जन बिहानी

1564 Posts
सन्दर्भ –तीजको

सन्दर्भ –तीजको

लेखक-सूर्या थापा तीज हिन्दु महिलाहरुले परापूर्व कालदेखि मनाउँदै आएको हो । यो चलन सामन्ती संस्कृतीको उपज हो । यो चाड धार्मिक परम्परा, चिन्तन र आदर्शवादी चरित्रकबाट प्रेरित छ । यसमा नैतिकता,दर्शन,कला, शिक्षा र साहित्यलाई भौतिक आधारबाट अलग्याएर हेरिएको पाइन्छ ।सामन्तवादी व्यवस्थामा सम्पन्न वर्गले विपन्न वर्गमाथि हैकम चलाउने आफ्नो प्रभुत्व जमाएर बसेको हुन्छ ।उसले जे बोल्छ,विपन्न वर्गले दासको रुपमा उसको बोली ईश्वरको बोली मान्ने गर्छन् । जसरी सामन्तको नाइके राजालाई विष्णुको अवतारको रुपमा मान्ने चलन हुन्छ । समाजमा यस्तो पारम्परिक चिन्तनले जरा गाडेको छ । यो पहिलो विषेशता हो भने दोस्रो विशेषता सामन्ती संस्कृतिको पुराण (रामायण,महाभारत, मनुस्मृति आदि ग्रन्थहरु ) अगाडि…
Read More
भ्रष्टाचार विरुद्ध जनपरिचालन अभियानको आवश्यकता र महत्व

भ्रष्टाचार विरुद्ध जनपरिचालन अभियानको आवश्यकता र महत्व

लेखक -लालबहादुर जाग्री क्रान्तिकारी कम्युनिष्ट पार्टीले भ्रष्टाचार विरुद्ध १ वर्षे जनपरिचालन अभियान सञ्चालन गर्न गइरहेको रहेछ । नेपालका राजनीतिक इतिहासमा विभिन्न पार्टीहरुले भ्रष्टाचारका विरुद्ध कार्यक्रम सञ्चालन गरे पनि १ वर्ष लामो जनता सहितलाई भ्रष्टाचार विरुद्धको अभियानमा परिचालन गर्न खोजेको यो पहिलो अभियान हो । यसको आवश्यकता किन परेको छ यस्ता अभियानको महत्व कति हुन्छ ? भन्ने बारे केही चर्चा गर्न गइरहेको छु ।भ्रष्टाचार शब्दको अर्थ एव परिभाषा के हो ? नेपाली बृहत् शब्दकोशमा ‘भ्रष्ट’ लाई कहीँबाट फ्यात्त खसेको, च्युत भएको, गिरेको आचरण र अनुशासनबाट तल झरेको, दुश्चरित्र अपवित्र, दूषित वा बिग्रेको, विनाश भएको आदिका रूपमा अथ्र्याइएको छ । ‘भ्रष्टाचरण’ ले…
Read More
क्रान्तिकारी युवा संघ नेपालको घोराही नगर भेला सम्पन्न

क्रान्तिकारी युवा संघ नेपालको घोराही नगर भेला सम्पन्न

दाङ : क्रान्तिकारी युवा संघ नेपालले घोराही नगर संगठन समितिको भेला घोराही बजारमा सम्पन्न गरेको छ। भेलामा रमेश महरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट्ब्युरो सदस्य तथा ४ न. ब्यूरो (राप्ती ब्यूरो) इन्चार्ज श्याम बहादुर बोहरा अटलले गर्नु भएको थियो। प्रमुख अतिथि अटलले शुभकामना मन्तव्य राख्दै देशमा भष्ट्रचारले जरो गाडेको भन्दै त्यसको अन्त्यको लागि युवाहरु एक भएर संर्घष गर्नु पर्ने बताउनु भएको छ। साथै युवाहरूको सहभागीता बिना मुलुकको परिबर्तन सम्भव नभएको भन्दै प्रमुख अतिथि अटलले नयाँ जनबादी क्रान्तिको खुडकिलो पार गर्दै बैज्ञानिक समाजवाद स्थापना गर्ने युवाहरु नयाँ तरिकाले जुरमुराउनु पर्ने बताउनु भयो। त्यस्तै अर्को अतिथि पार्टी…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुपाल्चोकको एकताको जिल्ला अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुपाल्चोकको एकताको जिल्ला अधिवेशन सम्पन्न

