क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिच १ नं.प्रदेशकाे एकता सम्पन्न

धरान : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) का बीचमा जेष्ठ ९ गते एक नम्बर प्रदेश स्तरीय अधिवेशन सुनसरीको धरानमा सम्पन्न भएको छ । एकता अधिवेशनले क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको संयोजक सिताराम बुढाथोकी, सहसंयोजक कृष्ण चौलागाईं (क. नरेशसहित १४३ सदस्यीय एक नम्बर प्रदेश समिति गठन गरेको छ ।

अधिवेशनको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सहसंयोजक धर्मेन्द्र बास्तोला (क. कञ्चन), अतिथिहरु केन्द्रीय कार्यालय सदस्य एवं तीन नं। प्रदेश इन्चार्ज हेमन्तप्रकाश ओली (क. सुदर्शन), केन्द्रीय कार्यालय सदस्य एवं २ नं. प्रदेश इन्चार्ज (क. सागर), केन्द्रीय कार्यालय सदस्य एवं एक नम्बर प्रदेश इन्चार्ज का. थमन राई (का. निर्मल) , केन्द्रीय कार्यालय सदस्य एवं १ नं। प्रदेश सहइन्चार्ज सुरेन्द्र भण्डारी (क. संगम) र केन्द्रीय सल्लाहकारहरू पारस, प्रगति र अरुन राजबङ्सी हुनुहुन्थ्यो । एक नम्बर प्रदेश इन्चार्ज थमन सिंह राई ( का. निर्मल) ले हाउसमा प्रदेश कमिटीको प्यानल प्रस्तुत गर्नु भयो र हाउसले ताली बजाई प्यानल अनुमोदन गरेको थियो ।

कार्यक्रमको अध्यक्षता प्रदेश संयोजक सिताराम बुढाथोकी, संचालन प्रदेश सहसंयोजक कृष्ण चौलागाईं ( का. नरेश ) तथा स्वागत केन्द्रीय सचिवालय सदस्य बालकृष्ण सुवेदी ( का. बलदेव)ले गर्नु भएका थियो । कार्यक्रममा केन्द्रीय समितिको परिपत्र वाचन गरिएकोथियो । कार्यक्रमका प्रमुख अतिथि धर्मेन्द्र बास्तोलाले जेलबाट रिहाई भएका अविनाश र सुदिपलाई खादा पहिराई स्वागत र सम्मान गर्नु भएको थियो । कार्यक्रममा सहिदहरू प्रति एक मिनेट मौन धारन गरिएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?