राजनीति

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यी पार्टीहरूको यस्ताे गर्याे विश्लेषण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यी पार्टीहरूको यस्ताे गर्याे विश्लेषण

(क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वि.सं. २०८१ मंसिर १३ देखि २३ सम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय एकता महाधिवेशनमा महाधिवेशन आयोजक समितिका संयोजक कमरेड किरणद्वारा प्रस्तुत र पारिति राजनीतिक प्रतिवेदनको “राजनीतिक पार्टीहरूको विश्लेषण” खण्ड ) ५. राजनीतिक पार्टीहरूको विश्लेषणआज नेपालमा संसद तथा सरकारमा आबद्ध र संसद तथा सरकार बाहिर विभिन्न राजनीतिक पार्टीहरु तथा समूहहरू क्रियाशील रहिआएका छन् । तिनको सही मापदण्डका आधारमा विश्लेषण गर्न आवश्यक छ । वर्गीय, विचारधारात्मक तथा राजनीतिक मान्यता, तदनुरुप बनाइएका नीति, कार्यक्रम तथा कार्यदिशा र व्यावहारिक गतिविधिलाई मापदण्ड बनाई त्यसप्रकारका राजनीतिक पार्टीहरूको विश्लेषण गर्नुपर्दछ । यस प्रकारका मापदण्डहरूमा वर्गीय मापदण्डलाई प्रधानता दिनु पर्दछ । विभिन्न राजनीतिक दलहरूमा विभिन्न समयमा…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालसहित १२ दलकाे असार २७ गते विशाल प्रदर्शन हुने

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालसहित १२ दलकाे असार २७ गते विशाल प्रदर्शन हुने

काठमाडाैँ: देशमा क्रियाशील १४ दल तथा समुहको आयोजनामा इजरायलद्वारा प्यालेष्टाइनमाथि भइरहेको आक्रमणको विरोध गर्न २०८२ असार २७ गते विरोध प्रदर्शन गर्ने भएका छन् । १४ पार्टी तथा समुहहरुको २०८२ असार २४ गते बसेको बैठकले सो निर्णय गरेको हो । असाढ २७ गते दिनको २ बजे रत्नपार्कको शान्तिवाटिकामा भेला भएर जमल ,घण्टाघर ,बागबजार पुतलीसडक ,हुँदै प्रर्दशनी मार्गमा गएर विरोध सभा गरिने जाइएको छ । सो सभालाई १२ दल र दुइ अभियान समुहका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । सो कुरा बैठकमा सहभागी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्युरो सदस्य दिनेश शर्माले हाँकलाई बताएका हुन् । उक्त सभा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ,नेपाल कम्युनिष्ट पार्टी…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहित ५ पार्टीकाे बैठक पेरिस डाँडामा सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहित ५ पार्टीकाे बैठक पेरिस डाँडामा सम्पन्न

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहित नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र नेकपा मसालसहित पाँच कम्युनिस्ट पार्टीको वैठक पेरिस डाँडामा सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिस डाँडामा भएकोउक्त वैठक मा गत असार ११ गते आयोजित साम्राज्यवादी युद्धको विरुद्ध संयुक्त अन्तरक्रिया कार्यक्रम र इरान र प्यालेष्टाइन माथिको अमेरिकी र इजराइली आक्रमणबिरुद्ध बिज्ञप्तिमार्फत गरिएको पहलको बिषयमा समिक्षा गरिएको बताइएको छ । यसैगरी , पाँच कम्युनिस्ट पार्टीको आजको वैठक मा प्यालेष्टाइन र इरानमाथिको अमेरिकी र इजराइली आक्रमणको बिरोध जनाउदै बृहत प्रदर्शन गर्ने र यसको तयारीको निम्ति प्रत्येक पार्टीवाट दुई दुई जना सदस्य बसेर छलफल गर्ने…
Read More
बैकल्पिक के.स. शारदा शाह पार्टीबाट निस्कासित

