सरकारलाई बुझायो क्रान्तिकारी सुकुमबासी संघ नेपालले ज्ञापनपत्र
काठमाडौँ : क्रान्तिकारी सुकुमबासी संघ नेपालले सुकुमबासीहरूको समस्या समाधानका निम्ति चार बुँदामा माग राखी भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । मङ्गलबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी सुकुमबासी संघ नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक भीम चापागाईंद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्र क्रान्तिकारी सुकुमबासी संघ नेपालका संयोजक भिम प्रसाद चापागाईं, सचिवालय सदस्यहरू हिमलाल वाग्ले, युवराज न्यौपाने, तिलक बहादुर बिश्वकर्मा र गङगा गुरुङले बुझाएका हुन् । ज्ञापनपत्रमा भनिएको छ, ‘नेपालको क्रान्तिकारी तथा परिवर्तनकारी आन्दोलनमा क्रान्तिकारी सुकुमबासी सङ्घ नेपाल एक अग्रदस्ताको रूपमा आम नेपाली जनसमुदाय र भूमिहीन सुकुमबासी, दलित, किसान र मजदुरका बिचमा सङ्घर्ष गर्दै आइरहेको सङ्गठन हो…