धनुषा : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) का बीचमा जेष्ठ ७ गते धनुषाको वीरेन्द्रबजारमा प्रदेशस्तरको एकता अधिवेशन सम्पन्न भएको छ । एकता अधिवेशनले संयोजक कृष्णदेव सिंह दनुवार (कामरेड रमेश), सहसंयोजकहरु इन्द्रबहादुर डोली (क. नयन), विरेन्द्र यादव, कर्णबहादुर यादव सहित ९१ सदस्यीय दुई नम्बर प्रदेश समिति गठन गरेको छ । १५ सदस्यीय सचिवालय समेत गठन गरिएको छ ।
अधिवेशनको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सहसंयोजक धर्मेन्द्र बास्तोला (क. कञ्चन), अतिथिहरु केन्द्रीय कार्यालय सदस्य एवं तीन नं. प्रदेश इन्चार्ज हेमन्तप्रकाश ओली (क. सुदर्शन), केन्द्रीय कार्यालय सदस्य एवं २ नं. प्रदेश इन्चार्ज (क. सागर), केन्द्रीय कार्यालय सदस्य एवं एक नम्बर प्रदेश इन्चार्ज का. थमन राई (का. निर्मल) , केन्द्रीय कार्यालय सदस्य एवं १ नं. प्रदेश सहइन्चार्ज सुरेन्द्र भण्डारी (क. संगम) र केन्द्रीय कार्यालय सदस्य क. झुमान सिंह बलम्पाकी हुनुहुन्थ्यो ।
कार्यक्रमको अध्यक्षता प्रदेश संयोजक कृष्णदेव सिंह, संचालन प्रदेश सहसंयोजक तथा केन्द्रीय सचिवलय सदस्य वीरेन्द्र यादव र स्वागत केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश सहसंयोजक कर्णबहादुर थापाले गर्नु भएका थियो । केन्द्रीय समितिको परिपत्र वाचन प्रदेश सहसंयोजक इन्द्रबहादुर नकडोलीले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि धर्मेन्द्र बास्तोलाले जेलबाट रिहाई भएका अविनाश कुँवर र भीम सुवेदीलाई खाद पहिराई स्वागत र सम्मान गर्नु भएको थियो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मधेस प्रदेश संगठन समिति एकता अधिबेशन प्रशिक्षण तथा बैठक धनुषा मा सुरु अधिबेशन मा भ्रष्टाचार बिरोधि अभियान का नायकहरु क्रान्तिकारी युवा संगठनका केन्द्रीय कार्यलय सदस्य प्रिय मित्र अबिनाश र केन्द्रीय सचिवालय सदस्य कमरेड सुदिपलाई हार्दिक स्वागत तथा सम्मान ।