Blog

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे कपिलवस्तुमा विरोध कार्यक्रम सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे कपिलवस्तुमा विरोध कार्यक्रम सम्पन्न

कपिलवस्तु : भ्रष्टाचारको विरुद्धमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला संगठन समिति कपिलवस्तुको आयोजनामा ४ नम्बरमा कोणसभा सम्पन्न भएको छ । फाेटाे : जानु खड्का कार्यक्रममा कपिलवस्तु जिल्ला इन्चार्ज हिमलाल वाग्लेले सम्बोधन गर्दै भ्रष्टाचारका कारण जनताको दैनिक जीवनमा समस्या बढेर गएको बताए। लघु वित्त , सहकारी , बैंकहरुले जनतालाई उठिबास लगाएको हुनाले त्यसका विरुद्ध संघर्ष गर्नुपर्ने बताए । फाेटाे : जानु खड्का क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको एकताले श्रमजीवीहरुमा उत्साह पैदा गरेको हुनाले पार्टीलाई व्यापक जनताको वीचमा लैजानपर्ने कुरामा जोड दिए । कार्यक्रमको संचालन पार्टी जिल्ला सदस्य जुना खड्काले गरेका थिए
Read More
रुपन्देहीमा विरोध कार्यक्रम सम्पन्न

रुपन्देहीमा विरोध कार्यक्रम सम्पन्न

रुपन्देही : भ्रष्टाचार विरुद्धको अभियान तथा पार्टी एकता प्रचारात्मक कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला संगठन समिति रुपन्देहीको आयोजनामा भ्रष्टाचारका विरुद्ध विरोध कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । पार्टी केन्द्रको निर्णय अनुसार २०८१ भाद्र १७ सम्पन्न भएको कार्यक्रममा पार्टीका जिल्ला संयोजक दिपक पौडेलले राज्यका सम्पुर्ण निकायमा भ्रष्टाचार मौलाउदै गएको हुनाले भ्रष्टाचार नियन्त्रणमा जनताको दबाब आवश्यक रहेको बताएका छन् । दलाल व्यवस्था भ्रष्टहरुको व्यवस्था भएको हुनाले भ्रष्टाचारलाई व्यवस्थापन गर्न नसक्दा एक दुई व्यक्ति कार्वाहीक‍ो दायरामा आएपनि यो व्यवस्थामा भ्रष्टाचार नियन्त्रण गर्न नसकिने हुनाले दलाल व्यवस्थाको विकल्प खोज्नुपर्ने बताए । सम्पुर्ण क्रान्तिकारी शक्ति एकजुट भएर यो भ्रष्ट व्यवस्थाको विकल्प जनवादी व्यवस्था स्थापनामा लाग्नुपर्ने…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालकाे सन्धुलीमा विरोध कार्यक्रम सम्पन्न

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालकाे सन्धुलीमा विरोध कार्यक्रम सम्पन्न

सिन्धुली : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुली जिल्ला संगठन समितिको आयोजनामा सिन्धुलीमाढी मा विरोध सभा सम्पन्न भएको छ ।सिन्धुली माढीस्थित लोकतान्त्रिक चौतारीमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्ष तथा ,महंगी, कालाबजारी, तस्करी, भ्रष्टाचार र असमान सन्धि सम्झौता र राष्ट्रघाती एमसीसीको विरुद्ध भण्डाफोर गर्न विरोध सभा सम्पन्न भएको हो । विरोध सभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल राष्ट्रिय एकता महाधिवेशन आयोजक समिति सदस्य सिन्धुली जिल्ला इन्जार्च जीवनले नेपालको सबै समस्याको जड दलाल पँुजिवादी सामन्तवादी व्यवस्था रहेको बताए । यसको संरक्षक सवै संसदीय पार्टीहरू हुन त्यसैले संपूर्ण नेपाली जनता एक भै यो व्यवस्थालाई अन्त्य गरी नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादमा…
Read More

