साहित्य

यस कारण हाँस्दैनन् वैद्य !

यस कारण हाँस्दैनन् वैद्य !

लेखक : बलराम तिमल्सिना साहित्य : कविता फरक फरक मानिसहरूफरक फरक कारणले हाँस्ने गर्छन्जस्तो कि :कोसी नदी बेचिदाका बखत पनिबेस्सरी हाँसे एक थरी मानिसहरूतिनै मानिसहरूगण्डकी बेचिदाका बखत अझ जोड जोडले हाँसेएका थरी रातो टि-सर्ट लगाउने फ्याउराहरू पनि थपिएर महाकाली बेचेपछिदेशबासीको अमन चयन बिथोलेर हाँसे ।यसरी हाँस्नेहरू अझै हाँसिरहेकै छनतिनीहरू जति बेस्सरी हाँस्छन्देशवासीहरूका झन् रुने दिन आउछन्देशबासीहरू रोइरहेका बखतमोहन वैद्यहरू बिर्सेर पनि हाँस्दैन । देशका कल कार्खानाहरूकौडीको भाउमा बेचिएदेशभक्तहरू बेस्सरी रोएत्यो बखत पनि देशमा एक थरी हाँसि नै रहेतर मोहन वैद्यहरू हाँसेनन् । जनसमरकोरातो पन र तातो पनअर्को पटक बेचियोजनसत्ताहरू विपत्ता भएजनसेनाहरू हिनामिना भएत्यो विपत्ता र हिनामिनाको आगोले जलेरदेशको मजदूर बस्ती…
Read More
स्पाटार्कस ! तिमी यतिबेला हाँस्नु हुन्न

स्पाटार्कस ! तिमी यतिबेला हाँस्नु हुन्न

लेखक : जगदिश चन्द्र आबारा गुन्डालेस्पाटार्कसलाई धारे हात लगाएरलाञ्छित गर्दैमाअथवा इतिहासको सङ्गीन घडीमाखिसिट्युरी गरेररत्यात्मक आनन्द लिएरदाहिने र देब्रे दुवै सिङलेहानेर स्पाटार्कसलाईरगतपच्छे बनाएको ठानेका हौलास्पाटार्कस जिउँदो मानिस होबहुराष्ट्रिय कम्पनीकोदानापानी खाएरउग्राउने र बान्ता गर्नेविचारविहीन गधा त हुँदै होइन प्रुधों काउत्स्की बर्नस्टिनबाकुनिन मार्तोभ ख्रुस्चेभकाट्सकी मिलेंरा देङहरुकोवीर्याधानमा निर्मित विकसितकुनै बर्बर अजीवप्राणीको स्वरूपमा ढालिएकोकाम्य आराध्य पुरुष जस्तोपनि त होइन मेरो स्पाटार्कस मिथक फेन्टासीलाईआफ्नो आँखामा राखेरदुनियाँ र यसका बासिन्दालाईभ्रमको पोखरीमा डुबाउनेतिम्रा नायकभन्दामेरो स्पाटार्कस कति हो कति अग्लो बुर्जुवा ठर्राको मातमान पराक्रमी पाइला देखिन्छन त उत्सर्गका ध्वनि सुनिन्छकहिले कथितका पाउमाग्याालेनका ग्यालेन ओसारेरकहिले एनजीओ आइएनजिओकामानव तस्करीमा लागेरकमाउन कमायौ होलार मुस्करायौ होलापरन्तुस्पाटार्कस तिमी जस्तो छैन हुन्न पनि क्रान्ति र…
Read More
सम्झनामा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने (क.दीपेन्द्र)

सम्झनामा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने (क.दीपेन्द्र)

साहित्य : संस्मरण (सहिदगाथा) २००२ साल चैत १६ गते जन्मनुभएका क. दीपेन्द्र लमजुङ हुँदै चितवन, गीतानगर ३ पृथ्वीनगरमा बसाई सरी स्थायी बसोबासका रूपमा बस्दै आउनुभयो । शैक्षिक रूपमा एमएसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका क. दीपेन्द्र सानैदेखि भलाद्मी, तिक्ष्ण प्रकारको चेतना भएका कारण समाजमा भएका विकृति, विसङ्गति, असमानता, अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडन र विभेद जस्ता विषयहरूप्रति अत्यन्तै गहिरो अध्ययन अनुसन्धान गर्न पुग्नुभएको पाइन्छ । समाजमा देखिएका तमाम समस्याको वैज्ञानिक रूपमा समाधान के हुन सक्छ भनेर खोज गर्दै जाँदा विश्वका कतिपय देशहरूमा चल्दै गरेका वर्ग सङ्घर्ष स्थापित हुँदै गरेका सर्वहारा वर्गीय सत्ताले स्थापित गरेका मूल्य मान्यता र उत्पादन तथा वितरण प्रणाली…
Read More
धर्म, दर्शन र संस्कृति

