चिलाउने रुख

लेखक : कृष्णभक्त महजर्जन

चिलाउने रुख
टुप्पो देखि
जरा सम्म
एकनासे
कलात्मक छ
व्यग्यात्मक छ
दिन
वित्दै गयो
वर्ष
ढल्किदै गयो
सास देखाइ
आस मराउने
रतिराग छ
मतिराग छ
कस्तो चलन
कहाको चलन
मर्मवेदी छैन
अस्त्र छोडने
सर्मवेदी छैन
वस्त्र छोडने
स्वतस्फुर्त कलाले
जरामा
धमिराले खायो
टुप्पोको
पात स्खली भयो
रोप्नेले
मलदार रोपे
गोडनेले
चिलाउने रुख बनाउन
टुस्सा पनि
प्राइभेट बनाउछ
जरा पनि
प्राइभेट बनाउछ .

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?