क्रान्तिकारी सुकुम्बासी सङ्घले भूमि बैङ्क तथा सुकुम्वासी समस्याका विरुद्ध संघर्ष गर्ने

काठमाडौं : क्रान्तिकारी सुकुम्बासी सङ्घ नेपालको प्रथम राष्ट्रिय भेला यही साउन १५ र १६ गते कास्की जिल्लाको सुन्दर नगरी पोखरामा सम्पन्न भएको थियो । राष्ट्रिय भेलाका निणर्यहरुका जानकारी गराउँदै संघका नवनिर्वाचित संयोजक भीम चापागाईंले २०८२ श्रावण १९ गते एक प्रेस वक्तव्य जारी गर्नू भएको छ । वक्तव्यमा क्रान्तिकारी सुकुम्बासी सङ्घ नेपालले भूमि बैङ्कसम्बन्धी विधेयक तथा सुकुम्वासी समस्याका विरुद्ध संघर्ष गर्ने जनाइएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –

“क्रान्तिकारी सुकुमबासी सङ्घ नेपालको प्रथम राष्ट्रिय भेला यही साउन १५ र १६ गते कास्की जिल्लाको सुन्दर नगरी पोखरामा सम्पन्न भएको छ । साउन १५ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वरिष्ठ पोलिटब्युरो सदस्य तथा फ््रयाक्सन इन्चार्ज कमरेड सीताराम तामाङले मैनबत्ती बालेर भेलाको उद्घाटन गर्नुभएको थियो । भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार कमरेड रामजी थापा, ७ नम्बर ब्युरोका इन्चार्ज कमरेड केशर परियारको उपस्थितिका रहेको थियो । साथै, उक्त भेलामा पार्टी केन्दीय समितिका सदस्यहरू तथा जवस मोर्चाको प्रतिनिधिहरूको पनि बाक्लो उपस्थिति रहेको थियो । उद्घाटन सत्रको अध्यक्षता क्रान्तिकारी सुकुमबासी सङ्घका केन्द्रीय संयोजक भीम चापागाईंले गर्नुभएको थियो भने उद्घोषण क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेपालका वैकल्पिक पोलिटब्युरो सदस्य तथा ७ नं. ब्युरो सचिव नारायाण अधिकारीेले गर्नुभएको थियो । भेलामा अतिथि तथा प्रतिनिधिहरूलाई कमरेड सन्ध्या प्रधानले मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो ।
१. सर्वप्रथम देश र जनताका मुक्तिका लागि महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन र जनताका सबै किसिमका मुक्ति आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।
२. कमरेड भीम चापागाईंको अध्यक्षतामा बन्दसत्र सञ्चालन भयो । उक्त बन्दसत्रमा संयोजक भीम चापागाईंद्वारा अन्तरिम विधान तथा घोषणापत्र पेश भयो । विधान तथा घोषणापत्रमाथि व्यापक छलफल गरी आएका सुझावसहित पारित गरियो ।
३. कमरेड भीम चापागाईंको संयोजकत्वमा २१ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समितिको प्यानल पारित गरियो । क्रान्तिकारी सुकुमबासी सङ्घ नेपालको प्रथम राष्ट्रिय भेलाद्वारा निर्वाचित २१ सदस्यीय केन्द्रीय समिति यस प्रकार रहेको छ– संयोजक भीम चापागाईं, केन्द्रीय सचिवालय सदस्यहरू– हिमलाल वाग्ले, गङ्गा गुरुङ, तिलक विक, सन्ध्या प्रधान, युवराज न्यौपाने, देवी थापा तथा केन्द्रीय सदस्यहरू– पवन गुरुङ, चक्रबहादुर खत्री, सृजना शाक्य, रामप्रसाद कँडेल र उदय पराजुलीलगायत हुनुहुन्छ ।
४. क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वरिष्ठ पोलिटब्युरो सदस्य सीताराम तामाङले राष्ट्रिय सम्मेलन अयोजक समितिलाई क्रान्तिकारी सुकुमबासीहरूले अपनाउनुपर्ने मार्गनिर्देशक सिद्धान्त मालेमावाद र समसामयिक विषयमा प्रशिक्षण गर्नुभयो ।
५. क्रान्तिकारी सुकुम्बासी सङ्घ नेपालको प्रथम राष्ट्रिय भेलाद्वारा नेपाल सरकारले ल्याएको भूमि बैङ्कसम्बन्धी विधेयक र सुकुमबासी, भूमिहीन तथा अव्यवस्थित बसोबासका विषयमा यथाशीघ्र काठमाडौँ बृहत् अन्तरक्रिया कार्य गर्ने निर्णय पनि लिइएको छ । साथै, यसबारे देश्व्यापी रूपमा सङ्घर्ष गर्ने निर्णय पनि लिइएको छ ।
६. क्रान्तिकारी सुकुमबासी सङ्घको ब्युरो, जिल्ला हुँदै स्थानीय तहको एकाइसम्म नै सङ्गठनात्मक विस्तारका लागि आ–आफ्नो सापेक्षतामा भेला सम्मेलन गर्ने निर्णय पनि लिइएको छ ।
७. भारतलगायत दक्षिण एसियामा सुकुमबासी, भूमिहीन तथा अव्यवस्थित बसोबाससम्बन्धी विकराल समस्याबारे भेलाले गम्भीर चिन्ता व्यक्त गर्दै यसका निमित्त सम्पूर्ण अन्तर्राष्ट्रिय ऐक्यबद्धता पनि जाहेर गरेको छ ।”

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?