माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

आइकोरले भने, ‘नेटो विघटन गरौँ, आइकोरलाई बलियो बनाऔँ !’

आइकोरले भने, ‘नेटो विघटन गरौँ, आइकोरलाई बलियो बनाऔँ !’

काठमाडौँ : क्रान्तिकारी पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय संयोजन (आइकोर) ले साम्राज्यवादी सैन्य गठबन्धन नर्थ एटल्यान्टिक ट्रिटी अर्गनाइजेसन (नेटो) लाई विघटन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । त्यससँगै आइकोरलाई बलियो बनाएर मात्र विश्व शान्ति कायम गर्न सकिने धारणा राखिएको छ । आइकोरको ब्यानरमा विश्वभरिका २७ ओटा पार्टी तथा सङ्गठनले जुन २७, २०२५ का दिन जारी प्रस्तावमार्फत् सो आह्वान गरिएको हो । आइकोरमा नेकपा (मसाल) पनि सदस्यको रूपमा रहेको छ । सो प्रस्तावमा मसालले पनि हस्ताक्षर गरेको छ । युक्रेन–रुस युद्ध, प्यालेस्टाइन र इरानमाथि इजरायली युद्धसहित अमेरिकाले विश्वभरि युद्ध चलाइरहेको बताउँदै प्रस्तावमा त्यसको नेतृत्व नेटोको रहेको विचार व्यक्त गरिएको छ । प्रस्तावमा नेटो…
Read More
क्रान्तिकारी किसान महासंघ नेपाल दाङको भेला सम्पन्न, अध्यक्षमा विश्वकर्मा चयन

क्रान्तिकारी किसान महासंघ नेपाल दाङको भेला सम्पन्न, अध्यक्षमा विश्वकर्मा चयन

दाङ,घोराही : असार २० गते, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी किसान महासंघ नेपाल दाङ जिल्ला संगठन समिति गठन भएको छ । संगठनका अध्यक्ष मान बहादुर वलीको अध्यक्षतामा सम्पन्न भएको भेलामा क्रान्तिकारी किसान महासंघ नेपालका केन्द्रीय सल्लाहकार नन्दराम रोका प्रमुख आतिथि हुनुहुन्थ्यो । प्रमुख आतिथि नन्दराम रोकाले किसानका समस्याहरुबारे प्रष्ट पार्दै दलाल संसदीय ब्यबस्थाले किसानलाई समयमै मल बीउ सिचाइ कृषि प्रबिधि उपलब्ध गराउन नसकेको र किसानका समस्याबारे मौन रहेकोले यसका बिरुद्ध किसान जागरुक भई अगाडि बढनुपर्ने कुरा बताउनु भयो ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा ४ नम्बर ब्युरो इञ्चार्ज अटलले देश दलाल फासिबादी राज्यब्यबस्था भएकोले किसानका आबश्यकता भन्दा दलाल जमिन्दारका…
Read More
पतञ्जली प्रकरण र नैतिकताको प्रश्न

पतञ्जली प्रकरण र नैतिकताको प्रश्न

लेखक – सन्तबहादुर नेपाली भ्रष्टाचारका लागि अन्य दलका नेताहरु भन्दा कम्युनिस्ट पृष्ठभूमिबाट आएका नेताहरु चर्चामा आइरहेका छन् । प्रचण्ड, केपी ओली, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, गोकुल बास्कोटा, ईश्वर पोख्रेल, विष्णु पौडेल, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ लगायतका दर्जनौं नेताहरुमाथि भ्रष्टाचारको अभियोग लागेको थियो । ती मध्ये कतिपयले सजाय भोगिरहेका छन् भने कतिपय विचाराधीन छन् । अहिले आएर सर्वाधिक चर्चामा नेकपा (एस) का महासचिव माधव नेपालको पनि नाम थपिएको छ । अभियोग लाग्नु र खासैमा भ्रष्टाचार गर्नु फरक फरक कुरा हुन् । को कति दोषी छन् र कति निर्दोष छन्, त्यो अदालतले फैसला गर्ने कुरा हो । त्यसबारे बाहिर सार्वजनिक छलफलको कुनै…
Read More
यसकारण भ्रष्टाचारविरुद्ध अभियान

