क्रान्तिकारी युवा सङ्घ नेपालले दियो अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना

काठमाडौं : क्रान्तिकारी युवा संघ नेपालले आज १२ अगस्टका दिन युवा दिवसको सन्दर्भमा शुभकामना वक्तव्य प्रकाशित गरेको छ। सङ्घका केन्द्रीय संयोजक सूर्य तिमिल्सिना (जीवित)द्वारा जारी उक्त वक्तव्यमा युवाहरूले केवल युवा दिवसलाई दिवसको रुपमा मात्रै नमनाएर भ्रष्टाचार,कमिसन, सुदखोरी, का विरुद्ध संघर्ष अगाडि बढाउनुपर्ने र स्वतन्त्रता, समानताका लागि संघर्ष गर्नुपर्ने समेत वक्तव्यमा उल्लेख गर्नुभएको छ ।
वक्तव्यमा लेखिएको छ –

“विगत १९९९ अगस्ट १२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभरका युवाहरूले आफ्नो अधिकार,न्याय, समानता, क्षमता र जिम्मेवारीको चर्चा गर्दै अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आइरहेका छन् । नेपालका युवाहरूले पनि २००४ देखि यो अन्तर्राष्ट्रिय युवा दिवस मनाई आई रहेका छौं । अव हामीले केवल उत्सवकारूपमा मात्रै नभई सङ्घर्ष र रूपान्तरणको दिनका रूपमा मनाउने दृढ संकल्प गर्नुपर्दछ। आज देशमा व्याप्त बेरोजगारी श्रमको मूल्यहीन अवस्था, शिक्षा र रोजगारी बीचको खाडल जटिल रुपमा रहेको छ भने अर्कोतिर शिक्षा र रोजगारीको निम्ति विदेश पलायन, देशभित्र आर्थिक र सामाजिक विभेद र राजनीतिक अवसरको अभाव जस्ता गम्भीर समस्यामा युवा साथै आम नेपाली जनता परेका छन् । यी समस्या केवल व्यक्तिगत मात्र होइनन्, संरचनागत र वर्गीय छन्। जसको समाधानको लागि युवाहरूले सचेत ढंगले संगठित र क्रान्तिकारी वर्ग संघर्ष अपरिहार्य रहेको छ। क्रान्तिकारी युवा संघ नेपाल यस अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण क्रान्तिकारी, प्रगतिशील,देशभक्त,जनवादी युवाहरुलाई हार्दिक शुभकामना सहित आह्वान गर्दछ कि महङ्गी, भ्रष्टाचार, कमिसनतन्त्र , कालोबजारी, तस्करी, सुदखोर, बैंक तथा लघु वित्तीय सहकारी मिटर ब्याजी लगायत जनतालाई लुट्ने ठगी गर्नेहरूको विरुद्धमा संगठित भई सामाजिक रुपमा बहिष्कार गरौं र दलाल अपराधीहरुबाट यो देशको राज्य सत्ता आफ्नो हातमा लिउँ। सामाजिक न्याय समानता स्वाधिनता सुशासन र समृद्धि सहितको संघीय जनगणतन्त्र स्थापनाको निम्ति क्रान्तिकारी युवा संघ नेपालको झण्डामा गोलबन्द हुन हार्दिक अनुरोध गर्दछौँ । ”

By जन बिहानी

Related Posts