
काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहित नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र नेकपा मसालसहित पाँच कम्युनिस्ट पार्टीको वैठक पेरिस डाँडामा सम्पन्न भएको छ।
नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिस डाँडामा भएकोउक्त वैठक मा गत असार ११ गते आयोजित साम्राज्यवादी युद्धको विरुद्ध संयुक्त अन्तरक्रिया कार्यक्रम र इरान र प्यालेष्टाइन माथिको अमेरिकी र इजराइली आक्रमणबिरुद्ध बिज्ञप्तिमार्फत गरिएको पहलको बिषयमा समिक्षा गरिएको बताइएको छ ।
यसैगरी , पाँच कम्युनिस्ट पार्टीको आजको वैठक मा प्यालेष्टाइन र इरानमाथिको अमेरिकी र इजराइली आक्रमणको बिरोध जनाउदै बृहत प्रदर्शन गर्ने र यसको तयारीको निम्ति प्रत्येक पार्टीवाट दुई दुई जना सदस्य बसेर छलफल गर्ने र कार्यक्रम तय गर्ने निर्णय भएको बताइएको छ।
उक्त कार्यका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीवाट परी थापा, नेपाल कम्युनिस्ट पार्टीवाट सो पार्टीका प्रवक्ता प्रकाण्ड र मिलन , नेकपा माओवादी केन्द्रवाट देब गुरुङ र लिलामणि पोखरेल ,नेकपा एकीकृत समाजवादीवाट बलराम बास्कोटा र नेकपा मसालवाट भैरव रेग्मीसहितलाई जिम्मेवारी दिइएको छ । उनीहरुको बैठक सोमबार बस्ने तय भएको छ।
यसैगरी , पाँच कम्युनिस्ट पार्टीको आजको छलफलमा अन्य घटकलाई सहभागी गराउने र साथ लिने बिषयमा सबै दलले प्रयास गर्ने र प्रत्येक पार्टीले आन्तरिक रुपमा राष्ट्रिय राजनीतिक मुद्दाको बारेमा र सहकार्यको बिषयमा छलफल चलाउने निर्णय भएको बताइएको छ।