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे बाग्लुङमा मशाल जुलुस कार्यक्रम सम्पन्न

बागलुङ : बागलुङ जिल्लाको तीन ठाउँमा भाद्र १७ गते बेलुकी मसाल जुलुस गरी विरोध तथा भण्डाफोरको कार्यक्रम सम्पन्न गरिएकोछ । मशाल जुलुस पछि वक्ताहरूले आ –आफ्नो धारणा राखेका थिए । भुस्कातमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका एकता महाधिवेशन अयोजक समिति सदस्य पूर्ण गुरुङले , राङ्खानीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका एकता महाधिवेशन आयोजक समिति सदस्य मनबहादुर श्रीसले र ब्यार्थलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य रेशम गिरीले मन्तव्य राखेका थिए । वक्ताहरूले संसदीय व्यवस्था औचित्यहीन भैसकेकाले नयाँ जनवादी क्रान्तिको तयारीमा लाग्नु पर्ने बताएका थिए ।
Read More
कैलालीको अत्तरियामा विरोध कार्यक्रम सम्पन्न

कैलालीको अत्तरियामा विरोध कार्यक्रम सम्पन्न

कैलाली : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले महङ्गी मिटरव्याजको समस्या, विकृति ,विसंगति , राष्ट्रघात विरुद्ध देशव्यापीरुपम विरोध तथा भण्डाफोर सभा गर्ने क्रममा ७ न.प्रदेशमा पनि सो कार्यक्रम सम्पन्न भएकोछ । भाद्र १७ गते कैलालीको अत्तरियामा कोण सभा गर्दै सम्पन्न भएको हो । कोणसभा लाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका ७ न. प्रदेश इञ्चार्ज लालवहादुर जाग्रीले सम्वोधन गर्दै अहिले करिव छ लाख जनताको घरजग्गा विभिन्न वैङ्क तथा वित्तिय संस्थामा धितो वन्धक राखेका छन् । ऋणीले लिएको र ऋणको दोव्वर साँवा र व्याज तिरिसक्दै पनि घरजग्गा फिर्ता नगरी वैङ्कहरुले जनताको सम्पत्ति हडप्ने काम गर्दै आएका छन। सामान्य वजारमा एकहजार पर्ने पाइण्टको भाटभटेनी सुपर मार्केटमा…
Read More
एकाबिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

एकाबिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं : आज बिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ। सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर आज बिहान ६ः ११ मिनेट जाँदा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए। यो भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा समेत महशुस गरिएको छ। भूकम्पविद अधिकारीका अनुसार यो ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पकै परकम्प हो।
Read More
नवलपुर जिल्लाको दोस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

नवलपुर जिल्लाको दोस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

नवलपुर : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको नवलपुर जिल्लाको दोस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम २०८१ भदौ १५ गते सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता जिल्ला संयोजक दिपक, प्रमुख अतिथि प्रदेश इन्चार्ज प्रतिक र अतिथि सह – इन्चार्ज अनुकुल रहेका थिए । बैठकमा केन्द्रको आकस्मिक बैठक पछि विकास भएको पछिल्लो राजनीति तथा घटनाक्रमको बारेमा, ऐतिहासिक एकता महाधिवेशन सम्पन्न गर्न वैचारिक राजनीतिक कार्य, प्रचारात्मक तथा सांगठनिक कार्य साथै आर्थिक विषयहरुमा छलफल तथा निर्णय भएको छ । अन्त्यमा अध्यक्षले कार्यक्रमको समापन गरेका थिए । त्यस्तै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति तनहुँको बैठक तथा प्रशिक्षण २०८१ भदौ १३ गते सम्पन्न भएको छ ।…
Read More
भ्रष्टाचार विरुद्धको अभियान तथा पार्टी एकता प्रचारात्मक कार्यक्रम कोणसभा कार्यक्रम सम्पन्न

