अगस्ट ब्लाङ्की

Web Developer
116 Posts
कावासोतीमा, १०-दिने ICT-BootCamp सफलतापूर्वक सम्पन्न, ३६ विद्यार्थीले पाए व्यावहारिक सिप

कावासोतीमा, १०-दिने ICT-BootCamp सफलतापूर्वक सम्पन्न, ३६ विद्यार्थीले पाए व्यावहारिक सिप

कावासोती २ स्थित शिव नमुना माध्यमिक विद्यालयमा सञ्चालन भएको १० दिने ‘आइटी बुट क्याम्प तथा जागिर मेला कार्यक्रम’ बुधबार सम्पन्न भएको छ। सूचना प्रविधिलाई आधार मानेर सञ्चालित तालिममा जिल्लाका ३६ जना विद्यार्थी सहभागी भएका थिए। तालिममा चार नगरपालिका र चार गाउँपालिकाबाट चयन गरिएका विद्यार्थीलाई आवासीय रूपमा प्रशिक्षण प्रदान गरिएको थियो।तालिममा वेभ डिभलपमेन्ट, साइबर सुरक्षा, जाभा स्किल, सुरक्षित इन्टरनेट प्रयोग, इमेल र एप्लिकेसनहरूमा हुने सम्भावित जोखिम र त्यसबाट जोगिने उपायबारे व्यावहारिक ज्ञान दिइएको थियो। प्रशिक्षकका रूपमा सूचना प्रविधि विज्ञ इन्जिनियर योगेश रायमाझी, इन्जिनियर केशव प्रसाद मैनाली, इन्जिनियर सनोज श्रेष्ठ र रिपेस अधिकारीले तालिम सञ्चालन गरेका थिए। प्रशिक्षकहरूको दृष्टिकोणयस तालिममा प्रशिक्षण प्रदान…
Read More
क्रान्तिकारी युवा संगठनले दियो भ्रष्टाचारीलाई जनकारवाही गर्ने चेतावनी

क्रान्तिकारी युवा संगठनले दियो भ्रष्टाचारीलाई जनकारवाही गर्ने चेतावनी

रुपन्देही : क्रान्तिकारी युवा संगठन नेपालले भष्ट्रचारी बिरुद्ध जनकारबाहीमा उत्रिने चेतावनी दिएको छ । मोहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपालले भ्रष्टाचार बिरूद्व संघर्षमा उत्रिने चेतावनी दिदै आवश्यक परे जनकारवाही गर्ने बताएको हो । संगठनले देशमा बिभिन्न स्थानमा भष्ट्राचारका बिरुद्ध आन्दोलन गर्दै भष्ट्राचारमा संलग्न उपर ‘कालोमोसो दल्दै ‘ आएको छ । क्रान्तिकारी युवा संगठन नेपाल लुम्बिनी (५ नम्बर ) प्रदेश समितिले आइतवार बुटवलमा पत्रकार सम्मेलन गरि आफ्ना ३९ बुँदे माग समेत सार्वजनिक गरेको छ ।संगठनले देशका तमाम समस्या समाधानका लागि यसअघि प्रधानमन्त्रीलाई २० बुँदे ज्ञापनपत्र बुझाएको जनाएको छ । ती मागहरू सम्बोधन हुने…
Read More
कारखाना जाऔं अभियान : सांस्कृतिक कार्यक्रम सम्पन्न (फाटोफिचर)

कारखाना जाऔं अभियान : सांस्कृतिक कार्यक्रम सम्पन्न (फाटोफिचर)

निलबारही, भक्तपुर : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको चार महिने ‘कारखाना जाऔं’ अभियान जारी छ । यसै अन्तरगत महासंघले निलबारही, भक्तपुरमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा महासंघका केन्द्रीय संयोजक दिनेश शर्मा, सह–संयोजक ईश्वर तिमिल्सिना, वसन्त बोगटी, विनोद थापा, अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनका संयोजक इन्दिरा अधिकारी, प्रदेश ३ संयोजक, सह–संयोजक, विभिन्न पेशागत संगठनका संयोजक, सह–संयोजक र संघीय राजधानीमा रहेका केन्द्रीय समिति सदस्यहरुको उपस्थिति रहेको थियो । सांस्कृतिक कार्यक्रममा सामाना सांस्कृतिक परिवारको तर्फबाट गायक तथा संगितकार अनिश योन्जन च्याङ्बा, रमण थामी, शक्ति थामीले सांस्कृतिक प्रस्तुति गर्नुभएको थियो । सांस्कृतिक कार्यक्रममा संगठनका संयोजक दिनेश शर्माले कारखाना जाऔं अभियान र महासंघका कार्ययोजनाबारे…
Read More
सरकारले नै विद्युतीय ट्याक्सीमा बिचौलिया खडा गरेर ७ लाखको भ्रष्टाचार गर्ने गरेको आरोप

