सौन्दर्यमा शास्त्रमा कला, सस्कृती र सस्कार

सौन्दर्य शास्त्र भनेको साहित्यको जीवन हो । जीवन या कुनै विषयवस्तुको समय सन्दर्भ अनुसार हेरेर सुनेर, खाएर र बुझेर रुप र सारको ज्ञान प्राप्त गरी रुची अनुसार कुनै न कुनै लेख, कविता, गीत, निवन्ध र नाटक मार्फत अभिव्यक्त गर्ने या राम्रो तुल्याउने तत्वको प्रयोग गरी भाव,गुण र विद्रोहता झल्काउनेलाई सौन्दर्य शास्त्र भनिन्छ । सौन्दर्यपारख जति सरल छ त्यति नै जटिल पनि छ । कुनै कुनै जीवनमा वस्तुको रुप राम्रो हुन सक्छ र सार नराम्रो हुन सक्छ , सार राम्रो हुन सक्छ, रुप नराम्रो हुन सक्छ । अवस्था अनुसार फरक फरक हुन सक्छ । त्यसैले सौन्दर्य शास्त्रमा या चिन्तनमा साहित्यिक कलाको बढी प्रयोग हुन्छन् । कला प्रयोग गर्न जान्यो भने साहित्य सुन्दर बन्छ । कला प्रयोग गर्न जानेन भने साहित्य असुन्दर हुन्छ । कला भनेको जगतमा भएको सबै चीजको उत्पत्ति गर्ने सिर्जना हो । या कुनै चीजलाई फूलबुट्टा भरी श्रृजना गर्ने हो । कलालाई प्रयोग गर्दा रचनामा प्रयोग गर्दा समाजलाई सोच्न बाध्य पारोस र मनलाई विचार गर्न जागृत गरोस र व्यक्तिको उथल पुथल आवस यस्ता कलाले सौन्दर्य शास्त्रको साहित्यमा इतिहास बनाउँछ । संस्कृति भनेको मान्छे,प्रकृतिको उत्पादन हो । तिनीहरु उत्पादन गर्ने साहित्यहरु संस्कृति हो । कविता होस् या कथा होस् निवन्ध होस या गीत होस् उपन्यास होस कला प्रयोग गरि या फूलबुट्टा भरी श्रृजना गर्ने नै संस्कृति हुन्छ ।संस्कार भनेको कला र संस्कृति व्यवहारमा सिकाउने,पु¥याउने खुवाउने र बुझाउनेलाई संस्कार भनिन्छ । संस्कार कस्तो सिकाउने बिग्रेको सिकाउने कि सप्रेको सिकाउने तथा क्रान्तिकारी प्रदान गराउने या प्रतिक्रियावादी प्रदान गराउने भन्ने कुरा रचनाकारको हातको सृजनामा भर पर्छ । सौन्दर्यको अनुभूति कला,संस्कृति र संस्कारको मान्यताबाट हुन्छ । सौन्दर्य शास्त्रमा साहित्य र कलाको आपसी परस्पर दुई विरोधी तत्वहरु हो । यी जीवनबोधी पनि हुन्छ र जीवन विरोधी पनि हुन्छ । साहित्य जबरजस्त इश्वरीय देन बुझाउने कोशिश गरी यथास्थिति वा पुरातनवादीबाट आएको देखिन्छ ।

यो साढे २ हजार वर्ष पहिले दास – मालिकमा भएको देखिन्छ । कलाको उत्पत्ति चालिस हजार वर्ष पहिले उत्तरावर्ती युगमा भएको पाइन्छ र संस्कृति र संस्कार इसाको सातौं दशक विज्ञान संगै पितृसत्तात्मक रहँकै बेला भएको देखिन्छ । मान्छे प्रकृतिको उत्पादन हो । मान्छेमा श्रृजना गर्ने साहित्यहरु संस्कृति हो । कला संस्कार र संस्कृतिको