धर्म, दर्शन र संस्कृति

१. वैचारिक अन्तर्विरोध र समाधानका उपायहरू समाजमा विद्यमान अन्तर्विरोधहरू विचारमा अभिव्यक्त हुने गर्छन् । हामीले प्राचीन नेपालदेखि केन्द्रीय सामन्ती राज्यसत्ताको स्थापना र विस्तारको प्रक्रियासम्म समाजमा विद्यमान अन्तर्विरोधहरूबारे जुन चर्चा ग¥यौँ, तिनको वैचारिक रूपमा के कस्तो अभिव्यक्ति रह्यो भन्नेबारे ध्यान दिन जरुरी छ । यो अवधिमा वैचारिक अन्तर्विरोधहरू मूलतः धार्मिक अन्तर्विरोधमा प्रकट भएका र तिनको समाधान पनि त्यसरी नै हुने गरेका पाइन्छन् । लिच्छविकालमा बौद्ध, वैष्णव, शैव, शाक्तजस्ता सम्प्रदायका साथै वेदान्त दर्शन पनि चर्चित रहेको पाइन्छ । यो वेला बुद्ध धर्मले महायानको रूप लिई अवतारवाद र मूर्ति पूजा अङ्गीकार ग¥यो र अन्तिम समयतिर यहाँ बज्रयान पनि प्रभावी देखिन थाल्यो । लिच्छविकालमा…
Read More
इच्छुक प्रतिष्ठानको अध्यक्षमा दुःखी र सदस्य सचिवमा मरहट्टा निर्वाचित

इच्छुक प्रतिष्ठानको अध्यक्षमा दुःखी र सदस्य सचिवमा मरहट्टा निर्वाचित

जय दाहाल/काठमाडौं : इच्छुक सांस्कृतिक प्रतिष्ठानको तेह्रौँ प्राज्ञसभा आज सम्पन्न भएको छ । प्रतिष्ठानको चन्द्रागिरि सभाकक्षमा आयोजित प्राज्ञसभाले कार्यसमितिका तर्फबाट सदस्यसचिव मोदनाथ मरहट्टाले प्रस्तुत गर्नुभएको वार्षिक कार्यक्रम, आ.व. २०८१-०८२का लागि अनुमानित बजेटलाई आवस्यक परिमार्जन सहित पारित गर्नुका साथै प्रतिष्ठनको गत आ.व.को वासलात सहितको लेखापरीक्षण प्रतिवेदन अनुमोदन गरेको थियो । उक्त प्राज्ञसभाले आगामी दुई वर्षीय कार्यकालका लागि नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको अध्यक्षमा प्रगतिवादी साहित्यकार हिरामणि दुःखी र सदस्यसचिवमा कवि तथा निबन्धकार मोदनाथ मरहट्टालाई निर्वाचित गरेको हो । कार्यसमितिका अन्य सदस्यहरूमा प्रा.डा. जगदीशचन्द्र भण्डारी, प्रा.डा. नन्दीश अधिकारी, मित्रलाल पंज्ञानी, गौरी देवकोटा, पञ्चकुमारी परियार, शीला योगी र अनिल…
Read More
पोखरामा असोज १६ गते रक्तिम र समानाको बिशेष प्रस्तुति हुने

पोखरामा असोज १६ गते रक्तिम र समानाको बिशेष प्रस्तुति हुने

पोखरा : लोकप्रिय जनगायक जीवन शर्माको विशेष प्रस्तुति सहित पोखरामा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । रक्तिम सांस्कृतिक अभियानले यही असोज १६ गते दिउँसो २ः०० बजेबाट पोखरा सभागृहमा विविध जनसाँस्कृतिक कार्यक्रम गर्न लागेको हो । सो कार्यक्रममा जनगायक शर्माका अलावा कलाकारहरु नारायण योगी, नारायण शर्मा, निलिमा पुन, दल बहादुर बिक, मान बहादुर भण्डारी, उदय रिजाल, डमर भण्डारी र भरत श्रेष्ठको प्रस्तुति रहने बताइएको छ । आयोजक रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिका अनुसार सो अवसरमा शरद लामिछाने, दिलमाया पुन, धन बहादुर थापा, काजी गाउँले, अनिस योञ्जन, शुशिला थापा, पम्फा बन्जाडे, ज्योति फौजा, प्रतिभा शर्मा, केशव राना, सुजन थापा, अनु शर्माको…
Read More
पोखरामा ‘रक्तिम विविध जनसांस्कृतिक कार्यक्रम’ हुने

