
चितवन : अखिल नेपाल जनसाँस्कृतिक महासंघ , जिल्ला समिति चितवनको आयोजनामा सम्पन्न साँस्कृतिक प्रतिरोध दिवश सम्पन्न गरिएको छ । उक्त कार्यक्रमको अध्यक्षता रविकिरण निर्जीवले गर्नु भएको थियो । विरेन्द्र बहुमुखी क्याम्पसमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालकापोलिटव्यूरो सदस्य तथा ११ नं. ब्युराे इञ्चार्ज अटल र अतिथि क्रान्तिकारी महिला संगठन नेपालका संयोजक अम्बिका मुडभरी हुनुहुन्थ्यो । मन्तव्य अटलले राख्नुु भएको थियो,अनुभुति फणिन्द्र आचार्य अनलर अम्बिका मुडभरीले राख्नुभएको थियो । कविता वाचन इश्वरी ओझा, प्रकाश बाबू खनाल ,अशोक शर्मा , बाबुराम पाण्डे, हरिकृष्ण खनाल , रविकिरण निर्जीव , नारायण शर्मा बिपिनले गर्नु भएको थियो ।

