
“लुतो एउटा पिडादायी रोग हो । जब मानिसहरु क्रान्तिकारी लफ्फाजीको लुतोले ग्रसित हुन्छन् तब यो रोग देख्नेबित्तिकै असह्य पीडा हुन्छ”– लेनिन, लुतो– १९१८, प्रगति प्रकाशन मास्कोद्वारा १९६५ मा प्रकाशित लेनिन संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ २७, पृ.३६ ।
लेनिनले ब्रेष्टलितोभ्स्तक सन्धीका सन्दर्भमा ट्राट्स्कीपंथीहरुलाई लागेको क्रान्तिकारी लफ्फाजीको लुतोबारे चर्चा गर्दा माथि उद्धृत उद्धरण संश्लेषण गर्नुभएको थियो । ट्राट्स्की र बुखारिन रुपमा त क्रान्तिकारी तथा रुसको एक इन्च जमिन पनि जर्मनीलाई नदिएर सन्धी गर्न चाहने राष्ट्रवादी थिए भने सारमा जर्मनेली शासकहरुसँग मिलेर वैज्ञानिक समाजवादको शिशु हत्या गर्न चाहन्थे । लेनिन र स्टालिन सारमा क्रान्तिकारी हुनुहुन्थ्यो भने रुपमा तत्काल रुसको केही भू–भाग गुमाएर पनि जर्मनीसँग सम्झौता गरी वैज्ञानिक समाजवाद जोगाउन चाहनुहुन्थ्यो । आखिर खतरनाक कार्यनीतिक खेल नखेलीकन राजनीतिक रणनीति प्राप्त हुन सक्तैन ।
नेपाली सर्वहारा तथा उत्पीडित जनताको अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा रहेका केही जिम्मेवार कमरेडहरु क्रान्तिकारी लफ्फाजीको लुतोले ग्रसित भए । कन्याउँदा–कन्याउँदा औडाहाले असह्य भएर “एकता असफल” भएको घोषणा गरे । लुतोको औडाहाले प्रकट भएको यो वाक्यांशलाई “दुरदर्शी संश्लेषण” भनी आफ्नो विस्तारित बैठकमा आत्मप्रसशां गरेका छन् । यसभित्र जनतामाझ एकता विरोधी भइने डर छिपाइएको छ । सार र रुप नमिलेको नाम राखेका कन्चनले यो क्रान्तिकारी लफ्फाजीको लुतोले ग्रस्त लुते गुटको नेतृत्व गरेका छन् । आफूलाई वैज्ञानिक समाजवादी, क्रान्तिकारी, रुपान्तरणकारी र माक्र्सवादको पण्डित ठान्ने “सृजनशील माक्र्सवादी” ले आफूले बोलेको कुरालाई ब्रह्म वाक्य ठान्दै कहिल्यै पनि टसको मस गर्न नयार हुँदैनन् । उनले क. किरणलाई जडसुत्रवादी, संसदवादी, पुरातनपंथी, संकीर्णतावादी आदि आरोप लगाएर ‘अह्राई बुद्धि, सिधाई सामल कति होला फारो’ भन्ने नेपाली उखानलाई पुस्टि गरेका छन् । सारमा केही सहमति गरेर भएपनि क. किरण नेतृत्वको पार्टीले एकतालाई जोगाउन चाहन्थ्यो भने कञ्चन मण्डलीले एकतालाई भाँड्न चाहन्थ्यो भन्ने कुरा उनीहरुको व्यवहारले पुष्टि ग¥यो ।
कन्चन गुट फुटवादी नै हो । नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच एकता भएको केही दिनपछि कन्चनले पूर्व बहुमतको कार्यालयको अलग बैठकलाई निरन्तरता दिने प्रस्ताव ल्याएका थिए । मैले आवश्यकता प¥यो भने नेतृत्वको स्वीकृतिमा बसौंला, तर निरन्तर बस्नु एकताविरोधी क्रियाकलाप हुन्छ भनेको थिऐँ । कन्चनले केहीलाई लिएर अलग बस्ने र गुटबन्दीजन्य क्रियाकलापमा संलग्न