साहित्य

सहिद तुफानकाे स्मृति दिवसका दिन सिंहद्वारा-घाेषित छात्रवृत्ति प्रदान

सहिद तुफानकाे स्मृति दिवसका दिन सिंहद्वारा-घाेषित छात्रवृत्ति प्रदान

जाजरकोट :महान् सहिद तुफान( गोपाल बहादुर सिंह) को स्मृति दिवसका दिन पूर्णबहादुर सिंह समरजङ्ग ले आफ्ना बुवा बितु सिंह र आमा बिन्दासरा सिंहको नाममा २०७८ सालमा स्थापना गरिएको “बितु सिंह- बिन्दासरा सिंह स्मृति छात्रवृत्ति” श्री जनकल्याण आधारभूत विद्यालय, गुमथले, कुशे-२ का छात्र- छात्रालाई प्रदान गरिएको छ ।आजकै दिन २०५८ मा जनमुक्ति सेना नेपालले अछामको मङ्गलसेन कार्वाहीको क्रममा कमरेड तुफानलगायत दर्जनौं योद्धाहरुले उच्च सहादत प्राप्त गरेका थिए । छात्रवृत्ति सिंहका जेठा दाजु श्री गोरख बहादुर सिंह , बिद्यालयका प्रअ तिलकबहादुर सिंह शिक्षक भक्त बहादुर सिंह , सिता कुमारी सिंह , बिब्यस  अध्यक्ष हरि बहादुर सिंह सहिद तुफान कि आमा तुलसा सिंह लगायतको…
Read More
छोरीलाई चिट्ठी

छोरीलाई चिट्ठी

लेखक : सुनिता बुढाथाेकी प्रिय छोरी ! क्रान्ति भनेको लयमा हेर्नु, गाउनु र अघि बढ्नु हो प्रेमले हात मिलाउनु र मुस्कुराउनु हो । जीवन र बलिदान सँगै रोज्नु हो ! प्रिय छोरी क्रान्ति नव चेतना हो नव संष्लेषण, नव सृजना हो ! नव खोज, अनुसन्धान, आविष्कार हो । यो धरालाइ कसैले नव जीवन दिन्छ भने, त्यो आश्चर्य होईन, त्यो क्रान्ति हो ! वस्तु, ब्रह्माण्ड र चेतना जस्तै फैलिरहेको त्यो के हो !? - त्यो क्रान्ति हो । तिम्रो पढ्ने समय छ -पढ्नु, पढ्नु र पढ्नु ! अंक, अक्षर, समय पढ्नु । गति, मार्ग र दृष्टि पढ्नु ! एउटा मान्छे र…
Read More
फूलको प्रेम!

फूलको प्रेम!

गोविन्द शाही म तिर बढ्नमनतिर माया बढाउनउसले फुल्दै गरेको,गुलाबका पत्रहरूमामाया पोखेरअँजुलीमा राखिदियोत्यो दिन;कोपिला चुँडियोबगैँचा रित्तियो, म भरिए। अनि हरेक दिनम रित्तिए बगैँचा भरिदै गयोथाहै भएन मनलाईमायाका पत्रहरू, मायामा पात्रहरूखोलासँग छुटेको कुलोझैँभोलि, सुकेर जान्छ भनेर। अबमलाई टिप्न मन पर्दैनमन नलाई नलाईकसैले टिपेका फुल्दै गरेका फूलहरूमलाई लिनु छैनआफ्ना भावनाहरूआफ्नै हातलेअब टिप्नु छैन मनलाईकसैको अन्झुलीमाआफ्नै जिन्दगीहरू सुन नसक्छौ भनेमलाई फूल नदेऊ न लबरू मलाई फुल्न देऊतिम्रो मनको बाटो सम्ममलाईफूलको माया होइनफूलमा माया होइनफुल्नुको माया छफुल्नुमा माया छमेरो जिन्दगी तिम्रो आँगनसम्म @itsgoblinofficial
Read More
कारखाना जाऔं अभियान : सांस्कृतिक कार्यक्रम सम्पन्न (फाटोफिचर)

कारखाना जाऔं अभियान : सांस्कृतिक कार्यक्रम सम्पन्न (फाटोफिचर)

