरेडहरुलाई बिना सर्त यथाशिघ्र रिहाईका लागि हाम्रो पार्टी जोडदार माग गर्दछ । अन्यथा सम्बन्धीत व्यक्ति नसच्चिए र गिरफ्तार कमरेडहरुलाई रिहा नगरे पार्टी थप संघर्ष गर्न बाध्य हुनेछ ।’

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?