सुँगुर

कविता

लेखक : जगदिश चन्द्र

पुरानै खोरमा
केही थरी
फोहर सफा गर्ने
निहुँ बनाएर पसे
बिस्तारै बिस्तारै
किन भन्नु
एकदमै होसहबासमै
आफ्नोे जाति लुकाएर
होइन
विलुप्त भएर
आत्मसमर्पण गरेर
छालासाला च्यातेर
वर्नस्टिन रङ्गको बने
केही नयाँ
अर्काथरीका देखिए
एल्गोरिदमबाट निर्मित
विविध रङ्गी
मन मस्तिष्क वाक्
उतैबाट आयातीत
खोर उही
नवउदारवादी पुँजीवादी
संसदीय दुर्गन्धी

साधन र साध्य
दुबै एउटै
सुँगुर र खोर

By जन बिहानी

Related Posts