बैकल्पिक के.स. शारदा शाह पार्टीबाट निस्कासित

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी केन्द्रीय समितिकी बैकल्पिक सदस्य शारदा शाहलाई पार्टीबाट निस्कासित गरिएको छ । असार १८ गते पार्टीका कार्यबाहक महासचिव गौरवद्वारा जारी विज्ञप्तिमा आफ्नो पार्टीको स्याङ्जा जिल्ला इञ्चार्ज समेत रहेकी शारदा शाहले पार्टी विरोधी गतिविधि गरेको र सुध्रन सुझाव दिँदा पनि अवज्ञा गरेको कारण पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाउँदै पार्टीबाट निस्कासन गरेको हो ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, काठमाडौं जिल्ला समितिद्वारा तीन दिने कार्यशाला सम्पन्न (फाेटाेसहित)

क्रान्तिकारी कम्युनिस्ट पार्टी, काठमाडौं जिल्ला समितिद्वारा तीन दिने कार्यशाला सम्पन्न (फाेटाेसहित)

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, काठमाडौं जिल्ला समितिको आयोजनामा तीन दिने जिल्ला स्तरीय कार्यशाला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यशालामा काठमाडौंको जिल्लाका नगर सचिवहरु र काठमाडौ जिल्लाका ज.व.स.संयोजकहरुको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि स्थायी समिति सदस्य तथा स्कूल विभाग प्रमुख रामसिंह श्रीष रहेका थिए भने उद्घाटन सत्रको अध्यक्षता जिल्ला समितिका सचिव केदार खातीवडाले गर्नुभएको थियो। उद्घाटन सत्रमा अतिथिहरूले वर्ग संघर्ष, पार्टी निर्माण, र समकालीन राजनीतिक परिस्थितिमा पार्टीको भूमिका विषयमा मन्तव्य व्यक्त गरेका थिए। तिन दिन सम्म सञ्चालन भएको कार्यशालामा सहजीकरणको जिम्मेवारी ९ नं. ब्यूरो ईञ्चार्ज दिनेश शर्मा , र सेक्रेटरी चिन्तामणि पौडेलले सम्हाल्नु भएको थियो। कार्यशालामा संगठन…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ३ दिने कार्यलाशा सम्पन्न

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ३ दिने कार्यलाशा सम्पन्न

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नम्बर ब्युराेकाे ३ दिने कार्यलाशा सम्पन्न भएको छ । ‘संसारका मजदुर तथा उत्पीडित जनता एक होऔँ, माक्र्सवाद–लेनिनवाद–माओवाद– जिन्दावाद !, नयाँ जनवाद–वैज्ञानिक समाजवाद — जिन्दावाद !’ भन्ने नारासहित कार्यशाला मिति २०८२ असार ६–८ गते कार्यक्रमको अध्यक्षता व्युरो सचिव प्रवाह, प्रमुख अतिथि स्थायी समिति सदस्य सुदर्शन, अतिथिहरु द्वय पोलिट व्युरो सदस्य प्रितम,सागर रहनु भएको थियो । कार्यक्रमको सञ्चालन प्रकाश र स्वागत मन्तव्य अपेक्षाले राख्नु भएको थियो । कार्यक्रममा अतिथिहरुले कार्यशालाको सफलताको शुभकामना दिनु भएको थियो । कार्यशालामा विभिन्न विषयमा महत्वपुर्ण प्रशिक्षण दिइएको थियो । जसमा १.सुदर्शन–जनवादी केन्द्रीयता, छापामार युद्ध र जनविद्रोहको अन्तरसम्बन्ध, पार्टी कार्यदिशा, नेपाली कम्युनिस्ट…
Read More
भ्रष्टाचारकाे विरोधमा खरो उत्रिन नेता दिनेश शर्माकाे आह्वान

भ्रष्टाचारकाे विरोधमा खरो उत्रिन नेता दिनेश शर्माकाे आह्वान

भ्रष्टाचार विरोधी अभियानमा जोडिन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आह्वान काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आफूहरुले २०८२असार ५ गतेदेखि देशव्यापी सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानमा साथ दिन सबैलाई आह्वान गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ९ नं व्यूरोको आयोजनामा काठमाण्डौ भृकुटी मन्डपको रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९नं व्यूरो सेक्रेटरी चिन्तामणि पौडेल ,पोलिटव्यूरो सदस्य दिनेश शर्माले पार्टीको तर्फबाट सो आह्वान गर्नु भएको हो । देशमा भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्नु पर्नाको कारणबारे पार्टीको तर्फबाट जारी गरिएको वक्तव्य वाचन गर्दै र पत्रकारहरुले राखेको जिज्ञाशाको जवाफ दिँदै नेताहरुले देशमा भ्रष्टाचार ,अनियमितता,वेथिति मौलाएकोले अब चुप लागेर बस्न नहुने र…
Read More
असार ५ गतेदेखि देशव्यापी ‘भ्रष्टाचारविरोधी अभियान’ सफल पार्न जनसमुदायमा अपिल

