काठमाडाैँ : २९औं महान जनयुद्ध दिवसको पूर्वसन्ध्यामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशैभरी दिप प्रज्वलन गरि जनयुद्ध दिवसकाे स्मरण गरेकाे छ ।
यसैगरी मकवानपुर जिल्ला समितिद्वारा हेटौंडाको बुद्ध चोकमा दिप प्रज्वलन गरि स्मरण गरेकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मकवानपुरले जनाएकाे छ ।
यसैगरी २९औं जनयुद्ध दिवसकाे पूर्वसन्ध्यामा पाल्पामा क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाल्पाले जनाएकाे छ ।
यसैगरी २९औं जनयुद्ध दिवसकाे पूर्वसन्ध्यामा दाङमा क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेकाे कम्युनिस्ट पार्टी नेपाल दाङले जनाएकाे छ ।
यसैगरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दियाले २९औं जनयुद्ध दिवसको पूर्व सन्ध्यामा दीप प्रज्ज्वलन सम्पन्न गरेकाे कम्युनिस्ट पार्टी नेपाल बर्दियाले ।
यसैगरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कंचनपुर र अखिल (क्रान्तिकारी) कंचनपुरले महान जनयुद्ध दिवसको पूर्व सन्ध्यामा दिप प्रज्वलन कार्यक्रम संयुक्त रूपमा सम्पन्न गरेकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनाएकाे छ।
यसैगरी काठमाण्डौ जिल्लामा अधिकाम्स नगरपालिकाले २९ औँ जनयुद्ध दिवसको दिप प्रज्वलन कार्य सम्पन्न गरेकाे स्राेतले बताएकाे छ ।
त्यसैगरी २९औँ जनयुद्ध दिवसकाे पूर्वसन्ध्यामा ललितपुरमा पनि क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले दिप प्रज्वलन कार्यक्रम गरेकाे समाचार प्राप्त भएकाे छ ।
२९औँ महान जनयुद्ध दिवसको पूर्वसन्ध्यामा इटहरीमा दिप प्रज्वलन गरेकाे इटहरीका लागि हाम्रा संवाददाताले जनाएकाे छ।
त्यसैगरी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, भक्तपुरले २९ औं माहान जनयुद्ध दिवसको पूर्वसन्ध्यामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेकाे समाचार प्राप्त भएकाे छ।
देश बिदेशमा रहनु हुने शोषित उत्पीडित श्रमजीवी सर्बहारा नेपाली जनतामा २९ औं माहान जनयुद्ध दिवसको शुभकामना ! साचो अर्थमा जनयुद्धको उपलब्धिलाई संस्थागत बिकास र नेपालको अधुरो क्रान्ति पुरागरेपछी मात्र शुभकामनाले सार्थकता प्राप्त गर्नेछ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, भक्तपुर