भइरहेको पनि पुष्टि भएको छ । विभिन्न जनवर्गीय संगठनहरुमा रहेका, पार्टी एकता मन नपराएका र वाध्यात्मक अवस्थामा संगठनमा रहेकाहरुबाट ‘अह्रराई बुद्धि सिधाई सामल’ को नीति अनुसार फुटको बीउ छर्ने काम भइरहेको प्रस्ट देखिएको थियो । यसबाट पार्टी र जवसका केही व्यक्तिहरु प्रभावित त छँदै थिए, त्यसमा बाह्य तत्वको पनि मिसावट भयो । दोस्रो पटक कन्चन म कहाँ आएर बैठक बस्ने प्रस्ताव ल्याए । उनले ‘किरणजीहरु आफ्नो पूर्व पार्टीको बैठक बसिरहनुभएको छ । हामी पनि बसांै, केही फरक पर्दैन भनी प्रस्ताव राखे । मैले ‘अब कसैले पनि यसरी पूर्व समूहको बैठकलाई निरन्तरता दिनु गुटबन्दी हुन्छ भनिदिऐँ । यसले उनको गुटवादी चिन्तनमाथि ठक्कर दिएको थियो । त्यतिबेलासम्म उनी नेतृत्वको महत्वकाङक्षाले ग्रस्त भइसकेका थिए । यसपछि उनले अपारदर्शी भेटघाट, पूर्वसमुहको बैठक, अराजक दौडधुप र पार्टीको संस्थागत निर्णय विरुद्धका वक्तव्यबाजी गर्न थाले । भर्खरै विद्रोह गरेको पूर्व पार्टी नेकपाका नेताहरुसँग नियमित सम्पर्कमा रहे । एकता पछि नेतृत्वको सल्लाहविना नै यो सबै भइरहेको थियो । पूर्ब (बहुमत) को भेलामा अस्वीकृत भइसकेको ‘कार्यकारी राष्ट्रपतिको चुनाव’ जस्तो संसदवादी नारा पनि उनले भट्याई नै रहे । माओवादी केन्द्र निकट ‘ज्ञान केन्द्र’ ले आयोजना गरेको एक अन्तरक्रियामा ‘म पनि राष्ट्रपतिको उम्मेद्धार हुँ’ भन्ने संसदवादी उद्घोष गरे । यसले माधव र प्रचण्डहरुलाई खुशी तुल्याएको थियो किनभने उनीहरुको समर्थक बढ्यो । उनीसहितको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कार्य सम्पादन मण्डलको पछिल्लो बैठकमा समेत प्रचण्डप्रति नतमस्तक हुँदै ‘हिजो सदनमा प्रचण्डले कार्यकारी राष्ट्रपतिको नारा उठाए’ भन्दै खुशी प्रकट गरिरहेका थिए । प्रवक्ताको हैसियतले दिएको एउटा वक्तव्यमा उनले भनेका थिए–‘एमसीसी सम्झौता संसदले पारित गरेको होइन, शेरबहादुर देउवा र प्रचण्ड पनि यसका विरोधी हुन्’ भन्ने कुरा लेखी दिउसै रात पार्ने काम गरेका थिए । जसले गर्दा उनी ठाउँ ठाउँमा पङ्गु भएका थिए । उनी वास्तवमा वैज्ञानिक समाजवादको क्रान्तिकारी लफ्फाजीभित्र लुकेका दक्षिणपंथी संशोधनवाद परस्त प्रवृत्तिका प्रतिनिधि हुन् ।
श्री कन्चन वैज्ञानिक समाजवादको विषयमा कुनै ज्ञान भएका व्यक्ति होइनन् । यो उनले प्रस्तुत गरेको वैज्ञानिक समाजवाद सम्बन्धि प्रस्तावबाट पुष्टी हुन्छ । एङ्गेल्सले हामीलाई मार्गदर्शन गर्दै आफ्नो प्रसिद्ध कृति ‘ड्युहरिङ मतखण्डन’ मा भन्नुभएको छ–“सामाजिक परिवर्तन र राजनीतिक क्रान्तिका अन्तिम कारणहरु मानिसको दिमागमा, मानिसको साश्वत सत्य र न्याय सम्बन्धी अन्तरदृष्टिमा खोज्न हुँदैन, बरु उत्पादन प्रणाली र विनिमयका परिवर्तनहरुमा खोज्नुपर्दछ । तिनलाई दर्शनशास्त्रमा होइन, बरु हरेक विशिष्ट युगको अर्थशास्त्रमा खोज्नुपर्दछ” –प्रगति प्रकाशन मस्कोद्वारा १९८७ मा प्रकाशित माक्र्स–एंगेल्स संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ २५, पृ.