विस्तारित र व्यवहारिक पक्ष हो । मानव समाज वर्ग विहीन ,शोषण विहीन थियो । असुर नारीहरु–(आदिवासी ) को संगतले जाति नश्ल नष्ट भएको देखिन्छ । त्यसै शिलशिलाबाट नै संस्कृति कला र संस्कारको चिन्ता १८औं शताब्दीबाट भएको देखिन्छ । मानव कल्पनाशील प्राणी हो । सामाजिक प्रणालीमा विश्लेषणको,सामाजिक शारीरिक र मानसिक प्रक्रियाबाट प्राप्त सौन्दर्य संगतिको उच्चतम अभिव्यक्त गर्दछ ।आज सभ्य भएको भोलि असभ्य हुन सक्छ । या असभ्यताको प्रतिक बन्न सक्छ । समाज समय परिवर्तन सँगै सबैको परिवर्तन हुन्छ ।साहित्यिक जीवनमा वैज्ञानिकहरुले जवाफ दिन नसक्दा अलौकिक कला,संस्कृति र संस्कारको जन्म भएको भनिन्छ । जस्तै जाति भेद , रंगभेद , तिलक प्रथा , कुमारी प्रथामा बल प्रयोगको विकल्प छैन । तर नरवलि प्रथा, दास प्रथा ,सति प्रथामा बल प्रयोग भएको पाइन्छ । साहित्यिक जीवन समान छैन । कोही छायावादीहरु कोही स्वच्छन्दवादी छन् । साहित्यिक श्रृजना भनेको सामाजिक चेतना हो । शिरदेखि पाउसम्म काव्यलाई लेख्यमा कलापक्ष र विचार पक्ष समेटेर लेखिन्छ । लेख्दाखेरी मूलभाषामा शब्द अभाव भएमा नजिकको भाषाबाट पैंचो लिन सकिन्छ । सिर्जनाहरु वर्ग समाज व्यवस्था अनुरुप हुन्छ । राजनीति धर्म कानुन, दर्शन, अर्थशास्त्र ,उत्पादन प्रतिविम्वको रुप र सारलाई आधारमा प्रभावले लेखे पनि साहित्यको स्वायत्त सत्ता हुँदैन । इतिहासमा सामाजिक र भाषिक इतिहासहरु र महान सिद्धान्तको सृजना समयको उपज हुन्छ । त्यसले आफ्नो युगलाई व्यक्त गर्दछ । जनपक्षीय परिवर्तन विना साँस्कृतिक रुपमा परिवर्तन हुन सक्दैन । साँस्कृतिक रुपमा रुपाण्तरण हुनु भनेको रुढीवादी चिन्तन छोड्नु हो । साहित्यमा वैज्ञानिक कारणको खोजी गरी समाधान गर्नु नै प्रगतिशील साहित्य भनिन्छ । प्रगतिशील साहित्य कलाको दार्शनिक आधार नै माक्र्सवाद हो । माक्र्सवादी परिभाषा अनुसार विचारधारात्मक शैलीका रचनाहरु रचनाकारको गहना हुन्छ । गहना पनि कस्तो गहनामा ढाल्ने पुँजीवादमा ढाल्ने कि समाजवादमा ढाल्ने कि क्रान्तिकारीमा ढाल्ने कि प्रतिक्रान्तिकारीमा ढाल्ने भन्ने कुरा सृजनाकारमा भर पर्छ । त्यसैले रचनामा चिन्तनहरु फरक फरक भएका हुन् ।