सरकारले नै विद्युतीय ट्याक्सीमा बिचौलिया खडा गरेर ७ लाखको भ्रष्टाचार गर्ने गरेको आरोप

काठमाडौँ : ट्याक्सी व्यवसायीहरूले आफूहरूले खरिद गर्ने विद्युतीय ट्याक्सीमा सरकारले नै बिचौलिया खडा गरेर ७ लाखको भ्रष्टाचार गर्ने गरेको आरोप लगाएका छन् । राजधानीको संवाद डबलीमा स्वरोजगार मजदुर चालक स्वतन्त्र संघर्ष समितिले कार्यक्रमको आयोजना गरी आफूहरूलाई व्यवसाय गर्न नदिएर देशबाट विस्थापित गर्न खोजेको आरोपसमेत लगाएका छन् । सो अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले विद्युतीय साधन व्यक्तिले निजी प्रयोजनका लागि किन्दा र ट्याक्सी व्यवसायीले किन्दा ७ लाखको अन्तर आउनु सरासर कानुनविपरीत भएको बताए । सत्य र न्यायको खोजी अभियानका संयोजकसमेत रहेका श्रेष्ठले उच्च अदालतले त्यस किसिमको अन्यायलाई नियमन गर्न भनेर सरकारलाई आदेश दिँदा पनि उसले नसुन्न दुखद रहेको चिन्ता व्यक्त…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी ३ नं.प्रदेशले चैत्र २४ सम्म संघर्षका कार्यतालिका बनायो, आज वायुसेवा निमगममा भएको भ्रष्टाचारविरूद्दकाे विरोधसभा

क्रान्तिकारी कम्युनिस्ट पार्टी ३ नं.प्रदेशले चैत्र २४ सम्म संघर्षका कार्यतालिका बनायो, आज वायुसेवा निमगममा भएको भ्रष्टाचारविरूद्दकाे विरोधसभा

काठमाडौं : पार्टीको घोषित संघर्षका कार्यक्रम अनुसार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश ३ ले संघर्षका कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । घोषित कार्यतालिका अनुसार आज माघ २१ गते वायुसेवा निगममा भएको अनियमितता र भ्रष्टाचारको विरुद्धमा न्यूरोड गेटमा विरोध प्रदर्शनको आयोजना गरिएको छ । धर्ना र विरोधसभालाई प्रदेश ३ का नेताहरुले सम्बोधन गर्नुभएको छ । घोषित संघर्षका कार्यक्रम अनुसार माघ २३ गते विद्याुत प्राधिकरण कार्यालयमा एमसीसी परियोजनाका विरुद्ध संघर्षरत लप्सीफेदीका जनताहरुको मागलाई समेत समावेश गरी ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ भने माघ २४ गते सर्वोच्च अदालतको कार्यादेशको कार्यान्वयन गर्न माग गर्दै सरकारका विरुद्ध भूतपूर्व गोर्खाहरुको संगठन विगेसोले विरोधसभा गर्ने कार्यक्रम…
Read More
क्रान्तिकारी महिला संगठन, रामेछापको जिल्ला भेला सम्पन्न, संयोजकमा सीता गौतम

क्रान्तिकारी महिला संगठन, रामेछापको जिल्ला भेला सम्पन्न, संयोजकमा सीता गौतम

रामेछाप : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी महिला संगठनको रामेछाप जिल्ला समितिको प्रथम जिल्ला एकता भेला सम्पन्न भएको छ । भेलाले सीता गौतमलाई संयोजकमा चयन गरेको छ । भेलाले सीता गौतमको संयोजकत्वमा ९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । संगठनकी केन्द्रीय सहसंयोजक सारदा महतको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा जिल्ला पार्टी इन्चार्ज तथा केन्द्रिय आयोजक समिति सदस्य लाङघालि मगर, जिल्ला संयोजक तथा केन्द्रिय समिति सदस्य कृष्ण सेवा, ३ नम्बर प्रदेस कार्यलय सचिब झनक श्रेष्ठ लगायत सहिद परिवारको समेत उपस्थिति रहेको थियो ।
Read More
बजेट र नीति तथा कार्यक्रम : संघीय मामिलाले के–के गर्‍यो ?

बजेट र नीति तथा कार्यक्रम : संघीय मामिलाले के–के गर्‍यो ?