२५४ । यो माक्र्सवादी सश्लेषण अनुसार राजनीतिक कार्यदिशा वा सामाजिक परिवर्तनको कार्यदिशा श्री कन्चन वा क. किरणको दिमागमा खोजेर पाइदैन । ती चीज दर्शनशास्त्रमा पनि भेटिनैनन् । क्रान्तिको कार्यदिशा उत्पादन प्रणाली र विनिमयका परिवर्तनहरुमा खोज्नुपर्दछ, हरेक विशिष्ट युगको अर्थशास्त्रमा खोज्नुपर्दछ । हाम्रो पार्टीको अनुसन्धान टोलीले अनुसन्धान गरेको र पार्टीले हासिल गरेको ज्ञान भनेको नेपालको अर्थ सामाजिक स्थिति नव औपनिवेशिक रहेको छ । यसरी नै नेपालको अर्थ राजनीतिको विश्लेषण गर्दा, अर्थात् वर्गविश्लेषण गर्दा दलाल तथा नोकरशाही पूँजीपतिवर्ग र नेपाली श्रमजीवी तथा शोषित उत्पीडितवर्गविचको अन्तरविरोध नै प्रधान अन्तरविरोध हो । यो कुरा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा एकताबद्ध पूर्व तीन पार्टीले नै स्वीकृत गरेका छन् । ऐतिहासिक जनयुद्ध र जनान्दोलनबाट आएको मात्रात्मक परिवर्तन; भूमण्डलीकृत साम्राज्यवादको अति केन्द्रीकरण तथा अति एकाधिकारवाद; विकेन्द्रीत उत्पादन र केन्द्रीकृत वितरण, उत्पादन प्रणालीमा विज्ञान र प्रविधिको संयोजन; अर्थ निर्देशित राजनीतिको कारणले वैज्ञानिक समाजवाद सन्निकट छ । प्रधान अन्तरविरोध नेपाली श्रमजीवी तथा शोषित–उत्पीडित जनता र दलाल तथा नोकरशाही पूँजीवादका बीच हो भन्ने कुरामा विवाद छैन भने क्रान्तिको प्रक्रिया त दलाल पूँजीवादलाई कब्जा गर्नेतिरबाट शुरु हुन्छ । दलाल पूँजीवादलाई कब्जा गरेर राष्ट्रिय पुँजीमा परिणत गर्ने भनेकै नयाँ जनवादी क्रान्तिको खुड्किलो हो । यसो गर्ने भनेको फेरि लेनिन र स्टालिनले रुसको वैज्ञानिक समाजवादी क्रान्तिका सन्दर्भमा भने जस्तै फेरि ‘नयाँ आर्थिक नीति’ मा फर्कनुपर्ने स्थिति नआओस् भनेको हो । दलाल तथा नोकरशाही पूँजी र यसको केन्द्रीय अभिव्यक्ति दलाल संसदीय व्यवस्था कब्जा गरिसकेपछि हामी नयाँ जनवाद (पुँजीवाद) मा बस्दैनौं । हामी समाजवादमा संक्रमण गर्दछौं ।
कन्चन गुट फुटवादी नै हो । नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच एकता भएको केही दिनपछि कन्चनले पूर्व बहुमतको कार्यालयको अलग बैठकलाई निरन्तरता दिने प्रस्ताव ल्याएका थिए । मैले आवश्यकता प¥यो भने नेतृत्वको स्वीकृतिमा बसौंला, तर निरन्तर बस्नु एकताविरोधी क्रियाकलाप हुन्छ भनेको थिऐँ । कन्चनले केहीलाई लिएर अलग बस्ने र गुटबन्दीजन्य क्रियाकलापमा संलग्न भइरहेको पनि पुष्टि भएको छ । विभिन्न