यसकारण भ्रष्टाचारविरुद्ध अभियान

शशिधर भण्डारीक्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले भर्खरै जनसम्बन्ध विस्तारको अभियान समापन गरेको छ । देशका ६० भन्दा धेरै जिल्लामा सञ्चालित ४५ दिने लामो जनसम्बन्ध विस्तार अभियानले देशको वस्तुस्थिति बुझ्न र जनताको प्रतिक्रिया बुझ्न निकै सहयोग पु¥याएको छ । मेचीदेखि महाकालीसम्मका पहाडका सुन्दर वस्तीहरु रित्तिदै छन् । नेपाली समाजमा बेरोजगारी समस्या एउटा जटिल समस्याका रुपमा रहेको छ । त्यसैले नेपाली युवाहरुको मात्र होइन युवतीहरुको समेत रोजगारीको गन्तव्य भारत तथा खाडी मुलुक हुने गरेका छन् । नेपाली समाजको तल्लो तहका जनताको अवस्था अत्यन्त दयनीय छ । भारत र विश्वको श्रमबजारमा सबभन्दा निम्न स्तरको काम कम तलवमा गर्ने जाति नेपाली जाति भएको छ ।…
Read More
सत्ता ! उत्पीडितमाथि दमनको अस्त्र

सत्ता ! उत्पीडितमाथि दमनको अस्त्र

-टेकबहादुर विश्वकर्मानेपालको सामाजिक इतिहास कुनै स्वाभाविक असमानताको इतिहास होइन । यो इतिहास हो, एकाधिकारलाई संस्थागत बनाउदै, बहिष्कृत समुदायहरूको आवाज दबाउने माध्यम बनेको सत्ताको ⁄ जात, लिङ्ग, वर्ग र क्षेत्र विभाजन गरि शोषक वर्गको हितमा बनाइएको आधारसंरचना तथा उपरिसंरचनागत अभिमुखित राज्य निर्माणको परिणाम हो । नेपालको ऐतिहासिक राज्य संयन्त्रले केही निश्चित वर्ग र समुदायहरूलाई सामाजिक, आर्थिक र राजनीतिक पहुँचमा अग्रता दिएको छ, जबकि दलित, आदिवासी जनजाति, महिला, मधेशी र पिछडिएका वर्गहरूलाई राज्य प्रणालीबाट योजनाबद्ध रूपमा पाखा लगाइएको छ । कानुनी रूपमै जातीय पदानुक्रम निर्धारण गरी नागरिकमा विभेदलाई वैधानिकता दिइएको ऐतिहासिक तथ्यले स्पष्ट पार्छ, तसर्थ, यो राज्य व्यवस्था विभेदको उत्पादक मात्र होइन,…
Read More
क्रान्तिकारी युवा संघ नेपाल दाङको संयाेजकमा विरेन्द्र खड्का चयन

क्रान्तिकारी युवा संघ नेपाल दाङको संयाेजकमा विरेन्द्र खड्का चयन

दाङ : क्रान्तिकारी युवा संघ दाङ जिल्लाको भेला २०८२ असार १५ गते सम्पन्न भएको छ । भेलाको अध्यक्षता संगठन समितिका अध्यक्ष विरेन्द्र खड्काले गर्नु भएको थियो । जसमा प्रमुख अतिथि अतिथि व्यूरो इन्चार्ज अटलहुनुहुन्थ्यो । दाङ जिल्ला इन्चार्ज हुकुम र सेक्रेटरी दीपको विशेष उपस्थिति रहेको थियो । भेलाले विरेन्द्र खड्का संयोजक रहेको जिल्ला समिति गठन गरेको छ । जसमा सदस्यहरु रमेश खड्का , प्रवेग बुढा , हेमराज डाँगी , रामप्रसाद चौधरी , शिवराज गौतम , संगम खत्री , कुशल वली , गेहेन्द्र भण्डारी ,विवेक घर्ती क्षत्री, सुरज चौधरी र मंगल चौधरी रहनु भएके छ ।
Read More
क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपाल ललितपुरको प्रथम जिल्ला भेला सम्पन्न

क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपाल ललितपुरको प्रथम जिल्ला भेला सम्पन्न

ललितपुर : क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपाल ललितपुर जिल्लाको प्रथम जिल्ला भेला ललितपुर महानगरपालिका स्थित पुल्चोकमा बिहीबार सम्पन्न भएको छ। भेलामा मोर्चाका केन्द्रीय संयोजक टेक बहादुर विश्वकर्माको प्रमुख उपस्थिति रहेको थियो। भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ललितपुर जिल्ला इन्चार्ज दिपक तथा जिल्ला सचिव जगदीश विशेष अतिथिका रूपमा सहभागी थिए। त्यसैगरी, मोर्चाको केन्द्रीय कार्यालय सदस्य शोभा विश्वकर्मा र केन्द्रीय कार्यालय सदस्य तथा ब्यूरो नं. ९ का संयोजक रोशन विशुंकेको समेत उपस्थिति थियो। भेलाले सपना मंग्रातीको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ। समितिमा रविन सुनार, जीवन विश्वकर्मा, टेक बहादुर विश्वकर्मा, मनोज पुर्कोटी, प्रसान्ति लामिछाने, सुजन मंग्राती, सिर्जना रोक्का रहेका…
Read More
संस्कृति र सांस्कृतिक रूपान्तरण