भ्रष्टाचार विरुद्धको अभियान तथा पार्टी एकता प्रचारात्मक कार्यक्रम कोणसभा कार्यक्रम सम्पन्न

प्यूठान : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला संगठन समिति प्यूठानको आयोजनामा २०८१ भाद्र १७ गते, प्युठानको वाग्दुलामा कोण सभा सम्पन्न भएको छ। भ्रष्टाचार विरुद्धको अभियान तथा पार्टी एकता प्रचारात्मक कार्यक्रम लेखिएको व्यानरमा उक्त कार्यक्रम सम्पन भएको हो । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सचिवालय सदस्य तथा प्युठान जिल्ला ईन्चार्ज टिकाराम पौडेल, प्युठान जिल्ला संयोजक विरबहादुर पुनले मन्तव्य राखेका थिए । जिल्ला सह – संयोजक गोपाल नेपालीले स्वागत मन्तव्य र अर्का जिल्ला सह संयोजक कमरेड गोविन्द पोख्रेलले कार्यक्रमको संचालन रहेको थियो। कार्यक्रममा वक्ताहरुले समसामयिक विषयहरु भ्रष्टाचार , महंगीको विरोध गर्नुका साथै प्राकृतिक प्रकोपहरु बाढी पहिरो डुबान जस्ता कारणबाट पीडितहरुको राहत…
Read More
ओली सरकार दलाल पुँजीवादीहरूको सरकार भएको पुष्टि  : प्रवक्ता सुदर्शन

ओली सरकार दलाल पुँजीवादीहरूको सरकार भएको पुष्टि : प्रवक्ता सुदर्शन

काठमाडौ : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय प्रवक्ता तथा केन्द्रीय कार्यालय सदस्य हेमन्त प्रकाश ओली 'सुदर्शन'ले वर्तमान ओली सरकार जनताको सरकार नभएर दलाल पुँजीवादीहरूको सरकार हो भन्ने कुरा पुष्टि भएको बताउनु भएको छ । सुदर्शन, प्रवक्ता, केन्द्रीय कार्यालय सदस्य एवं इन्चार्ज ३ नं. प्रदेश, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पार्टीले साेमबार काठमाडौमा अयोजना गरेको विरोध सभामा बोल्दै प्रवक्ता सुदर्शनले सो कुरा वताउनु भएको हो । सुदर्शनले स्पष्ट गर्नु भयो, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान काङ्ग्रेस–एमाले गठबन्धनको सरकार बनाउन रामेश्वर थापाको महत्वपूर्ण भूमिका रहेको स्वीकारेका छन् । रामेश्वर थापा दलाल पुँजीपति हुन् भन्ने कुरा दुनियाँलाई थाहा छ । काङ्ग्रेस र एमालेले आफ्नो…
Read More
दाङकाे सडकमा उत्रियाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

दाङकाे सडकमा उत्रियाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

ईश्वरीप्रसाद गैरे/घोराही,दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यक्रम अन्तरगत राष्ट्रघात, जनघात, तथा भ्रष्टाचार विरुद्ध विरोध सभा दाङमा पनि साेमबार सम्पन्न भएको छ । दाङ जिल्ला पार्टीको आयोजनामा घोराहीको तुलसीपुर चोकमा कोणसभा सम्पन्न भएको हो । उक्त कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य शशिधर भण्डारीले मुलुक अहिले गम्भीर मोडमा पुगेको र देशका शासकहरू विभिन्न अपराधिक काण्डमा मुछिएका ब्यक्तिहरूबाट राज्य सञ्चालन रहेको अबस्थामा जनताको हित अनुकूल यो सरकारले कुनै काम नगरेको बताउनुभयो । उहाँले अहिलेको सरकार मात्र होइन यो राज्य ब्यबस्था नै दलालहरूको भएकोले यिनीहरूबाट राष्ट्र, राष्ट्रियता र जनजिविकाका बारेमा केही गर्न नसक्ने कुरा राख्दै…
Read More