क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ३ दिने कार्यलाशा सम्पन्न

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नम्बर ब्युराेकाे ३ दिने कार्यलाशा सम्पन्न भएको छ । ‘संसारका मजदुर तथा उत्पीडित जनता एक होऔँ, माक्र्सवाद–लेनिनवाद–माओवाद– जिन्दावाद !, नयाँ जनवाद–वैज्ञानिक समाजवाद — जिन्दावाद !’ भन्ने नारासहित कार्यशाला मिति २०८२ असार ६–८ गते कार्यक्रमको अध्यक्षता व्युरो सचिव प्रवाह, प्रमुख अतिथि स्थायी समिति सदस्य सुदर्शन, अतिथिहरु द्वय पोलिट व्युरो सदस्य प्रितम,सागर रहनु भएको थियो ।

कार्यक्रमको सञ्चालन प्रकाश र स्वागत मन्तव्य अपेक्षाले राख्नु भएको थियो । कार्यक्रममा अतिथिहरुले कार्यशालाको सफलताको शुभकामना दिनु भएको थियो । कार्यशालामा विभिन्न विषयमा महत्वपुर्ण प्रशिक्षण दिइएको थियो ।

जसमा १.सुदर्शन–जनवादी केन्द्रीयता, छापामार युद्ध र जनविद्रोहको अन्तरसम्बन्ध, पार्टी कार्यदिशा, नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास र लेनिनवादी संगठनात्मक सिद्धान्त ,२. प्रितम – वर्गीय अन्तरविरोध र वर्गसंर्घ, संगठन र संगठन परिचालन पद्धति, अध्ययन र लेखन, धर्म संस्कृति सांस्कृतिक रुपान्तरण र वर्तमान अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन,३. सागर–संगठनात्मक कामको महत्व, पार्टी र जनसंगठनको अन्तर सम्बन्ध ४.प्रवाह –संगठन र संगठनात्मक अनुशासन, अवसरवाद संम्बन्धी लेनिनवादी दृष्टिकोण ,५.प्रकाश–अर्थनीति र आर्थिक अनुशासन,६.दिपक–बैठकमा रिपोर्टिङ र प्रस्ताव प्रस्तुति,७.कगेन्द्र–माक्र्सवादी कला र साहित्य ,८.समिर–सरकारी कार्यालयकालागि घरायसी निवेदन लेखन,९.अपेक्षा–संस्कृति र सांस्कृतिक रुपान्तरण,१०.विवेक शर्मा – दैनिक लेखन तथा माइनट लेखन ,११. क. प्रज्वल –पत्रकारिता लेखन ,१२. बादल –माक्र्सवादी उत्पादन सम्बन्ध,१३.निरज –पार्टी र सेना,१४. सागर–आलोचना र आत्मालोचना ,१५. प्रभाकर – पार्टी र जनसम्बन्ध र १६. श्री कमल कटुवाल–न्यूरो साइन्स् जस्ता विषयहरुमा प्रशिक्षण दिइएको थियो ।]

कार्यशालाको समापन कार्यक्रमको अध्यक्षता व्युरो सचिव प्रवाह, प्रमुख अतिथि स्थायी समिति सदस्य सुदर्शन, द्वय पोलिट व्युरो सदस्य प्रितम,सागरले अनुभुतिसहितको मन्तव्य राख्नुभयो ।

कार्यक्रममा सुदर्शन, प्रितमले प्रशिक्षार्थीहरु प्रकाश, दिपक,कगेन्द्र, समिर, विवेक शर्मा, प्रज्वल, बादल,निरज, सागर, प्रभाकर र श्री कमल किरण कटुवाललाई सम्मान पत्र हस्ताणतरण गर्नुभयो ।

व्युरो इन्चार्ज सागर र व्युरो सचिव प्रवाहले प्रशिक्षकहरुलाई सम्मान पत्र हस्तान्त्रण गर्नु भयो । कार्यक्रमको सञ्चालन विवेक शर्मा, स्वागत मन्तव्य दिपकले गर्नुभयो । अन्तमा अध्यक्षबाट कार्यक्रमको समापन भएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?