कैलाली : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले महङ्गी मिटरव्याजको समस्या, विकृति ,विसंगति , राष्ट्रघात विरुद्ध देशव्यापीरुपम विरोध तथा भण्डाफोर सभा गर्ने क्रममा ७ न.प्रदेशमा पनि सो कार्यक्रम सम्पन्न भएकोछ । भाद्र १७ गते कैलालीको अत्तरियामा कोण सभा गर्दै सम्पन्न भएको हो ।
कोणसभा लाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका ७ न. प्रदेश इञ्चार्ज लालवहादुर जाग्रीले सम्वोधन गर्दै अहिले करिव छ लाख जनताको घरजग्गा विभिन्न वैङ्क तथा वित्तिय संस्थामा धितो वन्धक राखेका छन् ।
ऋणीले लिएको र ऋणको दोव्वर साँवा र व्याज तिरिसक्दै पनि घरजग्गा फिर्ता नगरी वैङ्कहरुले जनताको सम्पत्ति हडप्ने काम गर्दै आएका छन। सामान्य वजारमा एकहजार पर्ने पाइण्टको भाटभटेनी सुपर मार्केटमा पाँच हजार लिँदा पनि कसैलाई कार्वाही हुदैन।वैङ्क र सुपर मार्केटमा विदेशी स्वदेशी दलाल र संसदवादी दलका नेताको पाटर्नसिप रहेको हुँदा कार्वाही नभएको भनाई राखेका थिए ।
साथै उनले चीनमा भ्रष्टाचार गर्नेलाई फाँसीको सजाय दिइन्छ भन्ने नेपालमा भ्रष्टाचारीलाई मन्त्री बनाइन्छ ।दलाल संसदीय व्यवस्थाको अन्त्य र नयाँ जनवादी व्यवस्थाको स्थापनाले मात्र समस्या समाधान गर्न सक्छ भन्ने भनाई राखे ।
कोणसभालाई अर्का वक्ता क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सदस्य हरि प्रसादद सुवेदीले विगतको व्यवस्थाले जनताका अधिकार सुनिश्चित नगरेको हुँदा हाम्रो संघर्षवाट गणतत्र आयो तर गणतन्त्रले पनि दलालहरुको नै पक्षपोषण गरेको हुँदा जनगणतत्र नआएसम्म जनताका अधिकार सुनिश्चित नहुने भएकोले जनगणतत्र ल्याउनका सवै श्रमजीवी किसानहरु एकहुनु पर्ने वताए ।
कार्यक्रमको सञ्चालन पार्टीका केन्द्रिय सदस्य एवम् ७ न. प्रदेश कार्यालय सचिव राम वहादुर महराले गरेका थिए ।