नवलपुर : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको नवलपुर जिल्लाको दोस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम २०८१ भदौ १५ गते सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता जिल्ला संयोजक दिपक, प्रमुख अतिथि प्रदेश इन्चार्ज प्रतिक र अतिथि सह – इन्चार्ज अनुकुल रहेका थिए ।
बैठकमा केन्द्रको आकस्मिक बैठक पछि विकास भएको पछिल्लो राजनीति तथा घटनाक्रमको बारेमा, ऐतिहासिक एकता महाधिवेशन सम्पन्न गर्न वैचारिक राजनीतिक कार्य, प्रचारात्मक तथा सांगठनिक कार्य साथै आर्थिक विषयहरुमा छलफल तथा निर्णय भएको छ । अन्त्यमा अध्यक्षले कार्यक्रमको समापन गरेका थिए ।

त्यस्तै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति तनहुँको बैठक तथा प्रशिक्षण २०८१ भदौ १३ गते सम्पन्न भएको छ । सहसंयोजक नविनको सन्चालन जिल्ला संयोजक रविको अध्यक्षता र जिल्ला इन्चार्ज अनुकूलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अनुकुलले प्रशिक्ष ण दिएका थिए र रविले ऐतिहासिक एकता महाधिवेशन सम्पन्न गर्नकोलागि आगामी योजनाहरु प्रश्तुत गरेका थिए ।व्यापक छलफल पछि योजनाहरु पारित भएको थियो ।