१) परम्परावादी २) पुँजीवादी ३ ) समाजवादी ४ ) पुँजीवादी मानवतावाद ५)समाजवादी मानवतावाद यस्ता चिन्तनहरु अन्तर्राष्ट्रिय रुप देखिन्छ । राष्ट्रिय सम्म पनि देखा परेका छन् । यसको विभिन्न प्रवृतिहरु पनि देखा परेका छन् । जस्तै:- १) उत्तर आधुनिकतावाद २) नग्नवाद पनि देखा परेका छन् । ३) हास्य व्यङ्गवाद ४ ) शुन्यवाद ५) क्रान्तिकारीतावाद क्रान्तिकारी धारहरुको साहित्य क्षेत्रमा प्रगतिशील र प्रगतिवादी सिर्जनाहरु धेरै छन् ।प्रगतिशील र प्रगतिवाद शब्द अंग्रेजीबाट रुपान्तरण भएको हो । यी दुइ मध्ये प्रगतिशीलले आंशिक रुपमा क्रान्तिकारी धारलाई प्रतिनिधित्व गर्दछ र प्रगतिवादले क्रान्तिकारी धारलाई नै प्रतिनिधित्व गर्दछ । यस्ता प्रतिनिधित्वहरुले वर्ग संघर्ष र मालेमावादी साहित्यलाई प्राथमिकता दिन्छ । क्रान्ति र मुक्ति प्रति प्रतिबद्धता र इमान्दारितापूर्वक माक्र्सवादी साहित्यको कविता, गीत,कथा,निवन्ध,लेख, नाटक,गीति नाटकमार्फत तहल्का मच्चाएको छ । यी मार्फत तहल्का मच्चाएको नेपालमा ८० वर्ष पछि झिल्का,मिल्का समकालीन रुपमा विकास भएको पाइन्छ ।

नेपालमा २००९ सालदेखि प्रगतिशील लेखक संघको स्थापना संगै व्यवहारमा आएको देखिन्छ । नेपाल प्रगतिशील र प्रगतिवादी लेख्नेहरु मध्ये निरंकुशतावादीप्रति असन्तुष्टि जनाइ पहिलो चरणबद्ध रुपमा लक्ष्मी प्रसाद देवकोटाले स्वच्छन्दतावादी साहित्यको रचनाहरु वि.सं १९६६देखि २०१६ सम्म लेखी प्रचार गरेका थिए । प्रगतिवादी तथा क्रान्तिकारी धारमा धेरै रचनाकारहरु त जन्मे मुख्य गरी मोहन वैद्य किरण उपनाम चैतन्यको नाम मुख्य रुपमा आउँछ । वहाँ माक्र्सवादी दिगदर्शनका रुपमा साहित्यिक रचनाहरु गरेका छन् । माओवादी आन्दोलनमा प्रगतिवादी तथा क्रान्तिकारी आन्दोलनमा धेरै साहित्यकारहरु जन्मे । त्यस मध्ये पनि शहिद कृष्णसेन इच्छुक, जनगणतन्त्रवादी तीव्र चेतना साहित्यिक रचनाकार हुन् ।

१) मर्क्सवादी कला :- सौन्दर्यशास्त्रमा कला भनेको जगतमा भएको सबै चिजको उत्पती गर्ने सृजना हो ! या कुनै चिज तथा हामी जे देख्छौ , जे हेर्छौ र जे गर्छौ त्यसलाइ फुल बुट्टा भरी सृजना गर्ने हो ! कलालाइ प्रयोग गर्दा वा रचनामा कला प्रयोग गर्दा समाजलाइ सोच्न वाध्य पारोस र मनलाइ विचार गर्न जागृत गरोस या व्यक्तिमा उथल पुथल आवोस ! यद्ता कलाले सौन्दर्य शास्त्रको साहित्यमा इतिहास बनाउछ ! कलाको ईतिहास खोज्दा कलाको उत्पति चालीस हजार वर्ष पहिले उत्तरावर्ती युगमा भएको पाइन्छ ! भौतिक जीवन मान्छेको चेतनाले निर्धारण गर्छ या अस्तित्वले निर्धारण गर्छ ! समाज विकास सगसगै उत्पादन र उत्पादन शक्तिको आवश्यक परेपछि आगोको कसरी निकस्ल्न सकिन्छ , हतियार कसरी बनाउने र प्रयोग कसरी गर्ने भन्ने कुरामा ढुङा ढुङा बजाइ आगो निकाल्ने, ढुङा हतियार बनाइ प्रयोग गरेको इतिहास पढेका छौ ! मान्छे प्रकृतिको उत्पादन हो ! मान्छेले उत्पादन गर्ने या सृजना गर्नेया कलाको प्रयोग गर्ने चाहिँ व्यवहारिक पछ्य हो ! सामाजिक अस्तित्व रुपि उत्पादन सम्बन्ध र कला रुपी चेतनाले निर्माण गर्दछ ! त्यसैले कला रुपि पनि विचारधारा कै एउटा रुप हो ! तै पनि कलाको आफ्नै स्वायत सत्ता हुदैन तर पनि ईतिहास बनाउन, ईतिहास बनाउछौ भने त्यसको लागि कलाले निर्णायक रुपमा नभए पनि केही हद सम्म भुमिका निर्वाह गर्दछ ! समाज बर्गिय छ र समाजमा कला साहित्य पनि पनि बर्गिय हुन्छ ! त्यसैले मार्क्स र एगेल्सले भनेका छन! ससार बदल्न आवश्यक वोधसगै कृयाशिल रहफा कला साहित्री वर्ग वोध र वर्ग चरित्रबाट अछुत हुन सकिँदैन ! विचारधारामा कला एउटा महत्वपुर्ण तत्व हो र महत्वपुर्ण भुमिका पनि हुन्छ ! दर्शन र राजनिती झै कला विशुद्ध विचारधारा त होइन र यसले इन्द्रिय वोध्भबहरुले विचारको उपस्थिती जनाउन सक्छ ! कलालाइ पनि तीन भुमिकाबाट हेर्ने गरिन्छ ती हुन सज्ञानात्मक-भनाले यथार्थ वोध गराउने कलाहो ! विचार्धारात्म्क – भनाले दर्शनको वोध गराउन्र र सौन्दर्यात्मक- भनाले सुरुप दिलाउने कुराप्रती मार्क्सवादी कला चिन्तनमा स्पष्ट छ ! माओको भनाइमा नया रुढिगत शैली र मतवाद सजिव र तिव्र छैन,प्रगतिशिल छैन , परन्तु प्रतिगामी छन ,क्रान्तिकारी छैन , क्रान्तिको मार्गमा वाधक छ ! भनाइको मतलब रुढिगत कलाको चार मइ आन्दोलनको स्वरुपको एक प्रतिक्रिया हो भनेका छन ! चार मइको आन्दोलन पनि आफैमा केही केही कमजोरीहरु पनि छन ! तर यो सघर्ष पनि एक महान उपलब्धि कलामा भएको हो ! वास्तवमा क्रान्ती गर्ने भनेको आम जनताको आवश्यकता हो ! जनतालाइ क्रान्तिकारी काममा अघि नढाइकन क्रान्ती सफल हुन सक्दैन ! त्यसैले जनतालाइ बुझाउन,सिकाउन जनताको भाषामा,गाउको भाषामा बोल्ने लेख्ने ,छोटो मीठो हुनुपर्छ ! लामा लामा भाषण्र लामो लामो लेख्ने बन्द गर्नु पर्छ ! भन्ने भनाइ माओको छ ! सबै ज्ञान जनताबाटै सिक्न सकिन्छ् , त्यसै बाट सबै कला पनि सिक्न सकिन्छ ! जनता माझ जानू भनेको घुमन्ते क्रान्तिकारी भै डुल्नु होओइन ! क्रान्तिको तयारीको लागि जाने हो या कलाको प्रयोग गरि मार्क्सवादी कला हरु सिक्न सकिन्छ ! नेपाली कलाको ईतिहास नेपाली सस्कृती जतिकै पुरानो छ ! लिच्छविकाललाइ कलाको स्वर्णिम कलाको रुपले लिने गरिन्छ ! त्यस कालका अद्दितिय कलाकृतिको उत्कष्टाको आधारले नेपाली कलाकृतिहरु अझै पुराना छन भन्ने कुरा अनुमान गर्न सकिन्छ ! नेपाली सस्कृती,नेपाली सभ्यता जति पुरानो छ त्यति नै कला पुरानो पनि छ ! कला,कलाको लागि