रुपन्देहीमा विरोध कार्यक्रम सम्पन्न

रुपन्देही : भ्रष्टाचार विरुद्धको अभियान तथा पार्टी एकता प्रचारात्मक कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला संगठन समिति रुपन्देहीको आयोजनामा भ्रष्टाचारका विरुद्ध विरोध कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।

पार्टी केन्द्रको निर्णय अनुसार २०८१ भाद्र १७ सम्पन्न भएको कार्यक्रममा पार्टीका जिल्ला संयोजक दिपक पौडेलले राज्यका सम्पुर्ण निकायमा भ्रष्टाचार मौलाउदै गएको हुनाले भ्रष्टाचार नियन्त्रणमा जनताको दबाब आवश्यक रहेको बताएका छन् ।

दलाल व्यवस्था भ्रष्टहरुको व्यवस्था भएको हुनाले भ्रष्टाचारलाई व्यवस्थापन गर्न नसक्दा एक दुई व्यक्ति कार्वाहीक‍ो दायरामा आएपनि यो व्यवस्थामा भ्रष्टाचार नियन्त्रण गर्न नसकिने हुनाले दलाल व्यवस्थाको विकल्प खोज्नुपर्ने बताए । सम्पुर्ण क्रान्तिकारी शक्ति एकजुट भएर यो भ्रष्ट व्यवस्थाको विकल्प जनवादी व्यवस्था स्थापनामा लाग्नुपर्ने बताए ।

कार्यक्रमको संचालन राजु भुजेलले गरेका थिए । त्यसै गरि रुपन्देहीको सैनामैना नगर समितिको आयोजनामा भाद्र १३ गते मुर्गिया बजारमा भ्रष्टाचार विरुद्ध कोणसभा सम्पन्न भएको थियो । सभामा पार्टी केन्द्रीय सदस्य हिमलाल वाग्ले , लक्ष्मीकान्त पौडेल र एकदेब पौडेलले बोलेका थिए ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?