ताप्लेजुङ : २०८१ जेठ ७ गते सोमवारका दिन बेलुका ७ः३० बजे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १ नं. प्रदेश संगठन समितिका सदस्य अप्सरा बानियाँकी ममतममयी आमा मनमायाँ बानियाँको ७८ बर्षको उमेरमा निधन भएको छ ।
उनीको निधनप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १ नं. प्रदेशका संयाेजक सरलले शोक वक्तव्य प्रकाशित गर्दै मनमायाँ बानियाँप्रति भावपूर्ण श्रद्धान्जली तथा शाेकाकुल परिवारजनमा गहिराे समवेदना व्यक्त गरेका छन्
शोक वक्तव्य भनिएकाे छ, ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, १ नं. प्रदेश संगठन समिति सदस्य क. अप्सरा बानियाँकी ममतामयी आमा तथा पार्टीका केन्द्रीय सचिवालय सदस्य क. विमल निरौलाकी सासुआमा मनमायाँ बानियाँको ७८ वर्षको उमेरमा जिल्ला ताप्लेजुङ सिदिङ्वा गाउँपालिका वड नं. ४ स्थित निजी निवासमा २०८१ जेठ ७ गते बेलुका ७:३० बजे दुःखद निधन भएकोमा हाम्रो पार्टी दुःखित एवं स्तव्ध भएको छ ।
यो दुःखद घडीमा दिवंगत आमाप्रति भावपूर्ण श्रद्धान्जली अर्पणका साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १ नं. प्रदेश संगठन समिति शोक प्रकट गर्दछ ।’