संयुक्त संघर्ष समितिले गर्याे निर्वाचन बहिस्कार आन्दोलनको दुई चरणका कार्यक्रम घोषणा

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल नेतृत्वको केन्द्रीय संयुक्त संघर्ष समितिले निर्वाचन बहिस्कार आन्दोलनको दुई चरणका कार्यक्रमहरु घोषणा गरेको छ ।
संयोजक गजुरेलले जारी गरेको वक्तव्यमा पहिलो चरणमा क) फागुन ८ देखि १२ गतेसम्म आगामी संसदीय निर्वाचन बहिष्कारको पक्षमा गाउँ, टोल र वडासम्म पर्चा वितरण, घरदैलो र कोणसभाहरु गर्ने । र, दोस्रो चरणमा– ख) फागुन १३ देखि १८ गतेका बीचमा स्थानीय अनुकूलता हेरी इटहरि, जनकपुर, चितवन, काठमाण्डौ, बुटवल, दाङ्, बर्दिया, धनगढी लगायतका शहरहरुमा बहिष्कार सभाहरु आयोजना गर्ने । कार्यक्रम तय गरिएको उल्लेख गरिएको छ ।
वक्तव्यमा सुशीला कार्की नेतृत्वको कठपुतली सरकारद्वारा गरिएको धर्मेन्द्र बास्तोला र ऋषि कट्टेलको गिरफ्तारीको विरोध गर्दै उहाँहरुको अविलम्ब रिहाइको माग गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “आज फागुन ७ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध केन्द्रीय संयुक्त सङ्घर्ष समितिको बैठक बस्यो । बैठकले लिएका निर्णयहरु सार्वजनिक गर्न यो प्रेस–विज्ञप्ति जारी गरिएको छ ।
१. बैठकले सुशीला कार्की नेतृत्वको कठपुतली सरकारद्वारा गरिएको कमरेड धर्मेन्द्र बास्तोला र कमरेड ऋषि कट्टेलको गिरफ्तारीको विरोध गर्दै उहाँहरुको अविलम्ब रिहाइको माग ग¥यो ।
२. बैठकले निर्वाचन बहिष्कार आन्दोलनको दुई चरणका कार्यक्रम तय गरेको छ ।
क) फागुन ८ देखि १२ गतेसम्म आगामी संसदीय निर्वाचन बहिष्कारको पक्षमा गाउँ, टोल र वडासम्म पर्चा वितरण, घरदैलो र कोणसभाहरु गर्ने ।
ख) फागुन १३ देखि १८ गतेका बीचमा स्थानीय अनुकूलता हेरी इटहरि, जनकपुर, चितवन, काठमाण्डौ, बुटवल, दाङ्, बर्दिया, धनगढी लगायतका शहरहरुमा बहिष्कार सभाहरु आयोजना गर्ने ।
क्रान्तिकारी अभिवादन सहित !
मिति : फागुन ७, २०८२
संयोजक
केन्द्रीय संयुक्त सङ्घर्ष समिति