मात्र नभएर मानव जिबनको लागि समेत अपरिहाॠ तत्व हो ,कला अध्यात्मक मात्र होइन व्यवहारका महत्वपुर्ण पछ्य पनि हो ! नेपाली कलाको विकास क्रममा विभिन्न चरण पार गरि आएको छ ! जस्तै बुट्टा कुडने,रगरोगन गर्ने,पाण्डुलिपीमा चित्र कोर्ने,पौभा चित्रदेखी छाया चित्र बनाउने सम्मको कलाले उत्कर्षमा पुगेको देखिन्छ ! यसरी विकासको क्रम हुँदै जादा बिस्तारै बिस्तारै कला छ्येत्रमा पश्चिमेली कला जस्तै प्रभाववाद,अभिव्यक्तिवाद,अमुर्तवाद तथा अति यथार्थवाद शैलिहरुको प्रवृति देखा पर्न थाल्यो ! यी प्रवृतिहरुको विरोधमा नेपाली कलामा वाहय वस्तु तथ्ह घटनाक्रमहरिलाइ भन्दा आफू भित्रको भाव प्रकट गर्नेतिर अभ्यष्ट हुन थालेको छ ! कलाको विकासमा सिन्धुघाती सभ्यतामा विकास भएको विविध आयमको अहिलेसम्म लिखित दस्तावेज पाइएको छैन ! नेपालम कलाकै सन्दर्भमा रहि २००८-०९ सालमा सत्री मोहन जोशीले कलाकार त्रैमासिक पत्रीका नेवारीमा र नेपालीमा प्रकासितले चित्रकला , मुर्तिकला,वस्तुकला,सगित तथा साहित्यक महत्व दिएका थिए ! त्यसैले नेपाली कला आफ्नो परम्परा साथसाथै विश्वमा जन्मेका कला नविनतम प्रचलनमा छन र विगतबाट सिकि,वर्तमानलाइ आत्मासाथ गरि आफनै मौलिकताको आवाजलाइ सुनी आफनो दृष्टिपरक भाष्यमा आफुलाइ अभिव्यक्ति गर्ने मार्क्सवादी कलाकोअपनाउदै आएको छ ! २००७ ,२०२८,०४६-४७ र ०५२ सालका आन्दोलनका कलाहरुमा धेरै मार्कवादी साहित्याका कलाहरु जन्म भए ! ती कलाका प्रख्यात व्यक्तित्वहरु कोहि प्रतिक्रियावादीतिर ढल्के,कोहि अवसरवादीतिर ढल्के,कोहि सशोधनवादितिर ढल्के तर यी व्यक्तिका आलेख चाहिँ क्रान्तिका लागि क्रान्तिकारी चाहिँ बनेका छन ! ती आन्दोलन्बाट कलामा जन्मेका क्रान्तिकारी धारमा उभिएका क्रान्तिकारी र तिनका आलेखहर अहिले सम्म क्रन्तिकारी धारबाट बिचलित नभै क्रान्तिकारी तिर नै अभिएका क्रान्तिकारिहरुलाइ लाल सलाम तक्रयाइ रेहेका छ्न !

२) मार्क्सवादी सस्कृति :- सस्कृती भनेको मान्छे प्रकृति उत्पासन हो ! तिनिहरुले उत्पादन गर्ने साहित्यिखरु सस्कृती हो ! कबिता,कथा,निबन्ध,गित र उपन्यास होस ती चिजमा कला प्रयु गरि या फुलबुट्टा भरी सिर्जना गर्ने नै सस्कृति हो ! सस्कृती इसा सातौ दशक बिज्ञान सग सगै पितृसत्तात्मक रहेको वेलामा देखिन्छ ! साहित्यिक सस्कृतिमा बैज्ञानिकहरुले जवाफ दिन नसक्दा औलोकिक सस्कृतिको जन्म भएको मानिन्छ ! सस्कृती शब्द ल्याटिन भाषाबाट आएको हो ! मानव समाजमा श्रम श्रमका औजार र उत्पादन मुलक र जीवन जिउने क्रममा अवलम्बन गरेका चालचलन, रहन सहन र रितिरिवाज स्थापित हुँदै जादा कालन्तरमा सस्कृति बनेको छ ! यो सस्कृति कृषि युग देखि नै प्रचलनमा आएको हो !