निलबारही, भक्तपुर : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको चार महिने ‘कारखाना जाऔं’ अभियान जारी छ । यसै अन्तरगत महासंघले निलबारही, भक्तपुरमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा महासंघका केन्द्रीय संयोजक दिनेश शर्मा, सह–संयोजक ईश्वर तिमिल्सिना, वसन्त बोगटी, विनोद थापा, अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनका संयोजक इन्दिरा अधिकारी, प्रदेश ३ संयोजक, सह–संयोजक, विभिन्न पेशागत संगठनका संयोजक, सह–संयोजक र संघीय राजधानीमा रहेका केन्द्रीय समिति सदस्यहरुको उपस्थिति रहेको थियो । सांस्कृतिक कार्यक्रममा सामाना सांस्कृतिक परिवारको तर्फबाट गायक तथा संगितकार अनिश योन्जन च्याङ्बा, रमण थामी, शक्ति थामीले सांस्कृतिक प्रस्तुति गर्नुभएको थियो । सांस्कृतिक कार्यक्रममा संगठनका संयोजक दिनेश शर्माले कारखाना जाऔं अभियान र महासंघका कार्ययोजनाबारे…
Read More
इच्छुक प्रतिष्ठानको अध्यक्षमा पंज्ञानी र सदस्यसचिवमा मरहट्टा चयन

इच्छुक प्रतिष्ठानको अध्यक्षमा पंज्ञानी र सदस्यसचिवमा मरहट्टा चयन

काठमाडौँ : इच्छुक सांस्कृतिक प्रतिष्ठानको रिक्त अध्यक्ष पदमा मित्रलाला पंज्ञानीलाई चयन गरिएको छ । यही माघ १४ गते बसेको इच्छुक सांस्कृतिक प्रतिष्ठानको कार्यसमितिको बैठकले पंज्ञानीलाई अध्यक्षमा चयन गरेको हो । प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डेयको गत पुस २७ गते दाङको भालुबाङमा भएको बस दुर्घटनामा परि निधन भएपछि अध्यक्ष पद रिक्त हुन पुगेको थियो । प्रगतिवादी कवि तथा निबन्धकार पंज्ञानी सो प्रतिष्ठानको सदस्यसचिव पदमा कार्यरत हुनुहुन्थ्यो । पंज्ञानीलाई अध्यक्षमा चयन गरेपछि खाली भएको सदस्यसचिवमा प्रतिष्ठानकै कार्यसमिति सदस्य समेत रहनु भएका अर्का कवि तथा निबन्धकार मोदनाथ मरहट्टालाई चयन गरिएको छ । अध्यक्ष पंज्ञानी तथा सदस्यसचिव मरहट्टा दुबै जना तीसको दशकदेखि निरन्तर प्रगतिवादी…
Read More
जनयुद्धका पदचापहरू

जनयुद्धका पदचापहरू

संस्मरणसुजन आयामजनमुक्ति सेनाले पाल्पामा धावा बोलेको केही दिन मात्रै भएको थियो । मैले अहिले सम्झिएअनुसार ढाडमा टेकेर टाउकोमा हान्ने अभियान वा प्रत्याक्रमणको चरणको पहिलो आक्रमण पाल्पा सदरमुकाम कब्जा गरेको पहिलो केन्द्रीकृत आक्रमण थियो । हामीले पाल्पा सदरमुकाम कब्जा गरेको केही दिन भएको थियो । त्यो लडाइँमा घाइते भएका कमरेडहरूलाई जुन डिभिजन जुन बाटोबाट आएको थियो त्यो बाटोबाट नै लडाइँमा भएका घाइते कमरेडहरूलाई फर्काउने आदेश थियो । तर घाइते भएका हाम्रो चौथो डिभिजनका कमरेडहरूलाई पूर्वतिर ल्याउनुपर्ने अवस्था थियो । हाम्रो चौथो डिभिजनअन्तर्गत वसन्त स्मृति ब्रिगेडका सबै कमरेडलाई बहादुरपुरमा सामान्य घाइते र जटिल घाइते भएका कमरेडहरूलाई छुट्ट्याएर राखिएको थियो । बहादुरपुरबाट हामी…
Read More
अन्तरसङ्घर्षको कथा र धूमिल स्मृतिमा डा. ओम गुरुङ

अन्तरसङ्घर्षको कथा र धूमिल स्मृतिमा डा. ओम गुरुङ

पूर्वस्मृति पृष्ठभूमिकुनै पनि मानिस, घटना वा सन्दर्भको दीर्घ–स्मृति वा अमीट सम्झना विशेष क्षणमा विशेष सन्दर्भका कारणले हुने गर्छ । स्मृति पनि सकारात्मक र नकारात्मक दुई किसिमका हुने गर्छन् । सकारात्मक घटना र स्मृतिले जीवनलाई दीर्घकालसम्म सकारात्मक ऊर्जा दिइरहँदा रहेछन् भने नकारात्मक घटना, पात्र र प्रवृत्तिले सदैव नकारात्मकतातर्फ डोहो¥याउँदा रहेछन् । सकारात्मक पात्र, सन्दर्भ र घटनाहरूले नै जीवनलाई ऊर्जाशील र गतिशील बनाउने रहेछन् । जीवनका अनगिन्ती घटना–शृङ्खलाहरूमा लाखौँ पात्र र प्रवृत्तिसँग साक्षात्कार हुन्छ तर कतिपय व्यक्ति, घटना र सन्दर्भहरूको अर्थ, महत्व दीर्घकालीन प्रकृतिको हुन्छ÷हुँदो रहेछ । प्राध्यापक डाक्टर ओम गुरुङप्रति मेरो सम्झना र स्मृति पनि केही महत्वपूर्ण सन्दर्भका कारण दीर्घकालीन र…
Read More
अक्टोबर समाजवादी क्रान्तिले नेपाली साहित्यमा पारेको प्रभाव

