
काठमाडाैँ: देशमा क्रियाशील १४ दल तथा समुहको आयोजनामा इजरायलद्वारा प्यालेष्टाइनमाथि भइरहेको आक्रमणको विरोध गर्न २०८२ असार २७ गते विरोध प्रदर्शन गर्ने भएका छन् । १४ पार्टी तथा समुहहरुको २०८२ असार २४ गते बसेको बैठकले सो निर्णय गरेको हो । असाढ २७ गते दिनको २ बजे रत्नपार्कको शान्तिवाटिकामा भेला भएर जमल ,घण्टाघर ,बागबजार पुतलीसडक ,हुँदै प्रर्दशनी मार्गमा गएर विरोध सभा गरिने जाइएको छ । सो सभालाई १२ दल र दुइ अभियान समुहका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । सो कुरा बैठकमा सहभागी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्युरो सदस्य दिनेश शर्माले हाँकलाई बताएका हुन् ।
उक्त सभा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ,नेपाल कम्युनिष्ट पार्टी (ऋषिकट्टेल), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल , नेपाल कम्युनिष्ट पार्टी (मसाल) , नेपाल कम्युनिष्ट पार्टी (बहुमत) , नेपाल कम्युनिष्ट पार्टी (विप्लव), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ,नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) , राष्ट्रिय जनमोर्चा , जसपा नेपाल ,नेपाल समाजवादी पार्टी, समता समाजवादी पार्टी,राजनीतिक संवाद थालनी र देशभक्त समाजवादी स्कूल रहेका छन् ।
विरोध प्रदर्शनकालागि निम्न नाराहरु तय गरिएको छ । विश्व साम्राज्यवाद –मुर्दावाद ! साम्राज्यवादी युद्ध– बन्द गर ! ,प्यालेष्टाइन माथिको नरसंहार – मुर्दावाद !, इजरायली फासीवाद – मुर्दावाद ! ,इरानको सार्वभौमिकताको – रक्षा गर ! विश्व शान्ति – कायम गर !,प्यालेष्टाइनी सार्वभौमिकताको रक्षा गर ! राष्ट्रिय स्वाधिनताको रक्षा गरौं । संयुक्त राष्ट्रसंघको वडापत्र – पालना गर ! प्यालेष्टाइन माथिको आक्रमण – बन्द गर ! र असंलग्न परराष्ट्र नीति लागू गर !