जब कृषिबाट अर्थ आर्जन भयो त्यसको साथसाथै वर्गको पनि जन्म भयो ! वर्ग र अर्थको प्रभावले धर्मको जन्म भयो ! धर्मको माध्यमबाट सस्कृतिमा विकृति ल्याउन थाल्यो ! समाजमा विकृतिको विरोध हुँदै नया नया चेतनाको सस्कृतिको उदय भएको आर्थिक, वैचारिक,भैगोलिक आधारमा विकास भएको छ ! मानव समाजको गतिविधिहरु नै सस्कृति भएकोले हिलोमा फुल रोप्ने कि मलिलोमा रोप्ने हो भनाइको अर्थ बैज्ञानिक सस्कृति सिकाउने कि अबैज्ञानिक सस्कृति सिकाउने भन्ने कुरा हो ! सस्कृति रुपान्तरणको लागि एकलै दुकलैले सम्भाबना कमै हुन्छ ! सामुहिकताको रुपमा गरे सफल भैन्छ ! सयौ वर्ष देखि परम्परागत रुपमा प्रचलनमा आएको सस्कृतिलाइ रुपान्तरण गर्न सजिलो छैन,जतिल छ तर राजनैतिक रुपले उथल पुथल गरि सास्कृतिक रुपलाइ जोडि गरेको खण्डमा सम्भव छ ! मानव समाज सधै गतिशिल प्राणी हो ! मानव समाजले मनाउदै आएको रितिरिवाज, चाड पर्व रहन सहन प्रगतिशिल बनाउने सस्कृति नै कुनै समाजमा गहिराइ व्यप्त गुणहरुको समग्रह र्पको नामले चिनाएको छ त्यसैले त्यहि सस्कृतिको अर्थ उत्तम या सुध्रेको स्थिती भने हो ! सस्कृति सामाजिक चेतनाको प्रतिविम्व हो ! जीवन बाच्न बचाउन आफनै खुट्टा उभिन सक्ने र गौरबकासाथ बाच्न सक्ने सक्ने श्रम सस्कृतिको गराउन जरुरी देखिन्छ ! अनि मात्र मनुष्यका भौतिक छ्येत्राको प्रगतिले सभ्र सस्कृतिको अग बन्छ ! यो बन्न प्रधान रुपबाट धर्म, दर्शन सबै ज्ञान-बिज्ञानहरु र कलाहरु सामाजिक तथा राजनैतिक सस्थाहरु र प्रथाहरुको समावेशमा हल हुन्छ ! सस्कृती सामाजिकरणको प्रतिया द्दारा सिर्जित हुन्छ ! सामाजिक विकासहरुका प्रक्रिया मा सास्कृतिक प्रतिमनहरु परिवर्तनको प्रकृया हुन्छ ! त्यसैले सस्कृति साध्य हुन्छ , सभ्यता साधन हुन्छ !सामान्री अर्थमा अभौतिक सस्कृतिलाइ अस्भ्यताको सस्कृती र भौतिक सस्कृतिलाइ सभ्यताको सस्कृतिको नामबाट पहिचान गर्दछ ! विद्वानहरुले ससकृतिलाइ विभिन्न कोणबाट परिभाषित गरेका छन ! सौन्दरु चिन्तक गोर्किको भनाइ अनुसार मानव द्वारा निर्मित दोश्रो प्रकृति नै सस्कृति हो ! एगेल्सको भनाइ अनुसार इतिहासको भौतिक्वादी धारणा अनुसार वास्तविक जिबनको उत्पादन र पुनउत्पादन अन्त्तत्गत्व ईतिहास प्रकृयाको नर्णायक तत्व मानिन्छ चैतन्य भन्नू हुन्छ नया जनवादी सस्कृतिको पछ्यमा आवाज उठाउनु नै सौन्दर्य्शास्त्रमा मार्क्सवादी सस्कृतिको उदय हो !