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा समावेश गरेका अधिकांश कार्यक्रमहरू सम्पन्न गरेको बताए पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ । मन्त्रालयले तीन वटा विधेयक र प्रशासन सुधार आयोग गठनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । जसअनुसार पूर्वाधार विकासका लागि आवश्यक पर्ने नदीजन्य एवं खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा जस्ता वस्तुहरूको अनियन्त्रित दोहन रोक्न र जथाभाबी उत्खननबाट नदीजन्य किनाराका भौतिक संरचना तथा मानव बस्तीमा परेको जोखिम न्यूनीकरण गर्न मन्त्रालयले ‘ढुङ्गा, गिट्टी, बालुवा जस्ता निर्माणजन्य सामग्रीको उपयोग, संरक्षण, उत्खनन, बिक्री र व्यवस्थापन सम्बन्धी विधेयक तयार गरेर मन्त्रिपरिषद्मा पठाइएको हो । यस्तै सार्वजनिक प्रशासनलाई…
Read More
एक नेपाली शान्ति सैनिकको लेबनानमा मृत्यु

एक नेपाली शान्ति सैनिकको लेबनानमा मृत्यु

काठमाडौं : संयुक्त राष्ट्र संघ अन्तरगत शान्ति मिसनमा गएका एक नेपाली सैनिक जवानको मृत्यु भएको छ । लेबनानमा तैनाथ श्री पुरानो गोरख गणको ६४ औं डफ्फामा कार्यरत् सिपाही सुवास थापाको १८ माघमा मृत्यु भएको नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । दोलखा स्थायी घर भएका सिपाही थापा उक्त गणको हेक्वार्टरको बंकरमा स्ट्याण्डबाई ड्यूटीमा रहँदा आफैंले बोकेको हतियारबाट गोली लागेको सेनाले जनाएको छ । ‘घाइते अवस्थामा फेला पारेर युनिफिल लेभल १ अस्पतालमा उपचारका लागि लगिएकोमा उनको निधन भएको हो’, सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ । उनको शवलाई नेपाल ल्याउन समन्वय भइरहेको सेनाले जनाएको छ ।
Read More
मार्क्सवाद : कला चिन्तनको भौतिकवादी पद्धति

मार्क्सवाद : कला चिन्तनको भौतिकवादी पद्धति

शनिबारीय साहित्य : समालाेचना मार्क्सवादको विकाससँगै मार्क्सवादी कला चिन्तनको पनि विकास भएको हो । मार्क्सवादले कला (साहित्य) लाई अधिरचनाका रुपमा व्याख्या गर्छ र अधिरचना रुपी कला सम्बन्धित समाजको (आर्थिक) आधारको विचारधारात्मक प्रतिबिम्बनका रुपमा अस्तित्ववान् हुन्छ भन्ने मान्यता राख्दछ । यस आधारमा कुनै समाजको आधार अर्थात् उत्पादक शक्ति र उत्पादन सम्बन्ध जस्तो छ त्यसको अभिव्यक्ति कला (साहित्य) मा हुन्छ वा यसो भनौं त्यसको प्रतिबिम्बन कला साहित्यमा हुन्छ (मार्क्स, मिश्र, पृ. ३०० मा) । यसले के पनि स्वीकार गर्दछ भने आधारमा आउने परिवर्तनले अधिरचनालाई पनि परिवर्तित गर्दछ । कार्ल मार्क्सले राजनीतिक अर्थशास्त्रको आलोचनाको भूमिकामा भनेका छन् – भौतिक जीवनको उत्पादन पद्धतिले नै…
Read More
इच्छुक प्रतिष्ठानको अध्यक्षमा पंज्ञानी र सदस्यसचिवमा मरहट्टा चयन

इच्छुक प्रतिष्ठानको अध्यक्षमा पंज्ञानी र सदस्यसचिवमा मरहट्टा चयन

काठमाडौँ : इच्छुक सांस्कृतिक प्रतिष्ठानको रिक्त अध्यक्ष पदमा मित्रलाला पंज्ञानीलाई चयन गरिएको छ । यही माघ १४ गते बसेको इच्छुक सांस्कृतिक प्रतिष्ठानको कार्यसमितिको बैठकले पंज्ञानीलाई अध्यक्षमा चयन गरेको हो । प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डेयको गत पुस २७ गते दाङको भालुबाङमा भएको बस दुर्घटनामा परि निधन भएपछि अध्यक्ष पद रिक्त हुन पुगेको थियो । प्रगतिवादी कवि तथा निबन्धकार पंज्ञानी सो प्रतिष्ठानको सदस्यसचिव पदमा कार्यरत हुनुहुन्थ्यो । पंज्ञानीलाई अध्यक्षमा चयन गरेपछि खाली भएको सदस्यसचिवमा प्रतिष्ठानकै कार्यसमिति सदस्य समेत रहनु भएका अर्का कवि तथा निबन्धकार मोदनाथ मरहट्टालाई चयन गरिएको छ । अध्यक्ष पंज्ञानी तथा सदस्यसचिव मरहट्टा दुबै जना तीसको दशकदेखि निरन्तर प्रगतिवादी…
Read More