काभ्रेको बनेपामा अखिल (क्रान्तिकारी) को शैक्षिक संघर्ष अभियान सुरू

प्रदिप अस्थानी,बनेपा, काभ्रे : अखिल (क्रान्तिकारी) द्वारा सञ्चालन गरिएको जागरण तथा शैक्षिक संघर्ष अभियान–२०८२ काभ्रे जिल्लामा व्यापक ढंगले सुरु भएको छ। विद्यार्थी र युवा वर्गका ज्वलन्त समस्या –जस्तै पुँजी पलायन, बेरोजगारी, युवा र विद्यार्थीको विदेश पलायन—लाई मुख्य एजेन्डा बनाउँदै अभियान काभ्रेको विभिन्न विद्यालय र क्याम्पसहरूमा सञ्चालन भइरहेको छ।

अभियान अन्तर्गत बनेपाका विद्यालय र क्याम्पसहरूमा पुगेर विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट र संवाद गरिनुका साथै उनीहरूलाई संगठनमा आबद्ध गराउने कार्य तीव्र रूपमा अगाडि बढाइएको छ। शैक्षिक जागरण अभियानको नेतृत्व विद्यार्थी नेता तथा अभियान कमान्डर नेत्र शाहीले गरिरहेका छन्। उनीसँगै सचिवालय सदस्यहरू महेन्द्र ओली, मनोज थापा, अर्जुन विक, संगीन लगायतका नेताहरूले अभियान सञ्चालनमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।अभियान एक हप्ता सम्म संचालन हुने जानकारी विद्यार्थी नेता तथा १० नं. संयोजक महेन्द्र ओलीले दिएका छन्। विद्यार्थी नेताहरूले विद्यालयमा संवादका क्रममा भनेका छन्, संघर्ष विना निःशुल्क शिक्षा सम्भव छैन । वर्तमान राज्य व्यवस्थाले शिक्षा बजारीकरण गरिरहेको र जनताका सन्तानलाई शिक्षाबाट वञ्चित गरिरहेको अवस्थामा वैकल्पिक शैक्षिक आन्दोलन अपरिहार्य भएको उनीहरूले जोड दिएका छन्।शैक्षिक अभियानमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रे जिल्लाका नेताहरू—ढोग प्रसाद अधिकारी, प्रदीप अस्तानी, कान्छामान थिङ र रबिन चौलागाई लगायत नेताहरु अभियानमा सहयोग गरिरहनु भएको छ ।


यस अभियानले स्थानीय तहमा शिक्षा, रोजगारी र समान अवसरका सवालहरू उठाउँदै विद्यार्थीलाई संगठित गर्ने लक्ष्य राखेको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?