सिन्धुली : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुली जिल्ला संगठन समितिको आयोजनामा सिन्धुलीमाढी मा विरोध सभा सम्पन्न भएको छ ।सिन्धुली माढीस्थित लोकतान्त्रिक चौतारीमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्ष तथा ,महंगी, कालाबजारी, तस्करी, भ्रष्टाचार र असमान सन्धि सम्झौता र राष्ट्रघाती एमसीसीको विरुद्ध भण्डाफोर गर्न विरोध सभा सम्पन्न भएको हो ।
विरोध सभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल राष्ट्रिय एकता महाधिवेशन आयोजक समिति सदस्य सिन्धुली जिल्ला इन्जार्च जीवनले नेपालको सबै समस्याको जड दलाल पँुजिवादी सामन्तवादी व्यवस्था रहेको बताए ।
यसको संरक्षक सवै संसदीय पार्टीहरू हुन त्यसैले संपूर्ण नेपाली जनता एक भै यो व्यवस्थालाई अन्त्य गरी नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादमा जानु पर्ने कुरामा जोड दिए । यसले मात्रै नेपालको सवै समस्यालाई सम्बोधन गर्न सम्भव छ ।
किरणको संयोजकत्वमा गठित क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आगामि २०८१साल मङ्सिर १३गते देखि २३ गतेसम्म काठमाडौंमा एकता महाधिवेशन हुँदैछ ।
यस ऐतिहासिक महाधिवेशनमा संपूर्ण जन समुदायहरूलाई आर्थिक, भौतिक, नैतिक सवै किसिमबाट सहयोग र समर्थन जुटाई दिनुहुन पनि उनले अनुरोध गरे कोणसभालाई पार्टीका ३ नंवर प्रदेश सदस्य ढक प्रसाद देवकोटाले सञ्चालन गरेका थिए ।