असार ५ गतेदेखि देशव्यापी ‘भ्रष्टाचारविरोधी अभियान’ सफल पार्न जनसमुदायमा अपिल

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले हालै एक अपिल जारी गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गत पीबीे बैठकको निर्णय अनुसार २०८२ साल असार ५ गतेदेखि देशव्यापी रुपमा भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्न गइरहेको छ । यस भ्रष्टाचार विरोधी अभियानमा सहभागी हुन सम्पूर्ण न्यायप्रेमी जनसमुदायसँग हार्दिक अपिल गरेको छ ।यस्तो छ अपिलको पूर्णपाठ ः “हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गत पीबीे बैठकको निर्णय अनुसार २०८२ साल असार ५ गतेदेखि देशव्यापी रुपमा भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्न गइरहेको छ । यस भ्रष्टाचार विरोधी अभियानमा सहभागी हुन हामी सम्पूर्ण न्यायप्रेमी जनसमुदायसँग हार्दिक अनुरोध गर्दछौं । भ्रष्टाचार विरोधी अभियान किन ?हाम्रो…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ३ नम्बर ब्युराेकाे प्रशिक्षण उत्साहपुर्वक सम्पन्न

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ३ नम्बर ब्युराेकाे प्रशिक्षण उत्साहपुर्वक सम्पन्न

नेपालगञ्ज: क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ३ न (भेरी कर्नाली) व्युरोको दुइदिने व्युरो स्तरिय प्रशिक्षण तथा वैठक उत्साहजनकरुपमा सम्पन्न भएको छ। प्रशिक्षण कार्यक्रम यहि महिनाको २४ र २५ गते वर्दियाको भुरिगाउँमा सम्पन्न भएको हो। कार्यक्रमको उदधाटन स्थायी समिति सदस्य कृष्ण पौडेलले व्यानर वाचन गरेर गर्नु भएको थियो।अध्यक्षता व्युरो सेक्रेटी दिपक शाही सञ्चालन सिसिएम कमल रोकाया विपिन स्वागत पार्टी सिसिएम दिलवहादुर कडायत भुकम्पले गर्नु भएको थियो। प्रशिक्षण कार्यक्रममा विश्वदृष्टिकोण आगामी कार्यक्रम आर्थीक, सँगठनात्मक नियमावली तथा पार्टी सदस्यको आचारसहिता वारे कृष्ण पौडेल, अन्तविरोधवारे, विधान, पार्टी सदस्य र कार्यकर्ता वारे, नेपाली समाजको वर्ग विश्लेषण सम्वन्धमा  पिविएम तथा ३ न. व्युरो इञ्चार्ज लालवहादुर जाग्री, जनवादी…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको देशैभरी राजनीतिक वैचारिक प्रशिक्षण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको देशैभरी राजनीतिक वैचारिक प्रशिक्षण

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १६ वटै ब्युरोमा प्रशिक्षणको कार्यक्रम राखेकोछ । जस अन्तरगत अहिले ५, ७, ९, १० र ११ नम्बर ब्युरोका प्रशिक्षण सम्पन्न भएका छन् । गत जेष्ठ ६ देखि ८ सम्म काठमाडौंमा सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको दोस्रो पोलिटब्युरो बैठकले गरेका निर्णयहरूलाई कार्यान्वयन गर्न तथा गत मंसिरमा पार्टीको राष्ट्रिय एकता महाधिवेशनले पारित गरेका सिद्धान्त ,राजनीति , नीति , कार्यक्रममा स्पष्टताका लागि यो प्रशिक्षण आयोजना गरिएको पार्टी स्रोतले हाँकलाई जानकारी गराएको छ। ९ नम्बर व्युरो ( काठमाडौ उपत्यका) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं . ब्यूरो को आयोजनामा बैचारिक , राजनीतिक प्रशिक्षण सम्पन्न भएकोछ।ब्यूरो सचिब चिन्तामणि पौडेलको अध्यक्षता,…
Read More