सिम्रुतु, रुकुम : इच्छुक सांस्कृतिक प्रतिष्ठानकाे मुख्य आयाेजना तथा त्रिवेणी प्रज्ञा प्रतिष्ठानकाे सह आयाेजनामा चैत २१ गते सिम्रुतुमा साहित्यिक गाेष्ठी सम्पन्न भएको छ ।गाेष्ठीमा स्थानीय तथा केन्द्रीय स्तरका १४ बढी कविहरुले कविता वाचन गरेका थिए । कविताले वर्तमान देशकाे अवस्थाका बारेमा भाव व्यक्त गरेका थिए ।कविता वाचन गर्नेहरूमा ईश्वरीप्रसाद गैरे, धनेश्वर पाेखरेल, कुबेर ओली, गाेपाल ओली, कुबेर मल्ल, कृपाराम ओली, छविलाल, नन्दीश अधिकारी, दिलिप देवकाेटा, ओमबहादुर खत्री, वालाराम मल्ल, देवा शर्मा, किस्मत विक लगायत थिए ।कविता वाचन पछि साहित्य लेखन, प्रगतिवादी साहित्य र साैन्दर्य चिन्तन सम्बन्धमा विषयवस्तु प्रस्तुत गरिएको थियो ।यसरी साहित्य विमर्शका विषयमा तीनजना वक्ताहरुले धारणा व्यक्त गर्नुभएको थियो…
– रामबहादुर बुढा यस काव्यको सुरुवात मजदुरी गर्न भारतको दिल्ली पुगेका एक जना “म” पात्रले लेखेको चिठीको व्यहोराबाट सुरु हुन्छ । “म” पात्रले आफ्ना बाबालाई चिठी लेख्दै नेपाली पहाडी समाजमा दलित भएकै कारण भोग्नु परेको छुवाछूत र विभेद स्मरण गरेका छन् । काव्यमा “म” पात्रले साहुको फाँटमा जोत्न जाँदा अर्नि (नास्ता) खाने बेला “छोइएला पर बस्” भनेको, गाउँले होटेलमा चिया खाँदा अलग्गै पर बसी चिया खाएर गिलास माझ्नु परेको, एकपटक विष्टले तातो चिया टाउकोमा खनाएर अन्याय गरेको तर त्यति अन्याय हुँदा पनि न्याय नपाएको घटना उल्लेख छ । न्याय नपाएपछि “म” पात्रले मनको दुःख यसरी कहन्छन्– कराएँ रुएँ माग्नलाई न्याय…
लेखक : कृष्णभक्त महजर्जन सौन्दर्य शास्त्र भनेको साहित्यको जीवन हो । जीवन या कुनै विषयवस्तुको समय सन्दर्भ अनुसार हेरेर सुनेर, खाएर र बुझेर रुप र सारको ज्ञान प्राप्त गरी रुची अनुसार कुनै न कुनै लेख, कविता, गीत, निवन्ध र नाटक मार्फत अभिव्यक्त गर्ने या राम्रो तुल्याउने तत्वको प्रयोग गरी भाव,गुण र विद्रोहता झल्काउनेलाई सौन्दर्य शास्त्र भनिन्छ । सौन्दर्यपारख जति सरल छ त्यति नै जटिल पनि छ । कुनै कुनै जीवनमा वस्तुको रुप राम्रो हुन सक्छ र सार नराम्रो हुन सक्छ , सार राम्रो हुन सक्छ, रुप नराम्रो हुन सक्छ । अवस्था अनुसार फरक फरक हुन सक्छ । त्यसैले सौन्दर्य शास्त्रमा…