जनवर्गीय संगठनहरुमा रहेका, पार्टी एकता मन नपराएका र वाध्यात्मक अवस्थामा संगठनमा रहेकाहरुबाट ‘अह्रराई बुद्धि सिधाई सामल’ को नीति अनुसार फुटको बीउ छर्ने काम भइरहेको प्रस्ट देखिएको थियो । यसबाट पार्टी र जवसका केही व्यक्तिहरु प्रभावित त छँदै थिए, त्यसमा बाह्य तत्वको पनि मिसावट भयो । दोस्रो पटक कन्चन म कहाँ आएर बैठक बस्ने प्रस्ताव ल्याए । उनले ‘किरणजीहरु आफ्नो पूर्व पार्टीको बैठक बसिरहनुभएको छ । हामी पनि बसाैँ, केही फरक पर्दैन भनी प्रस्ताव राखे । मैले ‘अब कसैले पनि यसरी पूर्व समूहको बैठकलाई निरन्तरता दिनु गुटबन्दी हुन्छ भनिदिऐँ । यसले उनको गुटवादी चिन्तनमाथि ठक्कर दिएको थियो । त्यतिबेलासम्म उनी नेतृत्वको महत्वकाङक्षाले ग्रस्त भइसकेका थिए । यसपछि उनले अपारदर्शी भेटघाट, पूर्वसमुहको बैठक, अराजक दौडधुप र पार्टीको संस्थागत निर्णय विरुद्धका वक्तव्यबाजी गर्न थाले । भर्खरै विद्रोह गरेको पूर्व पार्टी नेकपाका नेताहरुसँग नियमित सम्पर्कमा रहे । एकता पछि नेतृत्वको सल्लाहविना नै यो सबै भइरहेको थियो । पूर्ब (बहुमत) को भेलामा अस्वीकृत भइसकेको ‘कार्यकारी राष्ट्रपतिको चुनाव’ जस्तो संसदवादी नारा पनि उनले भट्याई नै रहे । माओवादी केन्द्र निकट ‘ज्ञान केन्द्र’ ले आयोजना गरेको एक अन्तरक्रियामा ‘म पनि राष्ट्रपतिको उम्मेद्धार हुँ’ भन्ने संसदवादी उद्घोष गरे । यसले माधव र प्रचण्डहरुलाई खुशी तुल्याएको थियो किनभने उनीहरुको समर्थक बढ्यो । उनीसहितको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कार्य सम्पादन मण्डलको पछिल्लो बैठकमा समेत प्रचण्डप्रति नतमस्तक हुँदै ‘हिजो सदनमा प्रचण्डले कार्यकारी राष्ट्रपतिको नारा उठाए’ भन्दै खुशी प्रकट गरिरहेका थिए । प्रवक्ताको हैसियतले दिएको एउटा वक्तव्यमा उनले भनेका थिए–‘एमसीसी सम्झौता संसदले पारित गरेको होइन, शेरबहादुर देउवा र प्रचण्ड पनि यसका विरोधी हुन्’ भन्ने कुरा लेखी दिउसै रात पार्ने काम गरेका थिए । जसले गर्दा उनी ठाउँ ठाउँमा पङ्गु भएका थिए । उनी वास्तवमा वैज्ञानिक समाजवादको क्रान्तिकारी लफ्फाजीभित्र लुकेका दक्षिणपंथी संशोधनवाद परस्त प्रवृत्तिका प्रतिनिधि हुन् ।
श्री कन्चन वैज्ञानिक समाजवादको विषयमा कुनै ज्ञान भएका व्यक्ति होइनन् । यो उनले प्रस्तुत गरेको वैज्ञानिक समाजवाद सम्बन्धि प्रस्तावबाट पुष्टी हुन्छ । एङ्गेल्सले हामीलाई मार्गदर्शन गर्दै आफ्नो प्रसिद्ध कृति ‘ड्युहरिङ मतखण्डन’ मा भन्नुभएको छ–“सामाजिक परिवर्तन र राजनीतिक क्रान्तिका अन्तिम कारणहरु मानिसको दिमागमा, मानिसको साश्वत सत्य र न्याय सम्बन्धी अन्तरदृष्टिमा खोज्न हुँदैन, बरु उत्पादन प्रणाली र विनिमयका परिवर्तनहरुमा खोज्नुपर्दछ । तिनलाई दर्शनशास्त्रमा होइन, बरु हरेक विशिष्ट युगको अर्थशास्त्रमा खोज्नुपर्दछ” –प्रगति प्रकाशन मस्कोद्वारा १९८७ मा प्रकाशित माक्र्स–एंगेल्स संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ २५, पृ.