बागलुङ : बागलुङ जिल्लाको तीन ठाउँमा भाद्र १७ गते बेलुकी मसाल जुलुस गरी विरोध तथा भण्डाफोरको कार्यक्रम सम्पन्न गरिएकोछ । मशाल जुलुस पछि वक्ताहरूले आ –आफ्नो धारणा राखेका थिए ।

भुस्कातमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका एकता महाधिवेशन अयोजक समिति सदस्य पूर्ण गुरुङले , राङ्खानीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका एकता महाधिवेशन आयोजक समिति सदस्य मनबहादुर श्रीसले र ब्यार्थलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य रेशम गिरीले मन्तव्य राखेका थिए ।
वक्ताहरूले संसदीय व्यवस्था औचित्यहीन भैसकेकाले नयाँ जनवादी क्रान्तिको तयारीमा लाग्नु पर्ने बताएका थिए ।