क्रान्तिकारी कम्युनिष्ट पार्टी ९ र १० नं. ब्युरोको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी ९ र १० नं. ब्युरोको आयोजनामा रामप्रसाद खतिवडाको निवासमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–२ स्थित जैसीगाउमा २०८२ मंसीर २१ गते आइतबार बिहान सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षता ९ नं.ब्युरो सचिव चिन्तामणी पौडेलले गर्नु भएको थियो । कार्यक्रमको सन्चालन पार्टीका केन्द्रीय सदस्य केदार खतिवडाले गर्नु भएको थियो । कार्यक्रममा १० नं.ब्युरो इन्चार्ज सुरेश श्रेष्ठले मन्तव्य राख्नु भएको थियो ।

९ नं. ब्युरोका सचिव प्रवाहको हस्ताक्षरित गरेको श्रद्धाञ्जली विज्ञप्ति वाचन गर्नुभएको थियो । ९ नं. ब्युरो इन्चार्ज तथा प्रमुख अतिथि दिनेश शर्माद्वारा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा सहिद परिवार एवं छोरी ज्यानु खतिवडालाई श्रद्धाञ्जली पत्र हस्तान्तरण गर्नु भएको थियोे ।

रामप्रसाद खतिवडाको २०८२ मंसीर १६ गते असामयिक निधन भएको थियो । रामप्रसाद खतिवडाकी छोरी सुभद्रा खतिवडा महान जनयुद्धमा शहिद हुनुभएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?