पोखरामा ‘रक्तिम विविध जनसांस्कृतिक कार्यक्रम’ हुने

काठमाडौं : देशमा देखिएका बेथिती, विसंगति, भ्रष्टाचार, राष्ट्रघात र महङ्गीका विरुद्ध रक्तिम सांस्कृतिक अभियानले पोखरामा बृहत जनसांस्कृतिक कार्यक्रम गर्ने भएको छ । सांस्कृतिक सचेतना तथा जनजागरणका लागि रक्तिमले २०८१ असोज १६ गते सुन्दर नगरी पोखरामा अवस्थित पोखरा सभागृहमा सो कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा वरिष्ठ जनगायक जीवन शर्माको विशेष प्रस्तुति सहित रक्तिम परिवारको केन्द्रीय टोली र सामना परिवारका कलाकारहरुको विविध सांस्कृतिक प्रस्तुतिहरु रहने रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिले जनाएको छ । रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष नारायण शर्माले उक्त कार्यक्रमलाई सफल पार्न जनसङ्गितप्रेमी महानुभावहरुसँग अपिल गरेका छन् । अध्यक्ष शर्माको हस्ताक्षरमा २०८१ भदौ २८ गते जारी गरिएको उक्त अपिलमा भनिएको…
Read More
लेखक राजकुमार श्रेष्ठकाे राेयल चारघरे उपन्यास अब बजारमा

लेखक राजकुमार श्रेष्ठकाे राेयल चारघरे उपन्यास अब बजारमा

काठमाडाैँ : लेखक राजकुमार श्रेष्ठकाे 'राेयल चारघरे' उपन्यास अब अर्थात मंगलबारदेखि बजारमा आएकाे छ । महालक्ष्मी नगरपालिका ४ धनकुटामा जन्मनु भएका हाल चागुनारायण नगरपालिका १, भक्तपुरमा बस्दै आउनुभएका लेखक श्रेष्ठले यस युगकी क्रान्तिकारी नारी, माता चन्द्रमाया श्रेष्ठको चरणमा सप्रेम समर्पितमा उक्त उपन्यास जन बिहानी राष्ट्रिय मासिकले बजारमा ल्याएकाे छ । उक्त उपन्यासकाे सम्पादन डा. रामकृष्ण आचार्यले गर्नुभएकाे छ भने यस पुस्तककाे मुल्य ५०० रहेकाे छ । पुस्तककाे लागि काठमाडाैँ प्रगती पुस्तक सदन, पुतलीसडक चाेक, सम्पर्क ०१४२४०८१५, जागरण बुक हाउस, शंखरदेव क्यम्पस जानबाटाे बागबजार, देउती पुस्तक पसल, दैलेख ९८४८१४१७३०, जन बिहानी राष्ट्रिय मासिककाे कार्यालय पुपण्डाेल ललितपुर ९८४१५०१८०० मा उपलब्ध छ ।
Read More
महाशय

महाशय

लेखक : कृष्णभक्त महजर्जन महासय म भन्छु साझा दुश्मन उ भन्छ एकल दुश्मन तथ्यांक मिथ्याक प्रेममा समर्पण हुन्छ मायामा आकर्षण,बिकर्षण हुन्छ मन पर्नेमा लेनदेन हुन्छ ल महाशय औधी उदुमै खुसीमा धुसी परेपछि एकल दुश्मन होइन साझा दुश्मन हुन्छ महाशय नाउ छ राष्ट्रिय मुक्ति नया मुक्ति जनवादी मुक्ति एक समुहबाट अठार समूह बन्छ सिद्धान्त बिना व्यवहार अन्धो भयो व्यवहार बिना सिद्धान्त लङडो भयो महाशय भुरे टाकुरे होइन एकल दुश्मनबाट साझा दुश्मन बनाउ महाशय.....
Read More
देशको गीत गाउँछु माइती देशमा गएर

देशको गीत गाउँछु माइती देशमा गएर

लेखक : मनु विक फेरी आयो तीज पनि म चेलीलाई रुवाउनआका छैनन् माइती लिन दर खुवाउन ।साह्रै शून्य हुँदै गयो माइतीको आगनटोलाउँदै छन् रुख,पात साँझ ,बिहान ।चरी पनि विरहमा रुँदै बोल्छे डालीमायसपालीको तीजमा पनि जान पाईन म ।जान्छु भन्छु ,तीज आउँदा ,माइतीलाई सम्झेरदिन त्यसै बिताउँदै छु आँसु पुछेर ।आउँ चेली माइत भनी बोलाउँछे चरीलेविरहको गीत गाउँछे मिठो बोलीले ।पङ्ख खोली उड्ने चरी डाली समाइ रुँदैछझरी, बतास, असिनाको चोट खाँदैछ ।साह्रै निष्ठुर ,चोटहरु वषौंदेखि सहेकोमुटुभित्र पीडा लुकाई बाँची रहेको ।चोटले विदेश पुगेका छन् माइतीमा दाजुभाईएक्लै आँगन हेर्नुपर्छ बुढीआमालाई ।घर शून्य ,गाउँ शून्य भयो माइती देशमादिदीबहिनी ,दाजुभाई पुगे परदेशमा ।रित्तो गाउँमा हुन्न…
Read More