क्रान्तिकारी कम्युनिस्ट पार्टी, काठमाडौं जिल्ला समितिद्वारा तीन दिने कार्यशाला सम्पन्न (फाेटाेसहित)

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, काठमाडौं जिल्ला समितिको आयोजनामा तीन दिने जिल्ला स्तरीय कार्यशाला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यशालामा काठमाडौंको जिल्लाका नगर सचिवहरु र काठमाडौ जिल्लाका ज.व.स.संयोजकहरुको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि स्थायी समिति सदस्य तथा स्कूल विभाग प्रमुख रामसिंह श्रीष रहेका थिए भने उद्घाटन सत्रको अध्यक्षता जिल्ला समितिका सचिव केदार खातीवडाले गर्नुभएको थियो। उद्घाटन सत्रमा अतिथिहरूले वर्ग संघर्ष, पार्टी निर्माण, र समकालीन राजनीतिक परिस्थितिमा पार्टीको भूमिका विषयमा मन्तव्य व्यक्त गरेका थिए।

तिन दिन सम्म सञ्चालन भएको कार्यशालामा सहजीकरणको जिम्मेवारी ९ नं. ब्यूरो ईञ्चार्ज दिनेश शर्मा , र सेक्रेटरी चिन्तामणि पौडेलले सम्हाल्नु भएको थियो। कार्यशालामा संगठन सुदृढीकरण, राजनीतिक चेतना अभिवृद्धि, जनसम्बन्ध विस्तार, युवा तथा महिलाको सहभागिता, तथा नयाँ कार्यदिशाका विषयमा गहिरो छलफल गरिएको थियो।

तीन दिनसम्म चलेको यो कार्यशाला प्रशिक्षणमूलक, वैचारिक र सांगठनिक दृष्टिले निकै महत्वपूर्ण भएको सहभागीहरूले बताएका छन्। कार्यशालाले पार्टी कार्यकर्ताहरूमा क्रान्तिकारी विचारधाराप्रति प्रतिबद्धता थप सुदृढ बनाएको जनाइएको छ।

कार्यक्रमको समापन सत्रमा सहभागीहरूले आ–आफ्ना अनुभवहरू सुनाएक थिए साथै भविष्यमा अझ प्रभावकारी रूपमा पार्टी निर्माण र आन्दोलनमा योगदान दिने दृढ संकल्प व्यक्त गरेका थिए।तीन दिन सम्म सञ्चालन भएको कार्यशालामा क कस्ले के के विषयमा प्रशिक्षण गराईएको थियो ?
पहिलो दिन
रामासिङद्धारा पार्टी राजनीति कार्यदिशा र पार्टीको संगठनात्मक स्वरुपको विषयमा प्रशिक्षण गराउनु भएको थियो । त्यसगरी प्रितमले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन, कम्युनिष्ट अन्तराष्ट्रिय एकता विश्व कम्युनिष्ट पार्टीको मुख्य भूमिका र धर्म, संस्कृतिको बारेमा प्रशिक्षण गराउनु भएके थियो । त्यसैगरि दिनेश शर्माले कम्यूनिष्ट कार्य शैली र कम्यूनिष्ट कार्य पद्धतिको बारेमा प्रशिक्षण गराउनु भएको थियो । त्यसैगरी प्रवाहले वर्ग, वर्गको उत्पति र वर्ग संघर्षको बारेमा प्रशिक्षण गराउनु भएको थियो ।
दोस्रो दिन
रामसिङ श्रीसले संगठनात्मक स्वरुप, पार्टीको कार्यदिशा, संगठन संगठनात्मक अनुशासनको बारेमा प्रशिक्षण गराउनु भएको थियो ।
त्यसैगरि दिनेश शर्माले पार्टी कार्यशैली, कार्य पद्धति, अन्तर विरोध पहिचान, संगठन निर्माण र आलोचना, आत्माआलोचनाको बारेमा प्रशिक्षण गराउनु भएको थियो । त्यसैगरी चिन्तामणि शर्माले राजनीतिक पार्टीहरुको विश्लेषण गर्नु भएको थियो ।
त्यसैगरि केदार खतिवडाले अध्ययन, लेखन, संगठनात्मक नियमावलीको बारेमा प्रशिक्षण गराउनु भएको थियो भने प्रतिकले पार्टी र ज.व.स. मोर्चा विचको अन्तर सम्बन्धको बारेमा प्रशिक्षण गराउनु भएको थियो ।
त्यसैगरी बन्धुदेवले नेपाली कम्युनिष्ट आन्दोलनको बारेमा प्रशिक्षण गराउनु भएको थियो भने फडिन्द्र कार्कीले न्यायिक तथा अर्ध न्यायिक निकायमा पेश गरिने कानुनी लिखतका मस्यौदा, सर्कुलर(परिपत्र) र वाचनकलाको बारेमा प्रशिक्षण गराउनु भएको थियो ।
तेस्रो दिन
रामसिङ श्रीसले समसामयिक राजनीतिक विषयहरुमा प्रशिक्षण गराउनु भएको थियो भने दिनेश शर्माले ले जनयुद्ध (छापामार) युद्ध र जनविद्रोहको बारेमा प्रशिक्षण गराउनु भएको थियो ।
त्यसैगरि चिन्तामणि शर्माले माईन्यूट लेखन र प्रस्ताव लेखनको बारेमा प्रशिक्षण गराउनु भएको थियो भने प्रकाशले अर्थ, आर्थिक नियमावलीबो बारेमा प्रशिक्षण गराउनु भएको थियो भने हेमन्तप्रकश ओलीले लेनीनवादी संगठनात्मक सिद्धान्त र नेपाली कम्युनिष्ट आन्दोलनको ईतिहास र संगठनको बारेमा प्रशिक्षण गराउनु भएको थियो । केन्दीय सदस्य झनक श्रेष्ठले रिपाेर्टिङ र समाचार लेखनबारेमा प्रशिक्षण गराउनु भयाे ।
कार्यक्रमको अन्तमा सहभागी सबैले २० मिनेटसम्म तिन दिनसम्म सककेका कुराहरु समेटेर आआफ्नो प्रस्तुतिहरु दिनुभएको थियो ।
समापन कार्यक्रममा सहजकर्ताहरुलाई कदर पत्र र सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?