कपिलवस्तु : भ्रष्टाचारको विरुद्धमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला संगठन समिति कपिलवस्तुको आयोजनामा ४ नम्बरमा कोणसभा सम्पन्न भएको छ ।

कार्यक्रममा कपिलवस्तु जिल्ला इन्चार्ज हिमलाल वाग्लेले सम्बोधन गर्दै भ्रष्टाचारका कारण जनताको दैनिक जीवनमा समस्या बढेर गएको बताए। लघु वित्त , सहकारी , बैंकहरुले जनतालाई उठिबास लगाएको हुनाले त्यसका विरुद्ध संघर्ष गर्नुपर्ने बताए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको एकताले श्रमजीवीहरुमा उत्साह पैदा गरेको हुनाले पार्टीलाई व्यापक जनताको वीचमा लैजानपर्ने कुरामा जोड दिए । कार्यक्रमको संचालन पार्टी जिल्ला सदस्य जुना खड्काले गरेका थिए