अक्टोबर समाजवादी क्रान्तिले नेपाली साहित्यमा पारेको प्रभाव

अवधारणापत्र१. सन् १९१७ अक्टोबर २५ (नयाँ पात्रोअनुसार नोभेम्बर ७) मा रुसमा कम्युनिस्ट पार्टीको नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न भयो । यसलाई मानव जातिको इतिहासमा नयाँ युगको नयाँ अध्यायको थालनीका रूपमा लिनु पर्दछ । महान् अक्टोबर समाजवादी क्रान्तिको ऐतिहासिक, सैद्धान्तिक र व्यावहारिक दृष्टिले युगान्तकारी महत्व रहेको छ ।अहिले अक्टोबर क्रान्ति सम्पन्न भएको एक सय वर्ष पूरा भएको छ । महान् अक्टोबर क्रान्तिको शतवार्षिकीका सन्दर्भमा आयोजित यस समारोहमा प्रस्तुत यो अवधारणापत्र मूलतः नेपाली साहित्यमा अक्टोबर क्रान्तिले पारेको प्रभावसित सम्बन्धित विषयमा केन्द्रित रहेको छ ।२. पश्चिमी देशहरूमा पुँजीवादी क्रान्तिको विकाससितै पुँजीपति वर्ग र सर्वहारा वर्गबीचको अन्तरविरोध तीव्र बन्दै गयो । यसै क्रममा सामन्तवादका विरुद्धको…
Read More
प्रा.डा. ताराकान्त पाण्डेयको स्मृतिमा शोकसभा सम्पन्न

प्रा.डा. ताराकान्त पाण्डेयको स्मृतिमा शोकसभा सम्पन्न

काठमाडौं : माक्र्सवादी समालोचक प्रा.डा. ताराकान्त पाण्डेयको स्मृतिमा शोकसभा सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा शनिबार (१३ माघ, २०८०) सम्पन्न शोकसभामा श्रद्धाञ्जली मन्तव्य राख्ने वक्ताहरुले कमरेड ताराकान्त पाण्डेयको बहुआयामिक व्यक्तित्वमाथि विशेष चर्चा गर्नुभएको छ । प्रा.डा. ताराकान्त पाण्डेयको माक्र्सवादी समालोचक, प्राध्यापक, प्रगतिवादी साहित्य सर्जक तथा सौन्दर्य चिन्तक, कुशल नेता, सांगठक लगायत बहुआयामिक व्यक्तित्वमाथि वक्ताहरुले विशेष चर्चा गर्नुभएको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष तथा बरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक मोहन वैद्य किरणले भन्नुभयो, “साहित्य, कला, संस्कृतिका क्षेत्रमा ठूलो विचलन छ । वैचारिक स्खलन छ । यो विचारधारात्मक संघर्ष चलाउने क्षेत्रमा कमरेड ताराकान्त पाण्डेयको निधनले अपुरणीय क्षति पुगेको छ ।”…
Read More
सङ्घर्ष र बलिदानको अजम्मरी गाथा :‘सङ्घर्ष र बलिदान’

सङ्घर्ष र बलिदानको अजम्मरी गाथा :‘सङ्घर्ष र बलिदान’

पुस्तक समीक्षायुद्ध भनेको अन्य उपायद्वारा राजनीतिको निरन्तरता हो । सबै युद्धहरू त्यसलाई पैदा गर्ने राजनीतिक व्यवस्थाहरूबाट अभिन्न रहन्छन् । कुनै खास राज्यले, उक्त राज्यभित्रको कुनै खास वर्गले युद्धभन्दा पहिले लामो समयसम्म जुन नीतिको अनुसरण गरेको हुन्छ, त्यही नीतिलाई सो वर्गले युद्धका बेलामा अनिवार्य रूपले जारी राख्छ र खालि कार्यको रूप मात्र फेरिन्छ ।– भ्ला. इ. लेनिनक्रान्तिकारी युद्ध जनसमुदायको युद्ध हो । जनतालाई सङ्गठित गरेर र उनीहरूमाथि भर परेर मात्र यसलाई चलाउन सकिन्छ ।– माओ त्सेतुङ ‘सङ्घर्ष र बलिदान’ समाजको आमूल परिवर्तनका लागि आधारभूत आवश्यकता तथा मान्यता हुन् र त्यसका लागि वर्गयुद्धको अनिवार्य आवश्यकता पर्छ भन्ने विषय लेनिन र माओका यी…
Read More