क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिच १ नं.प्रदेशकाे एकता सम्पन्न
धरान : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) का बीचमा जेष्ठ ९ गते एक नम्बर प्रदेश स्तरीय अधिवेशन सुनसरीको धरानमा सम्पन्न भएको छ । एकता अधिवेशनले क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको संयोजक सिताराम बुढाथोकी, सहसंयोजक कृष्ण चौलागाईं (क. नरेशसहित १४३ सदस्यीय एक नम्बर प्रदेश समिति गठन गरेको छ । अधिवेशनको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सहसंयोजक धर्मेन्द्र बास्तोला (क. कञ्चन), अतिथिहरु केन्द्रीय कार्यालय सदस्य एवं तीन नं। प्रदेश इन्चार्ज हेमन्तप्रकाश ओली (क. सुदर्शन), केन्द्रीय कार्यालय सदस्य एवं २ नं. प्रदेश इन्चार्ज (क. सागर), केन्द्रीय कार्यालय सदस्य एवं एक नम्बर प्रदेश इन्चार्ज का. थमन राई (का. निर्मल) , केन्द्रीय कार्यालय सदस्य…