२५४ । यो माक्र्सवादी सश्लेषण अनुसार राजनीतिक कार्यदिशा वा सामाजिक परिवर्तनको कार्यदिशा श्री कन्चन वा क. किरणको दिमागमा खोजेर पाइदैन । ती चीज दर्शनशास्त्रमा पनि भेटिनैनन् । क्रान्तिको कार्यदिशा उत्पादन प्रणाली र विनिमयका परिवर्तनहरुमा खोज्नुपर्दछ, हरेक विशिष्ट युगको अर्थशास्त्रमा खोज्नुपर्दछ । हाम्रो पार्टीको अनुसन्धान टोलीले अनुसन्धान गरेको र पार्टीले हासिल गरेको ज्ञान भनेको नेपालको अर्थ सामाजिक स्थिति नव औपनिवेशिक रहेको छ । यसरी नै नेपालको अर्थ राजनीतिको विश्लेषण गर्दा, अर्थात् वर्गविश्लेषण गर्दा दलाल तथा नोकरशाही पूँजीपतिवर्ग र नेपाली श्रमजीवी तथा शोषित उत्पीडितवर्गविचको अन्तरविरोध नै प्रधान अन्तरविरोध हो । यो कुरा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा एकताबद्ध पूर्व तीन पार्टीले नै स्वीकृत गरेका छन् । ऐतिहासिक जनयुद्ध र जनान्दोलनबाट आएको मात्रात्मक परिवर्तन; भूमण्डलीकृत साम्राज्यवादको अति केन्द्रीकरण तथा अति एकाधिकारवाद; विकेन्द्रीत उत्पादन र केन्द्रीकृत वितरण, उत्पादन प्रणालीमा विज्ञान र प्रविधिको संयोजन; अर्थ निर्देशित राजनीतिको कारणले वैज्ञानिक समाजवाद सन्निकट छ । प्रधान अन्तरविरोध नेपाली श्रमजीवी तथा शोषित–उत्पीडित जनता र दलाल तथा नोकरशाही पूँजीवादका बीच हो भन्ने कुरामा विवाद छैन भने क्रान्तिको प्रक्रिया त दलाल पूँजीवादलाई कब्जा गर्नेतिरबाट शुरु हुन्छ । दलाल पूँजीवादलाई कब्जा गरेर राष्ट्रिय पुँजीमा परिणत गर्ने भनेकै नयाँ जनवादी क्रान्तिको खुड्किलो हो । यसो गर्ने भनेको फेरि लेनिन र स्टालिनले रुसको वैज्ञानिक समाजवादी क्रान्तिका सन्दर्भमा भने जस्तै फेरि ‘नयाँ आर्थिक नीति’ मा फर्कनुपर्ने स्थिति नआओस् भनेको हो । दलाल तथा नोकरशाही पूँजी र यसको केन्द्रीय अभिव्यक्ति दलाल संसदीय व्यवस्था कब्जा गरिसकेपछि हामी नयाँ जनवाद (पुँजीवाद) मा बस्दैनौं । हामी समाजवादमा संक्रमण गर्दछौं ।
कन्चन मण्डलीले नयाँ जनवाद र वैज्ञानिक समाजवादलाई अलग–अलग रुपमा बुझनु र बुझाउन खोज्नु नै फुटवादको बिउ रोप्नु हो । नेपालमा नेपाली काँग्रेसले भन्ने गरेको प्रजातान्त्रिक समाजवाद दलाल पूँजीवादी समाजवाद हो । यो स्पस्ट नै छ । नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ जनवाद होइन, अब समाजवाद भन्नुपर्दछ र यो कार्यक्रम अघि बढाउनु पर्छ भन्ने रोहित नेतृत्वमा रहेको नेमकिपाले वि.स. २०४७ देखि समाजवाद भन्दै आएको छ । त्यसपछि चैतन्य मिश्र र घनश्याम भुसालले नेपालमा पूजीवाद आइसकेको हुनाले समाजवादी क्रान्तिको कार्यक्रम हुनुपर्दछ भन्ने निस्कर्ष निकाले । यो समाजवादको बाटो एमाले र एकिकृत समाजवादीले लिएका छन् । यो कार्यदिशा घनश्याम भुसालको हो । तर यो वास्तवमा वर्गसमन्वयमा आधारित हिजडा समाजवाद हो । प्रचण्डले घनश्यामबाट यही कार्यदिशा सापट लिएका छन् ।