संस्कृति र सांस्कृतिक रूपान्तरण

लेखक : गौरी देवकोटा विषय परिचयल्याटिन भाषाको कल्तुरा (अगतिगचब) शब्दबाट अगतिगचभ (संस्कृति) शब्द बनेको र यसको अर्थ खेती गर्नु रहेको पाइन्छ भने यसको बनावटमा संस्कृत भाषाको ‘कृ’ धातुमा ‘सम्’ उपसर्ग र ‘क्त’ प्रत्यय लागेको हुन्छ । संस्कृतिलाई भौतिक र आत्मिक दुई किसिमले विश्लेषण गरिन्छ । भौतिक संस्कृतिमा श्रमका औजार उपकरणहरू, उत्पादनमूलक गतिविधि, सङ्घर्ष आदिलाई मानिन्छ भने आत्मिक संस्कृतमा मानवीय आचरण, कला, सौन्दर्य, चेतना, शिक्षा आदिलाई लिने गरिन्छ । मानव समुदायले जीवन जिउने क्रममा अवलम्बन गरेका चालचलन, रीतिरिवाज, रहनसहन आदि स्थापित हुँदै जाँदा कालान्तरमा संस्कृति बन्दछ । हरेक राष्ट्र, समुदाय र जातजातिमा आ–आफ्नै अकूलताका संस्कृतिहरू निर्माण भएका हुन्छन् । यसको निर्माणका…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नं. ब्युराेकाे बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नं. ब्युराेकाे बैठक सम्पन्न

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी ९ नं ब्युराे कार्यालयको बैठक२०८२ असार ९ गते उपलब्ध ब्युरो सदस्यहरुसहित व्युरो सचिव प्रवाहको अध्यक्षता र व्युरो इन्चार्ज सागरको उपस्थितिमा ललितपुरको कुपण्डोलस्थित पार्टी कार्यालयमा बसेको छ । बैठकले प्रारम्भमा जनसंघर्ष, महान जनयुद्धसहित विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात/अज्ञात शहीदहरुप्रति १ मिनेट मौनधारण गरि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै संगठन ,समसामयिक लगायत विषयहरुमा महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले असार ६–८ गतेसम्म सञ्चालन भएको कार्याशाला भव्य एवं शानदार रुपमा नयाँ सम्पन्न भएको निकर्ष निकालेको छ । जवस मोर्चा संगठनका व्युरो स्तरका भेला ,बैठकहरु साउन पहिलो हप्ता भित्र सम्पन्न गरिसक्ने निर्णय गरेको छ । जसमा क.…
Read More
नो किङ्गको व्यानरमा अमेरिका आन्दोलित

नो किङ्गको व्यानरमा अमेरिका आन्दोलित

लेखक : सिपि शर्मा संसारभरी एकछत्र दादागिरीको नाइके बन्ने अभिप्राय बोकेको ट्रम्प नेतृत्वको अमेरिका(युएसए) यतिबेला आफै आन्दोलनको चपेटामा परेको छ । करिव दुई साता अघिबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिविरुद्ध क्यालिफोर्निया राज्यको लसएन्जलसबाट शुरु भएको आन्दोलन यतिबेला ५० वटै अमेरिकी राज्यमा फैलिएको छ । अमेरिकी संघीय राजधानी वाशिंटन डि.सी., न्यूयोर्क, शिकागो, फ्लोरिडा, कोलोराडो न्यूजर्सी, पेन्सीलभजिया सियाटल, सनफ्रान्सीस्को, एटलान्टा, भर्जिनिया सहित देशका अधिकांश ठूूला शहरहरुमा व्यापक प्रदर्शनहरु हुने गरेका छन् । यो दुई साताको अवधिमा ५० वटै राज्यमा साना ठूला गरेर दुई हजार भन्दा बढी विरोध प्रदर्शनका कार्यक्रमहरु भएका छन् । उक्त विरोध प्रदर्शनमा लागेका मूल नाराहरु यस्ता छन् ःनो…
Read More