सिन्धुपाल्चोक : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुपाल्चोकको एकताको जिल्ला अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न भएको छ। अधिवेशन जिल्लाको सदरमुकाम चौतारा साँगाचोक गढी नगरपालिका वडा नम्बर ८ इर्खुमा २०८२ भाद्र ६ गतेका दिन सम्पन्न भएका हो । उद्घाटनपार्टी जिल्ला सचिव दीपको अध्यक्षता तथा पोलिट ब्युरो सदस्य तथा १० नम्बर क्षेत्रीय ब्युरो इन्चार्ज प्रवेशको प्रमुख अतिथ्यता र जिल्लाका अग्रज नेताहरु साथै विभिन्न नगरपालिका, गाउँपालिकाबाट सहभागी प्रतिनिधि एवं स्थानीय संघ संस्थाका प्रतिनिधि उपस्थितिमा अधिवेशन सम्पन्न भयो । अधिवेशनको सञ्चालन पार्टी जिल्ला सचिवालय सदस्य प्रशंसाले गर्नुभएको थियो। जिल्ला अधिवेशनको उद्घाटन प्रमुख अतिथि प्रवेशद्वारा दीप प्रज्वलन गरी गरिएको थियो । स्वागत मन्तव्य विकासले राख्नुभएको थियो।…
Read More
५ राजनीतिक दलद्वारा पोखरामा बिरोध कार्यक्रम सम्पन्न

५ राजनीतिक दलद्वारा पोखरामा बिरोध कार्यक्रम सम्पन्न

बिक्रम थापा, पोखरा : भदौ ७ गते लिपुलेकमाथि चीन र भारतले गरेको हस्तक्षेपको बिरोधममा कास्कीमा कृयाशील पाँच राजनीतिक दलहरुले विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक पोलिटब्युरो सदस्य कामरेड नारायण अधिकारिले भारत र चीनले गरेको हस्तक्षेपकारी षडयन्त्रको बिरोध गर्दै राज्यको कुटनैतिक पहल र दुरदर्शिताको अभाब रहेको बताउनु भयो । मूलतः तीन वटा कारणले हाम्रो देशको स्वाधीनता माथि खतरा रहेको औलाउदै सक्चिनु पर्नेमा जोड दिनु भयो । पहिलो कारण, भारत र नेपालको बिचमा भएको असमान सुगौली सन्धि, दिल्ली सम्झौता आदि । दोश्रोमा , भारतीय बिस्तारवादी नीति र तेश्रोमा नेपाली शासकहरुको लम्पसारवादी तथा रास्ट्रिय आत्मसपर्णवादी नीति। यी…
Read More
लिपुलेक, लिम्पियाधुर र कालापानी हाम्रो हो : क्रान्तिकारी युवासंघ नेपाल

लिपुलेक, लिम्पियाधुर र कालापानी हाम्रो हो : क्रान्तिकारी युवासंघ नेपाल

काठमाडाैँ : क्रान्तिकारी युवासंघ नेपालले लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्रमा प्रशासनिक र सुरक्षा उपस्थिति विस्तार गर्न जोडदार माग गरेको छ । क्रान्तिकारी युवासंघका संयोजक सूर्य तिमिल्सिनाले २०८२ साल ५ महिना ६ गते एक वक्तव्य प्रकाशित गर्दै सो माग गर्नु भएको हो । नेपाललाई वेवास्ता गर्दै नेपाली भूभाग लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्रमा भारत र चीनले व्यापारिक मार्ग खोल्ने सम्झौता गरेकोले सो सम्झौताको युवासंघले विरोध गर्दै वक्तव्य जारी गरेको हो । वक्तव्यमा अगाडि भनिएको छ –लिम्पियाधुरा लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भन्ने ऐतिहासिक प्रमाण र नक्सा सन्धि स्पष्ट छन् । तर भारतले अतिक्रमण गर्दै आएको र चीनले समेत हालै भारतसँग व्यापारिक मार्गको…
Read More
९ कम्युनिस्ट पार्टीले भन्यो-“भारत र चीनबीच लिपुलेक प्रयोग गर्ने सहमति खारेज गर !”

९ कम्युनिस्ट पार्टीले भन्यो-“भारत र चीनबीच लिपुलेक प्रयोग गर्ने सहमति खारेज गर !”

काठमाडौं : भारत र चीनको विदेश सचिव स्तरीय बैठकद्वारा लिपुलेक नाका प्रयोग गर्ने सहमति खारेज गर्न नेपालका वामपन्थी,क्रान्तिकारी राजनीतिक पार्टी तथा संगठनहरुले माग गरेका छन् । २०८२ भदौ ६ गते संयुक्त बैठक बसी सो माग गरेका हुन् । बैठक पछि संयुक्त वक्तव्य जारी गर्दै सो कुराको जानकारी गराइएको हो। बैठक ललितपुरको कुपोण्डोलस्थित क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको कार्यालयमा बसेको थियो । संयुक्तमा वक्तव्यमा क्राीन्तकारी कम्युनिष्ट पार्टी नेपालका सन्तबहादुर नेपाली, नेकपाका चिरन सी ,नेकपा (मसाल)का रामप्रकाश पुरी ,नेकपा बहुमतका कृष्णप्रसाद धमला ,नेकपा एकीकृत समाजवादीका साध्यबहादुर भण्डारी ,राष्ट्रिय जनमोर्चाककी दूर्गा पौडेल ,नेकपाका कृष्णहरी भट्ट ,वैज्ञानिक समाजवादी पार्टीका राजकुमार हिङमाङ ,अखिल नेपाल कम्युनिष्ट पार्टीका लक्ष्मण…
Read More
४ क्रान्तिकारी  संगठनले भन्यो “भूमि ऐन खारेज गर !”