क. किरणको नेतृत्वमा प्रचण्ड नेतृत्वको एनेकपा(माओवादी)बाट विद्रोह भइसकेपछि हामी केही साथीहरु मिलेर वि.सं.२०६९ को हेटाैडा महाधिवेशनका क्रममा वैज्ञानिक समाजवादको विषयमा वहस गर्न थाल्यौं । ‘अहिले वैज्ञानिक समाजवाद भन्दा साम्राज्यवादीहरुले ठूला– ठूला आँखाले हेर्न थाल्छन् । अर्कोतिर संविधानसँग तालमेल मिलाउनुपर्दछ’ भन्ने तर्क प्रचण्डले गरे । हामीले थप बहस ग¥यौं । महाधिवेशनमा हाम्रो मत राख्न दिइएन । २०७२ को चैत्रमा हामी क्रान्तिकारीहरुले ‘कम्युनिस्ट न्युक्लियस नेपाल’ गठन गरेको घोषणा ग¥यौं र २०७३ को असारमा पहिलो भेला काठमाडौँमै गरियो । वैज्ञानिक समाजवादको कार्यदिशा पहिलो पटक हामीले संश्लेषण गरेका हौं । तर त्यसमा संगति मिलेको थिएन । त्यो राजनैतिक कार्यदिशा र कार्यक्रमको एक प्रती क. किरणलाई पनि दिएका थियौं । २०७३ को भाद्र ७ गते विप्लव नेतृत्वको नेकपा माओवादीसँग हाम्रो एकता भयो । त्यहाँ लामो बहसपछि एकीकृत जनक्रान्तिलाई सामरिक कार्यदिशा र वैज्ञानिक समाजवादलाई राजनीतिक कार्यदिशा निर्धारण गर्ने सहमति भयो र त्यसपछि नयाँ जनवादको पूलसहितको वैज्ञानिक समाजवाद आठौँ महाधिवेशनबाट पारित भएको हो । २०७८ को चैत्रमा हामीले विप्लव नेतृत्वको नेकपाबाट विद्रोह ग¥यौं र २०७९ बैशाख २१ गते देखि २३ गतेसम्म सम्पन्न विशेष राष्ट्रिय भेलाबाट नयाँ जनवादी क्रान्तिको कार्यभार सहितको वैज्ञानिक समाजवाद पारित ग¥यौं । २०८० को बैशाख १७ गते नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा(बहुमत)को एकता अधिवेशनबाट नयाँ जनवादी क्रान्तिको खुड्किलो सहितको वैज्ञानिक समाजवाद पारित भयो । एक वर्षपछि १८ बैशाख २०८१ मा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा(मशाल) को एकता अधिवेशनबाट पनि यही कार्यदिशा पारित भयो । यहाँसम्म पनि हामीले नयाँ जनवादलाई वैज्ञानिक समाजवादबाट अलग गरेका छैनौं किनभने नयाँ जनवाद वैज्ञानिक समाजवादको अङ्ग हो । दोस्रो, कन्चन मण्डलीले नयाँ जनवादलाई पश्चगामी र पुरातनपंथी भनेको छ । यो सरासर गलत हो । यसलाई पश्चगामी भन्न त नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति भइसकेको हुनुपर्दछ । वैज्ञानिक समाजवादी क्रान्तिका लागि नयाँ जनवादको खुड्किलो पार गर्नैपर्दछ । नयाँ जनवादी क्रान्ति भनेको पुँजीवादी क्रान्ति हो । पुरानो जनवादी क्रान्ति पूजीपतिवर्गको नेतृत्वमा हुन्थ्यो । १९१७ को रुसी अक्टोबर क्रान्तिपछि पूँजीपति वर्ग र सामन्तीवर्ग मिल्न थाले । त्यसपछि चीनमा माओले अब कम्युनिस्ट पार्टीको नेतृत्वमा पुँजीवादी क्रान्ति गर्नुपर्ने विचार प्रतिपादन गर्नुभयो जसलाई नयाँ जनवादी क्रान्ति भनियो ।