३) मार्क्सवादी सस्कार :- सस्कार भनेको कला सस्कृतिलाइ व्यवहारमा सिकाउने, सुनाउने,खुवाउने र बुझाउनेलाइ सस्कार भनिन्छ ! सस्कार हरेको सभ्य व्यक्तिको परिचय हो र मानविय स्वरुप पनि हो ! दार्शनिक रुपले भन्ने हो भने भौतिकवादी सस्कार सिकाउने हो या आध्यात्यामिक्वादी सस्कार सिकाउने हो ! त्यो त व्यक्ति,समाज र प्रकृतिमा पर्छ या रचनाकारको सृजना गर्ने को भर पर्छ ! मानव जाती प्रकृतिको उत्पादन हो ! मानवद्वारा सृजित सस्कार दोश्रो प्रकृति नै हो ! सस्कार सधै समान हुनु पर्छ त्यसैले सस्कार पनि वर्गिय रुपले ग्रहन गर्दछ ! सस्कार इसा सातौ दशक बिज्ञानसगसगै पृतृसत्तात्मक रहेकै वेलादेखी उदय भएको देखिन्छ ! सर्व प्रथम वाखो फोनोको को भनाइ अनुसार १८६१ मा परिवारको इतिहासमा मातृसत्तात्मक अधिकार शुरु भएको भनाइ छ ! परिवारको विकास सगसगै सस्कारको पनि विकासमा परिवर्तन भएको छ ! साहित्यिक सस्कारमा बैज्ञानिकहरुले जवाफ दिन नसक्दा औलोकिक सद्कारको जन्म भएको हो ! भौतिक चिन्तनले भौतिकवादी सस्कार मान्छन , भने अध्यात्मिक्वादी चिन्तनले अध्यात्मिकसस्कार मान्छन,बौद्धिक धर्मले कर्मकाण्डिय सस्कार मान्छन र हिन्दु धर्मावालिहरु हिन्दु धर्म अनुसार सोर्ह वटा सस्कार मान्छ्न त्यस मध्यबाट छ वटा सस्कार छोडी सक्यो ,पाच वटा सस्कार लोप भै सकेको छ र पाछ वटा सस्कारले मात्र थामी रहेका छ्न ! जातिय जातिय अनुसार पनि अनेक सस्कारहरु छन जस्तै नेवारहरुको चौध वटा सस्कार छन ! एउटै जाती,धर्म,छ्येत्रहरुमा फरक फरक सस्कार्छन र आवश्यक,अनावश्यक बैज्ञानिक ,अबैज्ञानिक कारणहरुबाट सस्कार बन्दै चलन चल्तिमा आएको छ ! इतिहासमा खासखास चरणमा समाजलाइ अधि बढाउन निश्चित सस्कृतिको आवश्यक हुदा त्यसलाइ बलियो बनाउनको निम्ति सस्कारको अनिवार्य छ ! त्यसैले आचरण र व्यवहारको क्रममा सस्कार पुस्तौसम्म हस्तान्तरण भएर आएको पाइन्छ ! जगत परिवर्तन्शिल छ भने नियम जस्तै जीवन पनि परिवर्तन्शिल छ त्यसैले समाज र समय परिवर्तन भए पछि सस्कारमा समेत परिवर्तन अनिवार्य हुन्छ ! सस्कार फेरिने,बदलिने क्रम जारी नै छ तर सामुहिक सस्कारको बानी बसालन सकेको छैन ! केही केही कम्युन त खडा गर्यो त्यो पनि दिगो रहन सकेन नेपालमा जनयुद्ध को बेलाको पनि दिगो रहन सकेन किन भने सामन्ति सस्कार छोडन वामपन्थिहरुले ठूलो ससघर्ष गरेको पाइएन ! नारा चाहिँ जनवादी सस्कार गर्नु पर्छ भनी दिन्छ तर आफ्नै घरमा गर्न नसक्दाओझेल्मा परेको छ ! जनवादी सस्कारलेमात्र व्यक्तिको , समाजको भलो हुने भएकोले सबैको हितको लागि नया जवादी पार गर्दै बैज्ञानिक समाजवाद हुँदै साम्यवाद पुग्ने लछ्य बोक्ने सस्कारले सभ्य सस्का र सभ्य सौन्दर्यशास्त्रको सभ्य समाज बन्छ !

सन्दर्भ शुचि:- १) साहित्य र यथार्थता :- हार्वत फास्ट २) मार्स्कवाद र सस्कृती :- चैतन्य ( किरण) ३) सन्दर्भ सस्कृती र सास्कृतिक रुपान्तरण :- निनु चापागाइ ४) सौन्दर्यको अविछ्यण र भुमिका :- जगदिश चन्द भण्डारी ५) सस्कृती र सस्कार :- विरही ६) कला साहित्य्र दुई लाइन सघर्ष :- खेम थपलिया ७) मार्स्कवादी सस्कृती र कम्युनिस्ट नेता :- विपिन आचार्यर्य ८) साहित्य, कला ,सस्कृती सम्बन्धी मार्स्कवादी दृष्टिकोण :- गणेष ज्ञावाली

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?