कविता लेखक : कमला नेपाली धेरै भयोमौन बस्दैसहँदैआफैँलाई दोष दिँदैतिमीले सिधै ‘सानो जात’ भनेनौव्यवहारले हजारपटक भन्यौ । मेरो थर सुनेपछितिम्रो अनुहार फेरिएकोकुरुप दृश्यमेरा नयनमासुरक्षित छन् । हात मिलायौतर मन मिलाएनौसमानताको नारा लगायौतर भान्सामामेरो लागि अलग्गैथाली र लोहटा राख्यौकिन ?मेरो रगत फरक छ ?या, मेरो आमाको कोखअपवित्र थियो ?जवाफ देऊ महासय । म थाकिसकेँतिम्रो देखावटी सभ्यताबाटबाहिर ‘बराबरी’ चिच्याउने,भित्रै भित्रमान्छेलाई टुक्र्याउने ।आज म चिच्याउँदै भन्छुम सानो होइनसानो त तिम्रो सोच होमेरो मौनता कमजोरी थिएनधैर्य थियोतर अबमेरो धैर्य आगो बनेको छयाद राखजब दबाइएका आवाजहरूआक्रोशमा बदलिन्छन्त्यो दिनतिम्रो सिंहासनसहित सोच ढल्नेछमान्छेभन्दा ठूलोकुनै जात हुने छैन ।
लेखक : मोदनाथ मरहट्टा निबन्धमानव समाजको सभ्यताको इतिहास हेर्दा ढोकाको भूमिका अत्यन्त महत्वपूर्ण देखिन्छ । प्राचिन युग अर्थात् गृहस्थाश्रमको सुरुआतमा घर वा आवासको प्रचलन चलेदेखि ढोकाको अवधारणा आएको हुनुपर्छ । घर विद्यालय जस्ता भौतिक संरचनामा प्रवेशका लागि ढोका राखिन्छ । समाजमा रहने मानिसको जीवनमा ढोका (द्वार) को एकदमै महत्व छ । ढोका केवल प्रवेश र निर्गमनको माध्यम मात्र होइन, सभ्यता, संस्कार र सुरक्षाको प्रतीक पनि हो । साधारण अर्थमा ढोका भन्ने बित्तिकै काठ, फलाम वा धातुबाट निर्मित हुन्छ । घरमा ढोका हुँदैन भने मानिस लगायत सरसामान र धन सम्पत्ति असुरक्षित हुन्छन् । तर, सबै ढोकाहरू समान उद्देश्यका लागि बनाइएका भने…
चितवन : अखिल नेपाल जनसाँस्कृतिक महासंघ , जिल्ला समिति चितवनको आयोजनामा सम्पन्न साँस्कृतिक प्रतिरोध दिवश सम्पन्न गरिएको छ । उक्त कार्यक्रमको अध्यक्षता रविकिरण निर्जीवले गर्नु भएको थियो । विरेन्द्र बहुमुखी क्याम्पसमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालकापोलिटव्यूरो सदस्य तथा ११ नं. ब्युराे इञ्चार्ज अटल र अतिथि क्रान्तिकारी महिला संगठन नेपालका संयोजक अम्बिका मुडभरी हुनुहुन्थ्यो । मन्तव्य अटलले राख्नुु भएको थियो,अनुभुति फणिन्द्र आचार्य अनलर अम्बिका मुडभरीले राख्नुभएको थियो । कविता वाचन इश्वरी ओझा, प्रकाश बाबू खनाल ,अशोक शर्मा , बाबुराम पाण्डे, हरिकृष्ण खनाल , रविकिरण निर्जीव , नारायण शर्मा बिपिनले गर्नु भएको थियो ।
कविता लेखक : जगदिश चन्द्र पुरानै खोरमाकेही थरीफोहर सफा गर्नेनिहुँ बनाएर पसेबिस्तारै बिस्तारैकिन भन्नुएकदमै होसहबासमैआफ्नोे जाति लुकाएरहोइनविलुप्त भएरआत्मसमर्पण गरेरछालासाला च्यातेरवर्नस्टिन रङ्गको बनेकेही नयाँअर्काथरीका देखिएएल्गोरिदमबाट निर्मितविविध रङ्गीमन मस्तिष्क वाक्उतैबाट आयातीतखोर उहीनवउदारवादी पुँजीवादीसंसदीय दुर्गन्धी साधन र साध्यदुबै एउटैसुँगुर र खोर