तेस्रो, कन्चनले एकता महाधिवेशनका लागि तयार पारेको ‘समानान्तर प्रस्ताव’मा समाजवादी क्रान्ति सम्पन्न भएपछि जनताको जनवादी अधिनायकत्व लागू हुन्छ भनेका छन् । यो वैज्ञानिक समाजवादी क्रान्ति अनुरुप छैन, यो त नयाँ जनवाद अनुरुपको शासन सत्ता हो । माक्र्सले भने झैं यो उनको अज्ञानताको त्रासदी नै हो । उनले यतिसम्म अज्ञानता प्रकट गरेका छन् कि ‘चीनमा बाकुनिनले सर्वहारा अधिनायकत्व लागू हुँदैन भनी सल्लाह दिएका थिए’ । १८७६ मै मरिसकेका बाकुनिनले चीनमा आएर कसरी सल्लाह दिए, ताजुब लाग्दो कुरा छ ।
चौथो, श्री कन्चन यस्ता माक्र्सवादी सर्जक हुन् जसले एक पार्टी दुई कार्यनीतिको सिद्धान्त सिर्जना गरेका छन् । त्यसमा उनले जनवादी केन्द्रीयताको संगठन परिचालन पद्धतिले विचारहरुको निषेध गर्ने भएकोले एक पार्टी दुई कार्यनीति लागू गर्ने बताएका छन् । जनवाद भनेकै सयौँ विचारहरु फूल्न दिने स्वतन्त्रता र केन्द्रियता भनेको अराजकताको झारपात मौलाउने स्थितिलाई नियन्त्रण गर्नु हो । एक पार्टी दुई कार्यनीति चिनियाँ संशोधनवादीहरुको एक देश दुई व्यवस्थाबाट प्रेरित भएको छ । यसमा पनि उनी पूँजीवादी विचारहरुलाई निस्फिक्री चलखेल गर्न दिने पक्षमा छन् । सारमा पुँजीवादी चिनियाँ नेतृत्वले समाजवादी भनिएको चीनमा हङकङ र ताइवान अटाउनु आश्चार्यको कुरा होइन । तर एउटा क्रान्तिकारी पार्टीमा पुँजीवादी विचार र समाजवादी विचार, पूँजीवादी कार्यदिशा र वैज्ञानिक समाजवादी कार्यदिशा जस्ता शत्रुतापूर्ण विचारहरु चलखेल गर्न दिनुपर्दछ भन्नु भनेको नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र हाम्रो पार्टी एउटै बनाउँ भन्नु हो । यसले विषयलाई वर्गसमन्वयतिर लैजान्छ । बृहद् छलफल हुनुपर्दछ, तर जनवादी केन्द्रीयताको मान्यताबाट बाहिर जाँदा एमाले र माकेको के हालत भएको छ, त्यो त हाम्रै आँखा अगाडि रहेको छ । त्यसकारण ‘एक पार्टी दुई कार्यनीति’ संसदिय झ्याउकिरीको घ्याम्पो बाहेक अरु केही होइन ।
वैज्ञानिक समाजवादबारे कन्चन मण्डलीसँग सैद्धान्तिक कुरा गर्न जरुरी छ, जसको पछि यस सम्बन्धी अल्पज्ञानी साथीहरु भ्रमवस लागेका छन् । कम्युनिस्ट सिद्धान्तका प्रतिपादक र विश्व कम्युनिस्ट आन्दोलनका संस्थापक नेताहरु कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले डिसेम्बर १८४७ देखि जनवरी १८४८ सम्म तयार पारेको र फ्रवरी १८४८ मा लण्डनबाट प्रकाशित विश्वप्रसिद्ध घोषणा पत्रमा लेख्नुभएको छः
