ओली सरकार दलाल पुँजीवादीहरूको सरकार भएको पुष्टि : प्रवक्ता सुदर्शन


काठमाडौ : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय प्रवक्ता तथा केन्द्रीय कार्यालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले वर्तमान ओली सरकार जनताको सरकार नभएर दलाल पुँजीवादीहरूको सरकार हो भन्ने कुरा पुष्टि भएको बताउनु भएको छ ।

पार्टीले साेमबार काठमाडौमा अयोजना गरेको विरोध सभामा बोल्दै प्रवक्ता सुदर्शनले सो कुरा वताउनु भएको हो । सुदर्शनले स्पष्ट गर्नु भयो, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान काङ्ग्रेस–एमाले गठबन्धनको सरकार बनाउन रामेश्वर थापाको महत्वपूर्ण भूमिका रहेको स्वीकारेका छन् । रामेश्वर थापा दलाल पुँजीपति हुन् भन्ने कुरा दुनियाँलाई थाहा छ । काङ्ग्रेस र एमालेले आफ्नो सरकार आफै बनाउन नसक्दा रहेछन् । दलाल पुँजीपतिले बनाइदिँदा रहेछन भन्ने कुरा देउवाको भनाइबाट पुष्टि भएको छ ।

पवनमान श्रेष्ठ, संयाेजक, अादिवासी जनजाती महासंघ नेपाल

प्रवक्ता सुदर्शनले विनोद चौधरी लगायत १० जना दलाल पुँजीपतिले यो देशको आधा भन्दा बढी सम्पत्ति कब्जा गरेर देशलाई कङ्गाल बनाइरहेका छन् भन्दै देश डुबाउने उद्योगपतिलाई अर्वौं विद्युत महसुल नतिर्दा पनि छुट दिइरहेको छ भन्नू भयो । उहाँले गरीब जनताको विद्युतको लाइन काट्ने र पुंजीपतिलाई छुट दिने आसमानातापूर्ण व्यवहार अन्त्य गर्न सरकारलाई चेतावनी दिनु भयो ।

अर्को सन्दर्भमा प्रवक्ता सुदर्शनले ओली सरकारले संविधान संशोधनको बहानामा दश वर्षे जनयुद्ध र जनआन्दोलनले स्थापित गरेको समावावेशी र समानुपातिक आधिकार खारेज गर्न खोजेको भन्दै यदि त्यसो गरेमा जनताले जनविरोधी तत्वहरूलाई नछाड्ने चेतावनी दिनु भयो । उहाँले देश र जनताको मुक्तिका लागि नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादमा जानुको विकल्प नरहेको समेत स्पष्ट गर्नु भयो ।

कार्यक्रममा अनेरास्ववियु ( क्रान्तिकारी ) का केन्द्रीय संयोजक महेश श्रेष्ठले छ वर्षमा साढे चार लाख विद्यार्थी विदेश पढ्न गएको र तिनीहरूले ३ खर्व ४३ अर्व ७१ करोड रुपैयाँ विदेश लिएर गएको वताउंदै नयाँ पुस्ताको पलायनले देशको भविष्य खतरामा रहेको स्पष्ट गर्नु भयो । श्रेष्ठले १४० देशमा नेपाली युवा जनशक्ति काम खोजीमा पुगेको पनि वताउनु भयो । उहाँले विश्वविद्यालयमा सत्ताधारी दलका विद्यार्थी संगठनका नेताहरूद्वारा आफ्नो तुच्छ स्वार्थका लागि मच्चाइएको गुण्डागर्दी प्रति भ्रत्र्सना पनि गर्नु हयो । उहाँले शिक्षा र स्वाथ्यलाई संविधानमा जनताको मौलिक अधिकार अन्तर्गत राखिएको हुँदा सरकारले शिक्षा र स्वाथ्यलाई निशुल्क वनाउनु पर्ने माग गर्नु भयो। यदि सरकारले विद्यार्थीको मागलाई बेवास्ता गर्यो भने विद्यार्थीहरू सत्ता नै बदल्ने संघर्षमा लाग्न बाध्य हुनेछन् भन्नू भयो ।

महेश श्रेष्ठ, संयाेजक, अखिल (क्रान्तिकारी)

अर्का वक्ता क्रान्तिकारी महिला संघकी केन्द्रीय सहसंयोजक शारदा महतले आधा भन्दा धेरै जनसंख्या ओगटेका महिलाहरू उत्पीडित जीवन बाँचिरहेका छ्न । हत्या ,हिँसा, व्यभिचारबाट पीडित महिलाहरूले मुक्तिका लागि संघर्षमा नलागी अर्को विकल्प नभएको बताउनु भयो ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी ,नेपालका सहसंयोजक सन्तबहादुर नेपाली, केन्द्रीय कर्यालय सदस्यहरू सीताराम तामाङ र चिन्तामणि पौडेल , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रिय संयोजक ईश्वरी तिमिल्सिना, क्रान्तिकारी युवा संघका संयोजक सूर्यबहादुर तिमिल्सिना (जीवित) लगायतको पनि आतिथ्यता थियो ।


कार्यक्रमको सन्चालन पार्टीका केन्द्रीय कार्यालय सदस्य पवनमान श्रेष्ठ र अध्यक्षता पार्टीका तीन नम्बर प्रदेश संयोजक चन्द्रहरी सुवेदी अटलले गर्नु भएको थियो ।

उक्त महङ्गी, बेथिति ,विसंगति , भ्रष्टाचार र दूराचारका विरुद्ध विरोध तथा भण्डाफोर कार्यक्रम काठमाडौको जनबहाल डबलीमा आयोजना गरिएको थियो।

कार्यक्रम सुरु हुनु भन्दा पहिले रत्नपार्क देखि सहिद गेट, न्युरोड ,विशाल बजार हुँदै कार्यक्रम स्थल सम्म जुलुस गरिको थियो । जुलुसमा भ्रष्टाचारीलाई कार्बाही गर । क्रान्तिकारी कम्युनिस्ट पर्टी नेपाल जिन्दावाद । राष्ट्र घाती एम सी सी सम्झौता खारेज गर । सहकारी पीडितहरूलाई न्याय दे । सहकारी ठगहरूलाई कर्बाही गर लगायतका नारा लगाइएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?