४ क्रान्तिकारी संगठनले भन्यो “भूमि ऐन खारेज गर !”

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट चार संगठन क्रान्तिकारी किसान महासङ्घ नेपाल, क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, क्रान्तिकारी सुकुम्बासी सङ्घ नेपाल र क्रान्तिकारी दलित मुक्तिमोर्चा नेपाल किसान ,भूमिहीन दलित र सुकुम्बासी विरोधी भूमि ऐन विरुद्धमा उभिएका छन् । २०८२ भाद्र ६ गतेको दिन काठमाडौंमा बैठक बसी सरकारले भर्खरै संसदबाट पारित गरेको किसान विरोधी भूमि ऐनको विरोध गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । २०८२ भाद्र ७ गते जारी संयुक्त प्रेस विज्ञप्तिमा सिताराम तामाङ (अध्यक्ष,क्रान्तिकारी किसान महासङ्घ नेपाल, केन्द्रीय समिति),ईश्वर तिमिल्सिना, (संयोजक, क्रान्तिकारी ट्रेड युनियन महासङ्घ,राष्ट्रिय सम्मेलन आयोजक समिति),भिम चापागाई (संयोजक,क्रान्तिकारी सुकुम्बासी सङ्घ नेपाल,राष्ट्रिय सम्मेलन आयोजक समिति) र टेक बहादुर बि.क.…
Read More
संसद

संसद

लेखक : जगदिश चन्द्र म संसद हुँकेही बेकुफहरुलाईभोगिरहेको छु तानाशाह जस्तोअनुहारको मुख्य मानिसत्यससँगैको लहरमा बसेकाअरु मानिसपल्तिरलहरै कुर्सीमा टाँसिएकाजुँगा र जुँगा फालेकासारी लगाएकाकेश बाटेका नबाटेकादेशी विदेशी दुबैनागरिक अनागरिकमेरा दलाल आँखामापरेका छन् खिचिएका छन् मलाई मतलब छैनकहाँ के भइरहेको छअमेरिकाले इरानमाथिअचानकमिसाइल दागोस्इजरायलले गाजामाथिअस्त्र बर्साओस्अस्पताल ध्वस्त गरोस्सानासाना नानीहरूलाईचिहान बनाओस्देशविहीन बनाओस्दक्षिणतिरका पीतधारीलेअतीतका बर्बर मिथकलाईपुनर्जीवित गर्ने कथा रचोस्दिनदिनैमुलुकका प्राणहरुबेचेर आफ्नो पुँजी भण्डारबढाएर भाग्ने तरिकासोचेको होस्एक दुई तीनसाँच्चिकै भन्छुम वफादार छैनयहाँको सुगन्धित फुलहावा पानी हिमाल नदिप्रतिमेरा दौरासुरुवाल टोपीबोली भाषणसबै सबै नक्कली हुन् म संसदसंसद होइनमध्यकालीन शासनकोफाटेको जडौरी पो हुँ
Read More
लिपुलेक विवादको सन्दर्भ

लिपुलेक विवादको सन्दर्भ

२०२५ अगष्ट १९ तारिखका दिन चिनीयाँ विदेश मन्त्री वाङ यीले भारत भ्रमणका क्रममा आफ्ना समकक्षी भारतीय विदेशमन्त्री यस जयशंकरसित गरिएको सम्झौतामा लिपुलेकको नाका भएर व्यापार गर्ने बताइएको छ । सो कुरा वाङ यी र यस जयशंकरका बीचमा भेट वार्ता पछि भारतीय सञ्चार माध्यमहरुले प्रकाशमा ल्याएका छन् ।सो कुरा प्रकाशमा आएपछि नेपाल सरकारले त्यो क्षेत्र आफ्नो भूमि भएको पुरानो अडान दोहो¥याएर प्रेस वक्तव्य जारी गरेको छ । त्यस वक्तव्यको प्रतिक्रियामा भारत सरकारले इतिहास सम्बद्ध नभएको र जायज पनि नभएको ,१९५४देखि नै भारत र चीनले त्यस नाकाबाट व्यापार गर्दै आएको प्रतिक्रिया जनाएको छ ।प्रतिक्रियामा उसले कुटनैतिक तवरबाट रचनात्मक ढंगले विवाद समाधानको पक्षमा…
Read More