कम्युनिस्ट क्रान्ति परपम्परागत सम्पत्ति सम्बन्धहरुसँग सबभन्दा बढी क्रान्तिकारी क्रमभंगता हो । यो पनि आश्चर्यको कुरा होइन कि यस क्रान्तिको विकासको अर्थ समाजको परम्परागत विचारसँग क्रान्तिकारी सम्बन्ध विच्छेद हो” –प्रगति प्रकाशन मास्कोद्वारा १९७६ मा प्रकाशित माक्र्स–एंगेल्स संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ ६, पृ.५०४ ।
यसमा माक्र्सले समाज रुपान्तरणका लागि सुधार र आलटालको होइन, बरु तत्काल दुखे पनि चिरफारको बाटो लिनुपर्ने बताउनु भएको छ । परम्परागत सम्पत्ति सम्बन्धलाई पनि उहाँहरुले सैद्धान्तिकरुपले स्पस्ट पार्नुभएको छ । कम्युनिस्ट पार्टीको घोषणापत्रमा नै यसरी स्पस्ट पारिएको छ ।
“…कम्युनिस्ट सिद्धान्तलाई एउटै वाक्यमा नै यसरी भन्न सकिन्छ : निजी सम्पत्तिको अन्त गर्नु”–उही, पृ.४९८ ।
क्रान्तिमा हामी कसरी अघि बढ्छौ त ? माक्र्स–एङगेल्स अझ अघि बढेर भन्नुहुन्छ :
“….मजदुर वर्गीय क्रान्तिको पहिलो कदममा सर्वहारा वर्गलाई उठाएर शासक वर्गको आसनमा राख्नुपर्दछ र जनवादको लडाई जित्नुपर्छ”–उही,पृ.५०४ ।
यो लडाई कसरी लड्ने उहाँले सिकाउनु भएको छ :
“सर्वहारावर्गले आफ्नो राजनीतिक प्रभुत्व पूँजीपतिवर्गबाट विस्तारै सम्पूर्ण पूँजी खोस्न, उत्पादनका सम्पूर्ण साधनहरु सर्वहारा राज्यको हातमा केन्द्रीत गर्न र सम्भव भएसम्म तीव्रतापूर्वक समग्र उत्पादक शक्तिलाई बृद्धि गर्न प्रयोग गर्नेछ ।
“बास्तवमा, प्रारम्भमा यो कार्य सम्पत्तिको अधिकार र पूँजीवादी उत्पादनको अवस्थामाथि निर्मम हमला नगरीकन प्रभावकारी हुँदैन, त्यसकारण यस्तो उपायविना यो आर्थिक रुपमा नै अपर्याप्त र अव्यावहारिक हुन्छ, तर आन्दोलनको प्रक्रियामा यसले आफ्नो सिमा नाघ्नेछ, पुरानो समाज व्यवस्थामाथि अझ गहिरो भेदन अपरिहार्य हुनेछ र समग्र रुपले क्रान्तिकरण हुँदै गएको उत्पादन प्रणालीका साधनहरु अपरिहार्य हुनेछन् ।
“निश्चय नै यी उपायहरु भिन्न–भिन्न देशहरुमा भिन्न–भिन्नै हुनेछन”–उही, पृ.५०४–५०५ ।
पछिल्लो वाक्यले हरेक देशमा हुने क्रान्ति एउटै तरिकाले हुँदैनन् भन्ने माक्र्सको परिपक्व विचारलाई प्रदर्शन गर्दछ ।
अन्तमा घोषणापत्र सुन्दर ढंगले घोषणा गर्दछ :
“कम्युनिस्टहरुले आफ्नो दृष्टिकोण र उद्देश्य लुकाउनु आफ्नो सानको विपरित ठान्दछन् । उनीहरु खुलेआम के घोषणा गर्दछन् भने तिनका उद्देश्यहरु सम्पूर्ण विद्यमान सामाजिक अवस्थालाई बलपूर्वक भत्काएपछि मात्र पूरा हुनसक्छन् । शासकवर्गलाई कम्युनिस्ट क्रान्तिको भयले काँप्छन् भने काँप्न दिनुस् । सर्वहारा वर्गसँग गुमाउनका लागि हत्कडी बाहेक केही छैन । उनीहरुसँग जित्नका लागि सारा संसार छ”–उही, पृ.५१९।